AnonymousUser

Logout

‘गृहमन्त्री लामिछाने भावनात्मक रूपमा नेपाली भएपनि कानूनतः नेपाली होइनन्’

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चको संवैधानिक इजलासमा भइरहेको सुनुवाइका क्रममा रिट निवेदक अधिवक्ताहरूले लामिछाने कानूनतः नेपाली नागरिक नभएको बताएका छन्।

नेपाल टी२० लिग : जनकपुरद्वारा लुम्बिनी २३ रनले पराजित

लुम्बिनी १० खेलमा ८ मा जितसहित १६ अंक जोड्दै नेपाल टी२० लिगको शीर्षस्थानमा छ। जनकपुर १० खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर प्रयोगका लागि ओएण्डएम गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।

हुम्लामा बिहीबारदेखि हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबारदेखि हवाई सेवा सञ्चालन हुन सकेको छैन। उडान ठप्प हुँदा आवतजावतदेखि खाद्यान्न र कार्गोका सामान ढुवानी सेवा प्रभावित भएका छन्।

चनमतीलाई ९३ वर्षको उमेरमा नागरिकता

पाँचथरको हिलिहाङ गाउँपालिका पिनासीकी ९३ वर्षीया चनमती माझीलाई प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गरेको छ। उनको देखदेखकाे जिम्मा पालिकाले लिएको छ।

एक महिने स्वस्थानी व्रत शुक्रबारदेखि, भक्तपुरमा माधवनारायण मेला

स्वस्थानी व्रतका अवसरमा शुक्रबारदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालि नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्ने गरेको छ।

पाल्पा दुर्घटना : मृतक र घाइतेकाे पहिचान खुल्यो

बस दुर्घटनामा एकै गाउँका ६ जना महिलाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। घाइते १८ जनाको बुटवलको लुम्बिनी प्रादेशिक र एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ।

कोरोना महामारीपछि आयुर्वेद उपचारतर्फ आकर्षण 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतका कार्यालयबाट गत वर्ष ५६ हजार १२३ जनाले सेवा लिएका छन्। २०७७/७८ मा १२ हजार ६६५ जनाले लिएका थिए।

तराईमा ५ दिनदेखि शीतलहर, सावधानी अपनाउन आग्रह

सिमराभन्दा पूर्वमा न्यूनतम तापक्रम घटेर चिसो अत्यधिक बढेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

भारतीय नोटबन्दी : नेपालमाथि अझै अर्घेल्याइँ र अपमान

प्रचण्ड प्रधानमन्त्री भएताका, सन् २०१७ मा नै तत्कालीन भारतीय अर्थमन्त्री अरुण जेट्लीले नेपालमै भएको भेटघाटका क्रममा नेपालमा रहेका ५ सय र हजारका भारतीय नोट साट्ने वचन दिएका थिए।

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

रुपन्देहीको सालझण्डिबाट खुर्सानेतर्फ गइरहेको बस पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

निजी क्षेत्रको दबाबपछि चालु पुँजी कर्जा मार्गदर्शनमा राष्ट्र बैंक लचक

इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र कर्जा लिएका व्यवसायीलाई सहज हुने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।

कसरी बन्यो निलम्बनमा पर्ने जान्दाजान्दै अभियुक्तलाई सांसद बन्न दिने कानून?

गम्भीर फौजदारी अभियोग लागेकालाई उम्मेदवार बन्न नरोक्ने कानूनी व्यवस्थाले विधिको शासनसँगै त्यो क्षेत्रका सार्वभौम मतदातामाथि समेत मजाक गरेको छ। कसरी बन्यो यस्तो कानून?

कृषि पेसामा राउटे समुदाय, लालसिंह बने उत्कृष्ट किसान

लालसिंहले डडेलधुराको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आएका छन्।

सान फ्रान्सिस्कोमा आँधीका कारण २ जनाको मृत्यु

प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक कम्पनीका अनुसार खाडी क्षेत्रका करिब  एक लाख घरधुरी बिजुलीबाट वञ्चित भएका छन्।

लुम्बिनीमा २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

मोदीले गरेको नोटबन्दीबाट भारतले के हासिल गर्‍यो?

भारतले गरेको नोटबन्दीसँगै नेपाल राष्ट्र बैंकमा रहेको झण्डै ५ करोड भारु पनि नचल्ने भएका थिए। भारतीय अदालतले गएको सोमबार सरकारको निर्णय सदर गरेसँगै अब ती पैसा कागजमा परिणत भएका छन्।

राहदानी सफ्टवेयर कम्पनीले पठायो प्राविधिक टोली

राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको कम्पनीले समस्या समाधानका लागि दुई जना प्राविधिक पठाएको छ।

सम्झौता कार्यान्वयन नभए सेभेन थ्री स्पोर्टस्‌सँगको सहकार्य टुट्छ : क्यान अध्यक्ष चन्द

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता कार्यान्वयन नगरे सहकार्य तोडिने बताएका छन्।

काठमाडौँले फोहोर फाल्ने ककनीका किसान बदलामा स्ट्रबेरी खुवाउँछन्

काठमाडौँ महानगरले दैनिक उठाउने करिब ६०० मेट्रिक टन फोहोर ककनी-२ सिसडोल पठाउँछ। तर, यता महानगरले फुटपाथमा व्यापार रोकेपछि ककनीका किसानले स्ट्रबेरी बेच्न समस्या भोग्नु परेको छ।