AnonymousUser

Logout

पर्यटक लोभ्याउँदै अन्नपूर्ण पदमार्गका मनोरम झरना 

पदमार्गमा फुतफुते झरना, पञ्च झरना, रातो झरनालगायत आधा दर्जन बढी झरना छन्। झरना र फेदीमा रहेका तलाउमा अधिकांश पर्यटकले तस्वीर र भिडियो खिचेर रमाउने गर्छन्।

रुख कटानमा संलग्न गाउँपालिका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा 

प्रदेशको राजधानी दाङको भालुबाङ सारिएपछि तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले रुख काट्न गर्न आदेश दिएका थिए। त्यसपछि भालुवाङदेखि लमहीसम्म सडक किनारका एक हजार थान रुख काटिएको थियो। 

बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनमा समस्या

बाघखोरमा फालिएको फोहोर खोलामा मिसिने गरेको छ। फोहोरले तमानखोला र भूजीखोला दूषित बनेका छन्। आसपासका गाउँसम्म दुर्गन्ध फैलिएको छ।

चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा

प्रशिक्षकका रूपमा एरिक टेन हाग युनाइटेडमा आएयता क्लबको प्रदर्शन उच्च छ। यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ।

नक्कली शरणार्थी प्रकरण : यसपटक सजिलो छैन

आफ्नो समाज, संस्कृति, परिवार, घरबार, माटो छोडेर पराई ठाउँमा जाने कुरा सबैका लागि कठिन हो। तर कोही अवसरकै लागि नक्कली शरणार्थी बन्छ भने, त्यसले विश्वको हरेक सक्कली शरणार्थीको अपमान गरिरहेको हुन्छ।

पाकिस्तानमा आत्मघाती आक्रमण: १० जनाको मृत्यु

आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई बम प्रहार गर्दा चार सर्वसाधारण र सुरक्षाकर्मीको जवाफी कारबाहीमा छ आक्रमणकारीको मृत्यु भएको छ। 

फजुल खर्चमा संघदेखि प्रदेशसम्म यसरी बग्दैछ सरकारी बजेट 

आम्दानीभन्दा खर्च बढी भएर अर्थतन्त्रमाथि चाप परिरहेका बेला संघ र प्रदेश अन्तर्गतका मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयहरूमा हरेक वर्ष अनावश्यक कार्यक्रममा करोडौँ रुपियाँ फजुल खर्च भइरहेको छ। 

कर असुलीका लागि संयन्त्र बनाएर अनुगमन गर्दै काठमाडौँ महानगर

वडास्तरीय राजस्व अनुगमनका संयन्त्र बनाएर महानगर राजस्व विभागले ३२ वटै वडा कार्यलयलाई पत्राचार गरेको छ। अनुगमनका क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गरिनेछ।

रेशम चौधरीलाई सजाय माफी दिने तयारी, सरकारको पत्र राष्ट्रपति कार्यालयमा

गणतन्त्र दिवसका दिन चौधरीलाई रिहा गर्न गृह मन्त्रालयले राष्ट्रपति कार्यालयलाई पत्र पठाएको छ। तर, अदालतले ‘क्रुर तथा अमानवीय तरिकाले हत्या गरेको’ ठहर्‍याएको अवस्थामा कानून बमोजिम माफी दिन मिल्दैन।

मलेसिया भ्रमणमा जाने महिला क्रिकेट टोलीको घोषणा

नेपालले घरेलु टोली मलेसियासँग मे २९ बाट पाँच खेलको टी-२०आई श्रृंखला खेल्ने छ। नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गर्नेछिन्।

२८औँ पटक सगरमाथा चढेका कामिरितालाई विमानस्थलमा स्वागत

शेर्पाले गत जेठ ९ गते बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै २८औँ पटक सगरमाथाको सफल आरोहणको कीर्तिमान बनाएका थिए। जेठमा उनी एक हप्ताको अवधिमा नै दुईपटक सगरमाथा चुचुरोमा पुगेर फर्किएका हुन्।

मनाङसँग बराबरी खेलेपछि शीर्ष स्थानको चर्च ब्वाइजलाई दबाब

बराबरी खेलपछि चर्च ब्वाइजले शीर्ष स्थानमा मछिन्द्रसँग ५ अंकको दूरी कायम गर्न मौका गुमाउँदा मनाङ भने रेलिगेसन जोनमा पर्ने दबाब झेलिरहेको छ।

राष्ट्रपति पौडेलद्वारा भोटोजात्राको अवलोकन

भोटो हेर्न राष्ट्र प्रमुख पनि जाने परम्पराअनुसार राष्ट्रपति पौडेल जावलाखेल पुगेका थिए। उनको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए।

बेलायतमा आप्रवासी संख्या ६ लाखभन्दा बढी, काम र अध्ययनमा जाने धेरै

बेलायतमा काम, अध्ययन र मानवीय प्रयोजनका लागि जानेहरूको संख्या बढ्दा पछिल्ला वर्ष आप्रवासीहरू बढेका छन्। रुस र युक्रेनको युद्धपछि बेलायत प्रवेश गर्ने बढेको जनाइएको छ।

सिथि नखः पर्व

नेवार समुदायले सिथि नखः पर्व मनाउँदै

नेवार समुदायले बिहीबार सिथि नखः पर्व मनाउँदै छन्। यस पर्वलाई नेवार समुदायले वर्षाअघिको अन्तिम चाडका रूपमा मनाउँने गरेका छन्। सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत सरसफाइ गर्दछन्। आजको दिन घरमा भर्खर भित्र्याइएको नयाँ गहुँको म्हुछ्यामढी मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी समेत खाने गरिन्छ। यस चाडसँगै सिन्या ज्याः धान रोपाइँ शुरू हुन्छ।

जसले लगाए उठिबास, उनीहरूसँगै आस

गएको आमनिर्वाचनमा जाजरकोटको कटिगाउँका घरका भित्तामा टाँसिएका पोस्टर अझै निकालिएका छैनन्। जो नेताका पोस्टर भित्तामा छन्, उनीहरूकै संरक्षणमा साहुकारले स्थानीयलाई उठिबास लगाएका छन्।

आईपीएल फाइनलपछि मात्रै एशिया कपको टुंगो 

आईपीएलको फाइनलका दिन बंगलादेश, अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षबीच भारतमा हुने बैठकले एशिया कपको टुंगो लगाउने एसीसीका अध्यक्ष जय शाहले बताए।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा

बागमती, कोशी र गण्डकी प्रदेशमा दिउँसो १ बजेदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ: गृहमन्त्री 

मुलुकमा व्याप्त कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन नसक्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ।  

बाह्रबिसे–तातोपानी सडक जीर्ण: जोखिम मोलेर सामान ढुवानी

बाह्रबिसे– तातोपानीखण्डको २४ किलोमिटर सडकमा बढी जोखिम छ। भत्किएको सडक मर्मतमा सरकारले चासो नदिएको व्यवसायीको गुनासो छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।