प्रहरीले भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई पक्राउ गरेको छ।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले थप एक जना पक्राउ गरेको छ।
परिसरका प्रवक्ता, एसपी सीताराम रिजालका अनुसार प्रहरीले भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई पक्राउ गरेको हो। उनलाई बिहीबार दिउँसो काठमाडौँबाट नै पक्राउ गरिएको उनले जानकारी दिए।
बिहीबार नै प्रहरीले सिंहदरबार परिसर भित्रबाटै हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो। यस प्रकरणमा अहिलेसम्म उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना पक्राउ परिसकेका छन्।
प्रहरीले यो प्रकरणको अनुसन्धान सकेर शुक्रबारसम्म अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाउने तयारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
