AnonymousUser

Logout

मोरङ-३ (क) का लागि नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो।

नेप्से परिसूचक ३९.१५ अंकले ओरालो

बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।

टी–२० विश्वकप : न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधिनजिक

पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै आईसीसी टी–२० विश्वकपको उपाधिनजिक पुगेको छ।

खिलराज रेग्मीको आह्वान - पछि पछुताउन नपर्ने गरी मतदान गरौँ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भविष्यमा पछुतो नहुने गरी मतदान गर्न आह्वान गरेका छन्। उनले उपयुक्त उम्मेदवार छनोटमा जोड दिए।

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

सरकारले किसानले बिक्री गर्ने मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९६७ तथा मध्यम धानको मूल्य ३ हजार १२८ रुपैयाँ तोकेको छ।

पर्सा–१ : दुई गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र द्विवेदीको चुनौती

पर्सा क्षेत्र नं. १ मा सत्ता गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्ण र विपक्षी गठबन्धनका प्रदीप यादवलाई स्वतन्त्र उम्मेदवारी दिएका पर्सा कांग्रेसका पूर्वसभापति अजय द्विवेदीले चुनौती दिइरहेका छन्।

आचारसंहिता उल्लंघन महँगो पर्नसक्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता र आयोगको निर्देशन पालना गर्न आग्रह गरेका छन्। उनले आचारसंहिताको अवज्ञा महँगो हुनसक्ने चेतावनी समेत दिएका छन्।

सातौं एनभीए च्याम्पियनसिप पुस २४ देखि, नेपाल सुपर लिग भलिबल आगामी फागुनमा

गत वर्ष नै सम्झौता भए पनि आयोजना हुन नसकेको नेपाल सुपर लिग भलिबल प्रतियोगिता आगामी फागुनमा सञ्चालन हुने भएको छ।

पम्प ट्रयाप

कुपण्डोलमा यस्तो बन्यो \'पम्प ट्र्याक\

\'पम्प फर पिस\' भन्ने संस्थाले नेपालमा पब्लिक बाइकरहरूका लागि पम्प ट्र्याक बनाएर टेस्ट गरेको छ। कुपण्डोलस्थित बागमती नदीको किनारमा निर्मित ट्र्याक सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। तस्वीर : अमित मचामसी।

केएमसी अस्पतालका डाक्टरको 'लापरवाही', बिरामीको मृत्युपछि परिवारलाई सात लाख

ब्रेन ट्युमर भएको भन्दै नाकबाट 'सामान्य शल्यक्रिया' गरिएका शैलेन्द्र विद्याधरको अत्यधिक रक्तश्रावबाट निधन भएपछि केएमसीले न्यूरो अस्पतालमा लागेको रकमसहित परिवारलाई सबै उपचार खर्च फिर्ता गरेको छ।

गण्डक जलविद्युत् केन्द्रको पुनर्स्थापना र आधुनिकरण गरिने

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर–७ सूर्यपुरास्थित १५ मेगावाटको विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नरजस्ता उपकरण जीर्ण बनेर चल्न नसक्ने अवस्थामा छन्।

‘ठूला नेताले निर्वाचन जित्न म्याच फिक्सिङ गरे’

अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताले निर्वाचन जित्न ‘म्याच फिक्सिङ’ गरेको दाबी गरेका छन्। उनले गठबन्धनका नाममा मतदाताले आफूले रोजेको उम्मेदवारलाई मत हाल्न नपाएको बताए।

बैतडीमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

दश पालिका रहेको बैतडीमा आसन्न निर्वाचनमा एक लाख ५० हजार एक सय ५६ मतदाताले मतदान गर्नेछन्। प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको यस क्षेत्रबाट ११ जना प्रतिस्पर्धामा छन्।

टी–२० विश्वकप : फाइनल प्रवेशका लागि पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छन्।

प्रदेश १ का वनमन्त्री तथा प्रदेशसभा सदस्य उम्मेदवार थापाको निधन

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ। 

‘हेलिकप्टरबाट गाउँ पुग्ने देउवाले सडक हेरेनन्, पीडा बुझेनन्’

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणाले केही दिनअघि ‘हेलिकप्टर चढेर आउनेलाई मात्र जिताउन’ दिएको विवादास्पद भाषणको अन्तर्य बुझ्न देउवाको जन्मथलो रुबाखोला पुग्नुपर्छ।

संसारको सबैभन्दा पिरो खुर्सानी खाएर कीर्तिमान (भिडिओसहित)

खुर्सानीको पिरो मात्रा मापन गर्ने स्कुभल हिट युनिट (एसएचयू) अनुसार क्यारोलाइना रिपर नै संसारको सबैभन्दा बढी पिरो खुर्सानी भनेर प्रमाणित भइसकेको छ।

धनकुटामा भतिजाले गरे काकाको हत्या

छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका तेजबहादुर लिम्बूले ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका छन्। 

आचारसंहिता सबैका लागि समान हुन्छ : आयुक्त भण्डारी

निर्वाचन आयोगले दलका नेताहरूकै सहमतिमा आचारसंहिता बनेको बताउँदै पालना गर्नु सबैको कर्तव्य हुने बताएको छ।

गठबन्धनका शीर्ष नेता बैतडी आउँदै

बैतडीको कार्यक्रमपछि शीर्ष नेता बुधबार नै दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने सभालाई सम्बोधन गर्न जानेछन्।