सांसद अनिसा नेपालीले जातीय छुवाछुत दण्डनीय भए पनि यो अन्त्य हुन नसकेको बताइन्। छुवाछुतविरुद्धको कानूनलाई बलियो बनाउन उनको माग छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको दाबी गरेका छन्।
खर्च घटाउने नाममा निर्वाचन आयोगका कार्यालय कटौतीको योजना खारेज गर्ने निर्णय तत्काल सच्याउन थापाले सरकारसँग माग गरेका छन्।
बुधबार बिहान बसेको बैठकले अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेधित क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ।
ढोडेनीका १५० परिवारलाई वर्षभरि नै खानेपानीको समस्या हुन्छ। दुई वर्षअघि प्रदेश सरकारको आर्थिक सहयोगमा केवरा ढाप र जलुकेको पानी ल्याइएको थियो। तर, अहिले उक्त पानी आउन छाडेको छ।
कार्यसम्पादन चित्तबुझ्दो नभएका कारण विभिन्न कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनीलाई स्पष्टीकरण सोधिएको हो।
रियलकै पूर्व फरवार्ड क्रिस्ट्रियानो रोनाल्डो अल नासारमा आवद्द छन्। बेन्जेमा पनि साउदी लिगमा थपिएपछि अन्य ठूला खेलाडी पनि लोभिने अनुमान गरिएको छ।
काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको गाडीले सडक छेउमा हिँडिरहेका ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको थियो।
बागलुङको ढोरपाटन गरेपालिका–६, ७, ८ र ९ मा २०७७ भदौमा आएको बाढीले १३१ घरमा क्षति पुर्याएको थियो।
इलेक्ट्रोनिक इन्टरलकिङ प्रणालीमा भएको परिवर्तनका कारण भयानक रेल दुर्घटना भएको भारतको रेलवे विभागले जनाएको छ।
आफूमातहतका महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पाल यसअघि पनि यस्तै आरोपमा मुछिएका थिए। तर, त्यसबेला जिम्मेवारी खोसिए पनि उनीमाथि कारबाही भएन।
नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट संक्रमित भएको पशु सेवा विभागले जनाएको छ। तराइदेखि हिमाली जिल्लासम्म नै यसको प्रकोप फैलिएको छ।
विभाग स्रोतका अनुसार नक्कली भ्याट बिलबाट करिब ४ अर्ब रुपैयाँको कर छली भएको छ। त्यसमा लाग्ने आयकर, भ्याट र यी दुवैमा नियमानुसार लाग्ने जरिबाना जोड्दा करिब १० अर्ब पुग्छ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सरकारका नाममा कारण देखाउ आदेश गरेको छ।
म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा मंगलबार भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित भएको छ।
सर्वोच्च बारले राष्ट्रपतिबाट भएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ।
२०६६ सालमा स्थापना भएको, त्यसपछि पनि वर्षौंसम्म मोफसलका प्रतियोगितामा केन्द्रित भएको चर्च ब्वाइजले पहिलो सहभागितामै ‘ए’ डिभिजन लिग उपाधि जित्नु चमत्कारभन्दा कम छैन।
साहित्यकार विजु सुवेदी ‘विजय’को कथासंग्रह शान्ति सम्झौता प्रकाशित भएको छ।
गत सुनकोशी नदीमा खसेर बेपत्ता भएको जिप सीटीईभीटीका दुई कर्मचारीको शव भेटिएको प्रहरीले जनाएको छ।
एमालेका सांसद योगेश भट्टराईले सरकारी खर्च कम गर्न राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीको २५ प्रतिशतसम्म तलबभत्ता कटौती गर्ने प्रस्ताव गरेका छन्।