अब बन्ने सरकारले परम्परागत झिनामसिना विकासे अवधारणामा नअलमलिकन अर्थतन्त्रकै संरचना रूपान्तर गर्ने सोच र लक्ष्यका साथ अगाडि बढ्नुपर्छ।
एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा नेपाली टोपी तथा बालबालिकाको प्रयोगलगायत विषयमा उम्मेदवारहरूसँग स्पष्टीकरण माग गरेको छ।
आज सोमबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारीले निर्वाचन गराउने मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।
एसियाली विकास बैंकले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ।
कानून कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका गृहमन्त्री बालकृष्ण खाँण नै मुलुकको कानूनले वर्जित गरेको बहुविवाहमा संलग्न भेटिएका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कार्य स्वीकार्य नहुने बताए। घृणा फैलाउने अभिव्यक्तिप्रति आयोग गम्भीर हुने उनको भनाइ छ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’को कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौँका विभिन्न क्षेत्रमा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त हुँदा पुरानाप्रति मतदाता रुष्ट देखिएका छन् भने नयाँ उम्मेदवारप्रति आशा देखाइरहेका छन्।
चलचित्रको प्रचारका लागि निर्माण टिमले मुखुण्डो लगाएर नाच प्रस्तुत गरेको हो।
यसपटक च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा हुने छ। इस्तानबुलमा हुने फाइनल खेल १० जुन २०२३ मा खेलिनेछ।
अमेरिकी फोटोग्राफर कीतिया पावलोभ्स्कीले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर प्रकृतिप्रेमी, पशुप्रेमी र साहसिक यात्रा मन पराउने धेरैले सेयर गरिरहेका छन्।
एमाले बागलुङले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिएका छन्।
सोमबार बागमती प्रदेशसँग १/१ अंक बाँड्दै मधेश सेमिफाइनलमा पुगेको हो।
सोमबार २ अर्ब १० करोड ९१ लख ६३ हजार रुपैयाँ बराबरका ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
भारतीय सर्वोच्च अदालतको यस आदेशपछि भारतमा उच्च जातका गरिबले पनि आरक्षणमा दाबी गर्न पाउने छन्।
मैदानको सुरक्षामा बाधा पुर्याएको आरोपमा ती बालकलाई जरिवाना गरिएको स्टेडियम व्यवस्थापकले जनाएका छन्।
भैरहवा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपलब्ध गराएको बजेटबाट सुनवल सबस्टेसन निर्माण भइरहेको हो।
पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण देश पुनः अस्थिरताको शिकार बनेको बताएका हुन्।