विचारको भिन्नतका कारण निवर्तमान पदाधिकारीहरूले वर्तमान नेतृत्वका कामहरूको विरोध गरिरहेको र फरक मत स्वीकार गर्न नसकेको कुलपति राईले बताएका छन्।
काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानकै पूर्वपदाधिकारीहरू आफूहरूको हरेक कामको विरोधमा भएको आरोप लगाएका छन्।
प्रज्ञा प्रतिष्ठानको नेतृत्वले कार्यभार सम्हालेको १०० दिनमा भएका काम र आगामी कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा राईले विचारका भिन्नताकै कारण यस्तो विरोध भएको आफूले बुझेको बताए। आफूले व्यक्तिगत रूपमा पुरानो कार्यसमितिका कसैलाई पनि नचिनेको र कुनै आग्रह वा पूर्वाग्रह नभएको पनि उनले बताए।
“हामी अविछिन्न उत्तराधिकारी हौँ। पुरानो समितिको कामको जिम्मेवारी लिन्छौँ। तर, हाम्रो नीति अविछिन्न छैन। केही परम्परा र नीतिलाई हामी परिमार्जन गर्दैछौँ,” उनले भने, “यसै कारण पुरानो कार्यसमितिबाट निरन्तर आक्षेप आइरहेको छ।”
जिम्मेवारी हस्तान्तरण गर्न नमान्ने प्रवृत्तिका कारण यस्तो समस्या आएको उनले बताए। तर, आफूहरू सबै भाषा, संस्कृति र साहित्यको उत्थानमा समान ढंगले लागिरहेन पनि उनले प्रतिबद्धता व्यक्त गरे।
पत्रकार सम्मेलनमा उपकुलपति विमल निभाले बालसाहित्यको पृथक विधा बनाएर यसअघि प्रकाशन भइरहेको पत्रिका ‘बालप्रज्ञा’को नाम परिवर्तन गर्ने निर्णय भएको जानकारी दिए। उक्त पत्रिकाको नाम अब ‘लालपाते’ हुने उनले बताए।
प्रज्ञा प्रतिष्ठानले १०० दिनमा गरेका कामको फेहरिस्त पनि दिएको सार्वजनिक गरेको छ। यसबीचमा दोहोरो सुविधा लिने आजीवन सदस्यको भत्ता रोकिए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि दिन थालिएको सदस्यसचिव धनप्रसाद सुवेदीले जानकारी दिए।
प्रतिष्ठानले लोकवार्ता र बालसाहित्य विभागलाई छुट्याइ बालसाहित्यको छुट्टै विभाग बनाउने जनाएको छ। त्यस्तै, संस्कृति लोकवार्ता र मौखिक इतिहास विभाग गठन गरेको जानकारी पनि दिइएको छ। निबन्धलाई गद्य विभागअन्तर्गत राखेर समालोचना र साहित्येतिहास विभाग गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
