AnonymousUser

Logout

राष्ट्रपतिले साझा बस चढ्दा किन राखियो पिर्का?

ब्लड क्यान्सरको उपचारका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको कम्मरको जोर्नीका हड्डी प्रत्यारोपण गरिएको थियो। त्यहीकारण, खुट्टा धेरै खुम्च्याउन नमिल्ने हुँदा गाडी चढ्दा र ओर्लिँदा पिर्का राखिएको हो।

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान 

बिहान ११ः१४ मा काठमाडौँबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्विनअटर–४०० विमान १२ बजे रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो। 

सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनमा केन्द्रित छ: प्रधानमन्त्री दाहाल

सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन्। 

८ टेस्ट श्रृङ्खलामा पाकिस्तान जितविहीन, कप्तान बाबर भन्छन्- सक्दो प्रयास गरेका हौँ

पाकिस्तानले २०२२–२३ सिजनमा घरेलु मैदानमा ८ टेस्ट श्रृङ्खला खेलेको थियो। तीमध्ये एउटा पनि जित्न सकेन।

नेपाल आइपुगे नयाँ चिनियाँ राजदूत साेङ 

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस १२ मै आउने तालिका भए पनि करिब दुई हप्ता ढिला आएका छन्।

मुख्यमन्त्रीको आदेशमा भालुवाङदेखि लमहीसम्म सयौँ रुख काटिए

सरसफाइ र सडक विस्तारका नाममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने दाङको भालुवाङदेखि लमहीसम्मका एक हजारभन्दा बढी रुख काटिएका छन्।

निर्वाचनले लोकतन्त्रलाई संस्थागत गरेको छ : प्रमुख निर्वाचन आयुक्त 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निष्ठा, सिद्धान्त र विचारका आधारमा मात्र निर्वाचन जितिने भएकाले कानुन विपरीतका हर्कतलाई समर्थन गर्न नसकिने बताएका छन्।

तारुकामा माघ १ र २ गते २८ हल गोरु जुधाइने

तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आएका बेला विसं १८८७ मा पहिलो पटक गोरु जुधाएर देखाइएको थियो। त्यसलाई निरन्तरता दिँदै हरेक वर्ष गाेरु जुधाउने चलन छ।

ब्लाइन्ड रक्स

दृष्टिविहीनका लागि रक क्लाइम्बिङ

गफी मङ्‍की एन्ड ब्लाइन्ड रक्सले शनिबार नेपालमै पहिलो पटक दृष्टिविहीनका लागि रक क्लाइम्बिङ कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा नेपालभरका दृष्टिविहीनले भाग लिएका थिए। उनीहरू पहराको शिरमा पुग्ने प्रयास गरेका थिए।

प्रदेश १ को मुख्यमन्त्री दाबी गर्ने तयारीमा एमाले, माओवादी भन्छ- केन्द्रको निर्णय पर्खँदै छौँ

प्रदेश १ मा एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ। गठबन्धनको घटक माओवादीले भने केन्द्रको निर्णय पर्खिरहेको जनाएको छ।

दाहाल र भट्टराईबीच पार्टी एकता कार्यदल बनाउने सहमति

माओवादीले वाम एकताको पहलका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहेको वार्ता टोली बनाएको छ। 

तुइनबाट महाकाली नदीमा खसेर बालक बेपत्ता

भारत जाने क्रममा तुइनबाट महाकाली नदीमा खस्दा  व्यास गाउँपालिका–४ डोकटका १० वर्षीय दीपेन्द्र विष्ट बेपत्ता भएका छन्। 

संसदीय व्यवस्थाका लाजहरू

रवि लामिछाने नै देशका सबै दुःखको रामवाण-ओखती हो कि भन्ने पनि कैयनलाई पर्‍यो। तिनै रवि फेरि 'नट अगेन' अनुहारमध्ये नै एक प्रचण्डकै नेतृत्वमा उपप्रधानमन्त्री तथा गृहमन्त्री खान आइपुगेका छन्।

हटेन तराईमा शीतलहर , चिसाेले जनजीवन प्रभावित

तराईका धेरै क्षेत्र हुस्सु र कुहिरोले ढाकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसपाले सरकारलाई विश्वासको मत दिने

जसपाले सत्तासाझेदार दलहरूले तयार पारेको न्यूनतम साझा कार्यक्रममा आफ्ना शर्तहरू समावेश भएको भन्दै सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

जमिन भास्सिन थालेपछि सयौँले छोडे मन्दिरको शहर जोशीमठ

सरकारले जोशीमठमा घरबारविहीन भएका व्यक्तिलाई छ महिनाका लागि प्रतिमहिना ४ हजार भारुका दरले राहत दिने घोषणा गरेको छ।

सुमितको बास्केटबल यात्रा : नेपालमा बेवास्ता, अस्ट्रेलियन लिगमा ‘क्याप्टेन अफ द इयर’

सुमितको कप्तानीमा रहेको ब्ल्याकबर्न ग्रिफिन्सले यस सिजनको मेलबर्न बास्केटबल लिगको उपाधि जितेको छ। ग्रिफिन्ससँग सन् २०२६ सम्मको सम्झौता गरेका उनले नेपालको जर्सी लगाएर खेल्ने चाहना बिर्सिन सकेका छैनन्।

कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलले सरकार सञ्चालन उच्चस्तरीय संयन्त्रका संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ।

बृहत् वाम एकताका लागि माओवादी केन्द्रले गठन गर्‍यो कार्यदल

माओवादी केन्द्रले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

कोरोना संक्रमणबाट एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण शनिबार एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।