एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपतिको निर्वाचनसहित समसामयिक विषयमा छलफल भएको छ।
सम्पदाका मूल हकदार स्थानीयवासी भए पनि सांस्कृतिक वस्तुको चोरी पैठारीमा नियन्त्रण र रोक्ने जिम्मेवारी सबैको हो, किनकि सम्पदा सबैको साझा हुन्।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले गरिब परिवारको पहिचान गरेर प्रतिपरिवार पाँच कट्ठाका दरले जग्गा दिने योजना ल्याएको छ।
दोस्रो खेलमा नेपालले आइतबार भुटानको सामना गर्नेछ।
जेनिफर इगनको पछिल्लो काल्पनिकी दि क्यान्डी हाउसमा मानिसहरू साइबर स्पेसमा आफ्नो स्मृति अपलोड गर्छन्, बनावटीपनबीच जीवनको सच्चाइको खोजी गर्छन् र अर्थपूर्ण अस्तित्वको लागि अनौठा खालका संघर्ष गर्छन्।
हिमपात, हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुति दिने भएका छन्।
राजनीतिक सहमतिबाट समाधान भइसकेको मुद्दामा सांसद चौधरीलाई पक्राउ गरी सुदूरपश्चिम सरकारलाई विश्वासको मतका लागि दबाब दिन खोजिएको नागरिक उन्मुक्ति पार्टीको बुझाइ छ।
“नागरिकता नहुँदाको जीवन रगतबिनाको मुर्दा शरीर झैँ रहेछ। गाईले दुध दिन्छ भनेर पशुलाई बरू इज्जत गर्छन्, राम्रो आहार दिन्छन्। तर, नागरिकता नभएको मान्छेलाई त्यति पनि नठानिने रैछ।”
उत्पादन नै उच्च रहेको समयमा भारतबाट काँक्रो, करेला, गोलभेँडा, खुर्सानी लगायतका तरकारी आयात हुँदा किसानले उत्पादन लागत पनि पाउन नसकेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए।
नागरिकता पुनः प्राप्त गर्नासाथ दोहोर्याएर गृहसहितको उपप्रधानमन्त्रीमा सपथ गराउन रवि लामिछानेले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ त गरे, प्रधानमन्त्रीले सिधै इन्कार गरी ‘नाकको डाँडीमै फ्लाइङ किक’ हान्दिए।
प्रधानमन्त्री दाहालले नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेको बताएका छन्।
मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
उनीहरूलाई नेपालबाट भारत पुर्याउन जोगबनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगायतका नाका प्रयोग गरिएको ब्युरोका प्रवक्ता प्रहरी निरीक्षक दानबहादुर मल्लले बताए।
एन्फा महासचिव राईले फुटबल संस्कृतिको विकास गर्न नसकिएकै कारण प्रतियोगिता सञ्चालन गर्न आर्थिक समस्या झेलिरहनु परेको बताएका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले समानुपातिक प्रणालीतर्फको निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम भएकालाई भोट हाल्न पाउने सुनिश्चितता गर्न कानून निर्माण गरिरहेको बताए।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले दुई सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४९ जनालाई वन्यजन्तुको चोरीसिकारीमा दोषी ठहर गरेको छ। चोरीसिकारीमा एक सांसदको बन्दुक र अर्का सांसदको घर प्रयोग भएको थियो।
कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँच हजार र खाली घार तीन हजार पाँच सयमा बिक्री हुन्छ।
प्रतियोगिताका लागि एन्फाले सातदोबाटोस्थित मुख्य कार्यालयको मैदानमा खुला छनोटमार्फत खेलाडी छनोट गरेको थियो।
शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्री दाहालको भनाइ छ।