शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण आर्थिक स्थिति कमजोर रहेका अधिकांश नेपाली छोराछोरीलाई पढाउन नसक्ने अवस्थामा पुगेको कार्कीको भनाइ छ।
काठमाडौँ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षा र स्वास्थ्यमा व्यापार गरिरहेको बताएकी छन्।
शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्कीले व्यापारीहरू नै सरकारमा रहेको बताएकी हुन्। शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण आर्थिक स्थिति कमजोर रहेका अधिकांश नेपालीले छोराछोरीलाई पढाउन नसकेको बताइन्। आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने गरेको कार्कीको भनाइ छ।
“हरेक कुरामा व्यापार छ। कतिपय आमाबुबा रोएको देख्छु। छोराछोरी पढाउने इच्छा छ। तर हैसियत छैन,” कार्कीले भनिन्, “छात्रवृत्ति, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो थाहा हुँदैन।” अहिले पैसा नभई केही नहुने अवस्था आएको उनले बताइन्। भनिन्, “आर्यघाटमा जल्न त महँगो भइसक्यो। कसले डोनेसन देला र दाहसंस्कार होला, भनेर भौँतारिनुपर्ने भयो। समाज यो अवस्थामा पुगिसकेको छ।”
शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने कार्कीको भनाइ छ। नागरिकलाई गाँस, बास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्न सरकारसँग माग गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
