AnonymousUser

Logout

म्याग्दीमा घट्यो मह उत्पादन, मौरीमा कीराको प्रकोप  

म्याग्दीमा यसवर्ष १२ हजार किलो मह उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गतवर्ष १७ हजार ६०० किलो उत्पादन भएको थियो।

भोटोजात्राको रौनक

यो कसको भोटो हो?

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइएको छ। गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएका हुन्। मत्स्येन्द्रनाथको जात्रा करिब एक हजार ३०० वर्षअघि नै शुरू भएको पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशी बताउँछन्। किम्बदन्तीअनुसार यो यात्रा शुरू भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे। डराएका किसानले मत्स्येन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए।\n\nऔषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कार स्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले। मनुष्यरुपी भूत आएर भोटो लग्यो। किसानले खोजी गर्दा पाउन सकेनन्। मत्स्येन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मत्स्येन्द्रनाथको जिम्मा लगाइयो। आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मत्स्येन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा छ। तस्वीरहरू: फोटो लाइब्रेरी

रोहितका 'स्ट्राइक' बलर आकाश

मुम्बईले लखनऊलाई हराएको खेलमा तीव्र गतीका युवा बलर आकाश मधवालको विषेश भूमिका रह्यो। उनले ३.३ ओभरमा ५ रन दिएर महत्वपूर्ण ५ विकेट लिए।

रवि लामिछानेको आक्रोश– घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ

मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको लामिछानेको भनाइ छ।  

नेतृत्व हत्याउन ‘एक–अर्काविरुद्ध’ प्रहरी उच्चपदस्थ

नक्कली शरणार्थी प्रकरणमा मुद्दाको अभियोजन नहुँदै मिसिलमा संलग्न प्रमाणको डिजिटल कपी बाहिरिएको घटनाले प्रहरीमा नेतृत्वलाई ‘कू’ गर्न खोज्ने यसअघि पनि देखिँदै आएको प्रवृत्ति दोहोरिएको टिप्पणी भइरहेको छ।

रुकुम पश्चिममा जीप दुर्घटना: ४ जनाको मृत्यु, ११ घाइते

सानीभेरी गाउँपालिकाबाट मुसिकोटतर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

आफ्ना पुराना गीत अर्काइभ गर्दै लोक गायिका हरिदेबी कोइराला

गीत,संगीतमा विकृति भित्रिएर मौलिकता हराए झैँ देखिन्छ। असारमा असारे गीत बज्दैन। साउनमा कोदो रोप्ने गीत बज्दैनन्। चाडपर्वका गीत फिल्मी हुँदैछन्। ठेट र झर्रा भाषा लोकगीतमा आउनसकेन।

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, नेपाल–भारत सम्बन्धका विषयमा छलफल हुने

बैठकमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्धलगायत विषयमा छलफल हुने बताइएको छ।

रातो मत्स्येन्द्रनाथको भोटो जात्रा देखाइँदै, काठमाडौँ उपत्यकामा बिदा

भोटो जात्रा शुरू भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन। किम्बदन्ती अनुसार मत्स्येन्द्रनाथको जात्रा भने करिब एक हजार ३०० वर्षअघि नै शुरू भएको हो।

अफगानिस्तानमा बाढी: ६ जनाको मृत्यु, २०० भन्दा बढी घर डुबानमा

बाढीले हेरात प्रान्तमा २०० हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ। सिँचाइ प्रणाली र नहरहरू पनि क्षतिग्रस्त भएका छन्।

'भावनाको हिसाबमा देश हाम्रो अजेन्डामा छ, तर त्यो भावना भोटमा रूपान्तरण भएको छैन'

प्रचण्डपथमा सम्पूर्ण राजनीति हिँड्दा मध्यदक्षिणपन्थ (सेन्टर राइट) को स्पेस पूर्ण रूपमा खाली हुन गयो, जबकि कुनै समाज र राजनीति सन्तुलित हुन मध्यवामपन्थसँगै मध्यदक्षिणपन्थ पनि चाहिन्छ।

लखनऊलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

एमए चिदम्बरम क्रिकेट रंगशालामा मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनऊले १६.३ ओभरमा अलआउट हुँदै १०१ रन मात्र बनायो।

३० अभियुक्तविरुद्ध चार कसुरमा मुद्दा दायर, ६ विरुद्ध भ्रष्टाचार र अन्यलाई सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउन सिफारिस

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता भएसँगै अब अदालती प्रक्रिया शुरू हुनेछ। पहिलो चरणमा अभियुक्तहरूको वयान हुनेछ। त्यसपछि सुनुवाइ र थुनछेक आदेशको बाँकी प्रक्रिया अघि बढ्नेछ।

दशरथ रंगशालामा फुटबल समर्थकको प्रदर्शन: हेर त हेर गुटैगुट, एन्फाभित्र बह्मलुट

फुटबल समर्थकले सामान्य प्यारापिटमा एन्फाको विरोधमा प्रदर्शन गरिरहँदा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई भने भीभीआईपी प्यारापिटबाट खेल हेरिरहेका थिए।

युक्रेन युद्धपछि रुसी प्रधानमन्त्री मिशुस्टिन पहिलोपटक चीन भ्रमणमा

जापानमा भएको जी ७ सदस्य राष्ट्रहरूको बैठकले रुसविरोधी निर्णय गरेलगत्तै रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चीन भ्रमण गरेका हुन्।

माइतीघरमा ‘मान्छे’को खोजी

उनीहरू माइतीघरबाट राज्यसँग कैयौँ प्रश्न गर्दै रुकुम हत्याकाण्ड सम्झेर फर्किए। राज्यबाट न्याय खोज्ने आफूहरूको साझा संघर्ष जारी रहेको जनाउ उनीहरूले सँगै उभिएर दिए। 

नक्कली मदिरा बनाइ बिक्री गरेको आरोपमा दुई जना पक्राउ

पक्राउ परेकाहरूबाट राजस्व विभाग लेखेको स्टिकरका साथै सिग्नेचर, ओल्ड दरबार, एटएटफोरएट, गोल्डेन ओकका खाली बोतल बरामद गरेको प्रहरीले जनाएको छ।

जावलाखेलसँग बराबरीमा रोकिएपछि मछिन्द्रले गुमायो शीर्ष स्थानको मौका

मछिन्द्रले जावलाखेल यूथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। बराबरीसँगै मछिन्द्रले २१ खेलमा ३५ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा यथावत् रहेको छ।

नक्कली शरणार्थी प्रकरण: फरार प्रतिवादीविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई अनुरोध

नक्कली भुटानी शरणार्थी प्रकरणका १४ फरार प्रतिवादीहरूविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान गरेर थप पुरक निवेदनहरू अदालतमा दर्ता गरिनेछ।

मलमा छलः प्रतिबन्धित मुलुक इरानबाट आयात भएको प्रमाण भेटियो

सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई बजेट दिएर खरिद गर्न लागेको रासायनिक मल भारतीय कम्पनी इन्डियन पोटास लिमिटेड (आएपीएल)मार्फत् प्रतिबन्धित देश इरानबाट आयात हुन लागेको प्रमाण उकालोलाई प्राप्त भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।