AnonymousUser

Logout

हाम्रो ठगी मन्त्र: मेरो भाग कति?

देश विकास हुन नसक्नु र युवा रित्तिँदै जानुको कारण यो काम गरेबापत, मेरो भाग कति? भन्ने मानसिकता हो। पियनदेखि प्रमसम्म सबैको पहिलो प्राथमिकता र चासो नै मैले कति पाउँछु वा के पाउँछु? भन्ने देखिन्छ।

चेन्नई १०औँ पटक आईपीएलको फाइनलमा

साविक विजेता गुजरातलाई १५ रनले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको छ। अब चेन्नईले उपाधिका लागि  दोस्रो क्वालिफायरको विजेतासँग खेल्ने छ।

शरणार्थी प्रकरण: प्रहरीको रायमाथि केही थपघटसहित अभियोजन गर्ने तयारी

साेमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन आठ सदस्यीय समितिले अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको सरकारी वकिलको कार्यालयले जनाएको छ।

थाइल्यान्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ घाइते

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओचाले घाइतेको उपचार प्रभावकारी बनाउन, क्षतिको विवरण संकलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। 

हिरण्य भोजपुरेको ‘मुसुक्क म’ बजारमा

पब्लिकेशन नेपालयबाट प्रकाशित पुस्तकमा ११८ वटा लघुकथा समेटिएका छन्। १५० पृष्ठको पुस्तकको मूल्य ३५५ रुपैयाँ छ।

उत्खननले बगर बन्दै जमिन, नाशिँदै जल र जीवनको चक्र

अवैध बालुवा उत्खननका कारण तराईवासीले वातावरणीय संकटको सामना गरिरहेका छन्। खडेरी, मरुभूमीकरण, बाढी र भू–क्षयजस्ता समस्याले स्थानीयको दैनिकी नै बिथोलिइरहेको छ। उत्खनन स्थलहरू अपराधको केन्द्र बनेका छन्।

सामाजिक सञ्जाल हेरेर खस्किँदो लोकप्रियता स्विकार्दै प्रमुख प्रतिपक्षी एमाले

सत्तारोहणको दुई महिनामै शक्तिबाट ओर्लेर प्रतिपक्षी बेञ्चमा पुगेको एमालेलाई त्यसयता नेता–कार्यकर्ताको अनुहारमा सेलाउँदो ओज र उत्साह कायमै राखिरहने चुनौती थपिएको शीर्ष नेताहरूका अभिव्यक्तिले देखाउँछन्।

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले जापानले मानव संसाधन विकास छात्रवृत्तिका प्रदान गर्ने ४१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्नेसमेत निर्णय गरेको छ।

मधेशमा मन्त्रिपरिषद्‍ फेरबदल: कांग्रेस र एकीकृत समाजवादीको 'इन्ट्री'ले गठबन्धनका दल विभाजित

मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार अचानक जनमत र माओवादीले लिएका मन्त्रालय खोसेर दुई मन्त्री र राज्यमन्त्रीलाई बिनाविभागीय बनाएपछि मधेश सरकारका साझेदार दलबीच खटपट शुरू भएको छ।

सगरमाथा आरोहण

सगरमाथाको शिखरमा पुगेर काठमाडौँ फर्किए हरि बुढामगर

दुवै खुट्टा गुमाएका हरि बुढामगर सफलतापूर्वक सगरमाथाको आरोहण गरेर काठमाडौँ फर्किएका छन्। उनलाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री सुदन किराती लगायतले फूलमाला, खादा लगाइदिएर स्वागत गरेका थिए। अफगानिस्तानमा युद्धका क्रममा दुवै खुट्टा गुमाएका ४३ वर्षीय बुढामगरले शनिबार बिहान ३:१० मा सगरमाथा आरोहण गरेका थिए। गत वर्ष पनि सगरमाथा आधारशिविर पुगेका उनलाई शारीरिक अवस्थाका कारण आरोहण गर्न नदिइएपछि त्यसविरुद्ध अदालत गएका थिए। उक्त मुद्दा जितेपछि आरोहण अनुमति पाएका थिए। उनले दुवै खुट्टा नभएका पर्वतारोहीका रूपमा सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन्।

पुछारको खुमलटारले ३ अंक जोड्दा रेलिगेसन ‘ब्याटल’ रोमाञ्चक 

लिगमा ६ खेल बाँकी रहँदा पुछारका २ टोली र माथिल्ला ३ टोलीबीच‍ २ अंकको मात्रै अन्तर भएपछि रेलिगेशन जोन रोमाञ्चक बनेको छ।

भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न २ दिन म्याद थप

नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख रुपैयाँ ठगी भएको भनी ११३ जनाले २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका छन्।

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

काभा भलिबल: बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार सम्पन्न आफ्नो दोस्रो खेलमा बंगलादेशलाई ३–० को सोझो सेट पराजित गर्दै नेपाल सेमिफाइनमा पुग्न सफल भएको छ।

नेप्से परिसूचकमा उच्च अंकले वृद्धि, १ हजार ९४२.६३ पुग्यो

कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले मंगलबार शेयर बजारमा हरियाली छाएको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ।

प्रधानमन्त्रीले भने– बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन

भूगोल, अर्थतन्त्र, खुला सिमाना र जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता बढी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। 

जसपाका वीरेन्द्र महतो वनमन्त्री नियुक्त, बुधबार शपथ

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका वीरेन्द्रकुमार महतोलाई वनमन्त्री र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्री नियुक्त गरेका छन्। 

एक दिवसीय विश्वकप छनोट: नेपाल टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बावेको समूहमा

नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्ने छ। 

सुदूरपश्चिम सरकारको टोली बजेट माग्दै सिंहदरबारमा

अथाह सम्भावना भएर पनि पछाडि परेको सुदूरपश्चिम प्रदेशलाई आगामी बजेटमा विशेष प्राथमिकता दिन मुख्यमन्त्री शाह नेतृत्वको टोलीले अनुरोध गरेको छ।

बजेटपूर्वको छलफल कर्मकाण्डी भयोः अध्यक्ष तिमिल्सिना

बजेटपूर्व हुने छलफलको कुनै औचित्य नरहेको र त्यसले मुलुकको समस्या समाधान गर्न नसक्ने अध्यक्ष तिनिल्सिनाको दाबी छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।