रातो मच्छिन्द्रनाथ
रातो मत्स्येन्द्रनाथ मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेलसम्म तानिएको छ। लगनखेलबाट सोमबार दिउँसो ३ बजेर ४९ मिनेटमा रथ जावलाखेलसम्म तानिएको हो। वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ। विद्या, धनसम्पत्ति, शान्ति समृद्धि लगायत सबै कुरा मागे पनि मेरो रूप रङ राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरू बताउँछन्। रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदाबाट शुरू भएर असार शुक्ल चतुर्थी दुई महिनासम्म चल्छ। मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। पुल्चोकमा रथारोहण गरी शुरू भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ। यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरूआत गराएका थिए। तस्वीरहरू : क्रिष्पा श्रेष्ठ
रास्वपा सांसद स्वर्णिम वाग्लेले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएकाले यसपालि यथार्थपरक बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
एन्फा चरम आर्थिक संकटमा पुगेपछि एएफसी यू–२३ एशियन कप छनोट नखेल्ने भएको छ। आगामी महिना हुने साफका लागि भने बजेट व्यवस्था गरिएको छ। तर, 'बी' डिभिजनलगायत घरेलु प्रतियोगिता अनिश्चित भएका छन्।
काठमाडौँ महानगरपालिकाले सिंहदरबारको पश्चिमगेट अगाडि रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको छ।
धितोपत्र बोर्ड सञ्चालन समितिको बैठकले आशयपत्र पाएका ४३ मध्ये सात कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ।
चैतेधानलाई भन्दा वर्षे धानलाई महत्त्व दिँदा हिजोआज धान लगाउने जग्गामा मकैखेती गरिँदै आएको स्थानीय सीता जिसी बताउँछिन्।
राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्।
कामीरिताले यो सिजनमा ६ दिनको अन्तरालमा दुई पटक सगरमाथा आरोहण गरेका छन्। अर्का आरोही पासाङ दावाले २७औँ पटक नै सगरमाथा आरोहण गरेर कीर्तिमान बारबार गरेपछि कामीरिता २८औँ पटक शिखरमा पुगेका हुन्।
ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई मेसेज सम्पादन गर्न अनुमति दिने भएको छ। मेसेज पठाएको १५ मिनेटसम्ममा सम्पादन गर्न सकिने कम्पनीले जनाएको छ।
दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलका लागि अहिलेसम्म २७ करोड ७७ लाख ९१ हजार ८३९ खर्च भइसकेको छ।
पढ्दापढ्दै वैदेशिक रोजगारीमा दक्षिण कोरिया गएर घर आएका राजु स्वदेशमै रोजगारी सिर्जना गर्छु भनेर लागे। अहिले हावाहुरीले विनाश बनाएको कागतीको बगैँचा देखेर उनको मन बिथोलिएको छ।
सामाजिक अपेक्षाहरू तीव्र रूपले बढेका छन्। त्यस्ता अपेक्षाको सम्बोधन गर्ने सवालमा लोकतान्त्रिक प्रतिष्ठानहरूको दायरा सीमित छ। त्यही दरारका बीच 'दुष्ट'हरू जन्मिरहेका छन्।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा १० दिन बताउँदा स्टेम सेल र स्तन क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने योजना बायोमेडिकल वैज्ञानिकसमेत रहेकी रायना बर्नावीको छ।
मौसम पूर्वानुमान महाशाखाले कोशीका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।
ललितपुर महानगरपालिकाबाट शुरू हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन गर्ने छ।
प्रतिवादीहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो असुल गर्नुपर्ने राय प्रहरीको प्रतिवेदनमा उल्लेख छ। ११३ जनाले दिएको २२ वटा जाहेरीमा उल्लेख भएअनुसार प्रहरीले बिगो दाबीको हिसाब निकालेको हो।
युक्रेनले यसअघि पनि रुसको भूभागमा भएको कैयौँ तोडफोड तथा आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।
२०७५ सालमै सार्वजनिक खर्च पुनरावलोकन आयोगले खारेजीको सिफारिस गरेयता एक दर्जन निकायहरूमा सरकारले ४५ अर्ब भन्दा बढी बजेट खर्च गरेको आयोगका अध्यक्ष खनाल बताउँछन् ।
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले सोमबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।