AnonymousUser

Logout

संरक्षण अभावमा मासिँदै सिमसार क्षेत्र 

सिमसार क्षेत्र जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्नुपर्ने संरक्षणकर्मी बताउँछन्।

अमर नेम्बाङ स्मृति पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई 

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार हरेक वर्ष दुई जना साहित्यकारलाई प्रदान गरिन्छ। 

कालीगण्डकीको देवशिला अयोध्या पुर्‍याइयो, राममन्दिरमा राखिने

माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारबाट निकालिएको शिला लिएर गएको टोली बुधबार राति अयोध्या पुगेको छ। 

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

क्यानडेली नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट र एउटा डल्लो आकारको सुन ल्याएका हुन्। 

गणतन्त्रको प्रस्थान विन्दु 'माघ १९': परिवर्तनका धेरै मुद्दा थाँती छन्

तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि देशव्यापी रूपमा उत्रेको विशाल आन्दोलनले पुरानो सत्तालाई अन्तिम धक्का दिएपछि नै नेपालको शासन व्यवस्था गणतन्त्रमा रूपान्तरित भएको हो।

भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलोमिटर मात्रै कालोपत्र

भद्रपुर–सलकपुर सडक कालोपत्र दुई वर्षभित्र सक्ने गरी कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा ठेक्का सम्झौता गरेको हो।

इलेक्ट्रिक ब्ल्यांकेट प्रयोग गर्नुहुन्छ? यी विषयमा ध्यान नदिए हुनसक्छ जोखिम

अनलाइनमार्फत बिक्रि भइरहेका इलेक्ट्रिक ब्ल्यांकेट करेन्ट लाग्ने र कमसल खालका हुने गरेको पाइएको छ।

तराईमा हल्का हुस्सु, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने

राति प्रदेश १, बागमती र गण्डकी बाहेकका स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

टुकुचा उत्खनन् कानूनविपरीत रहेको उच्च अदालतको ठहर

टुकुचा उत्खननका विषयमा परेको रिटमा उच्च अदालत पाटनले जग्गाधनीका पक्षमा फैसला दिएको छ। योसँगै काठमाडौँ महानगरले टुकुचा खोज्न डोजर चलाउन नपाउने भएको छ।

अपांगता भएका डिल्लीबहादुर भन्छन्- झुक्याएर ट्रकमा राखे, जबर्जस्ती लिएर गए

फुटपाथमा व्यवसाय गरेर जीवन धानिरहेका डिल्लीबहादुर कार्कीलाई व्हिलचेयरसहित जबर्जस्ती उठाएर महानगर प्रहरीले टेकु पुर्‍याइ चार घन्टा राखेको घटना काठमाडौँ महानगरपालिकाको पछिल्लो विवादास्पद कदम हो।

भारतको नयाँ बजेट सार्वजनिक, वार्षिक ७ लाख कमाइ गर्नेलाई कर छुट

समावेशी विकास, विपन्नको उत्थान, संरचना र लगानी, क्षमता बिस्तार, हरित विकास, युवा शक्ति र वित्तीय क्षेत्रका योजना बजेटको प्राथमिकतामा छन्।

‘जघन्य’ अपराधमा मुछिएका सन्दीपको निलम्बन फुकुवा गर्न क्यानलाई किन भयो हतार?

नाबालिग बलात्कारजस्तो जघन्य अपराधमा मुछिएका सन्दीप लामिछानेमाथिको निलम्बन क्यानले फिर्ता लिएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ। धेरैले क्यानको निर्णयमा नैतिक प्रश्न उठ्ने बताएका छन्।

थाँती रहेका विधेयक तत्काल संसद्‍मा पेस गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयक तत्काल संसद्‍मा पेस गर्न निर्देशन दिएका छन्।

म्यानमारमा सैन्य ‘कू’का दुई वर्ष : आर्थिक र मानवीय संकट बढ्दो

स्वतन्त्रता पक्षधरको आन्दोलनमा सेनाको गोली लागी २९ सयभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको छ। सरकारविरुद्ध बोल्दा मारिने त्रास रहे पनि सुषुप्त रूपमा आन्दोलन जारी नै छ।

कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

अधिवक्ता विमल पोखरेलले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ भन्छन्– राष्ट्रिय महत्त्वका आयोजना पूर्णरूपमा चलाउने वित्तीय क्षमता छैन

कृषि, उद्योग, घरजग्गा, बैंकिङ, शिक्षा, स्वास्थ्यलगायत १७ वटा सेक्टर छ, यी सबैको लगानी जोडेर नै आर्थिक वृद्धि हुने हो। जब हामीले लगानी नै गर्दैनौँ भने त अर्थतन्त्र संकुचनमा जाने भयो नि।

सेयर कारोबार रकम घट्यो

बुधबार १ अर्ब ७६ करोड रुपैयाँ बराबरका ५० लाख २४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

पूर्वकानूनमन्त्री पौडेलको प्रस्ताव : प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने उमेर १८ वर्षमा झारौँ

पूर्वकानूनमन्त्री माधव पौडेलले युवाहरूलाई आकर्षित गर्न प्रतिनिधिसभा सदस्य बन्ने पाउने उमेर २५ बाट घटाएर १८ वा २० वर्षमा ल्याउनुपर्ने बताएका छन्।

जनक शिक्षा सामग्री केन्द्रविरुद्ध विरोध प्रदर्शन

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरूप्रति आन्दोलन केन्द्रित रहेको बताएका छन्।

रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई खारेज गर्नुपर्ने माग गर्दै युवराज पौडेलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।