पृथ्वीबहादुर शाहको समूहका नाममा २२ वटा कम्पनी अस्तित्वमा देखिएका छन्। तीमध्ये १४ वटा कम्पनीका खातामा चार वर्षमा विदेशबाट करिब ६३ करोड रुपैयाँ भित्रिएको छ।
बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिलामन्त्री जगन्नाथ थपलिया र बिनाविभागीयमन्त्री उद्धव थापालाई शपथ गराएका छन्।
मंगलबार ११ बजेका लागि तोकिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन्।
सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय गरेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि पुस २७ सम्म समय दिएका थिए। त्यसको एक दिन अगाडी सत्ता गठबन्धनले दाबी पेस गर्न लागेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को पहाडी क्षेत्रमा उत्पादन भएको तरुल पोखरा र काठमाडौँसम्म पुग्ने गरेको छ। यहाँका हरेक परिवारले तरुलकाे खेती गरेका छन्।
दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पञ्चायतको पतन हुनाका धेरै कारण होलान् तर विश्वव्यापी लोकतान्त्रिक लहर एक हो। बर्लिन पर्खाल भत्काइनु, पूर्वी युरोपका कम्युनिस्ट शासनको पतन र सोभियत युनियन विघटनलगायत घटनाले उत्प्रेरकको भूमिका खेले।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन्।
देउवालाई भेट्न धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका दाहालले कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह गरेका थिए।
१५ दिनदेखि जिम्मेवारीविहीन रहेका मन्त्रीहरू झण्डावाल गाडी चढ्छन्, मन्त्री निवासमै बस्छन् र सिंहदरबार पनि पुग्छन्। तर, जिम्मेवारी नतोकिँदा उनीहरूको दिनचर्या कार्यकर्ता भेटघाटमा सीमित छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवालाई भेट्न धुम्बराही पुग्ने कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको छ।
गैरआवासीय नेपालीलाई सहज रूपमा नेपालमा लगानी गर्ने वातावरण बनाउने, सरकारी स्वामित्वका बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयलाई न्यूनतम कार्यक्रममा समेटिएको छ।
मुख्यमन्त्री अधिकारीसँगै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन्।
प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी काम र आर्थिक अपराधसँग जोडिएका वेबसाइट एप र अनलाइन सञ्जाललाई बन्द गर्न निर्देशन दिएको छ।
विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौँ १२.४ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।
पौडेल अर्थमन्त्री भएको १० दिनमै उद्योगी–व्यवसायीको मागबमोजिम राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरिदियो। सेयरबजार पनि ३०० अंकले बढेको छ। के उनी निजीक्षेत्रमैत्री अर्थमन्त्री हुन्?
प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा माओवादी केन्द्रको सहभागिताबिना नै मन्त्रिपरिषद् गठन गरेका छन्।