एमाले अध्यक्ष ओलीले उत्पादन, उत्पादकत्व बढाउने र रोजगारीको पनि बाटो नदेखाएकाले बजेटलाई सच्याउन उपयुक्त हुने तर्क गरे।
सांसदहरूले अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्ने विषयमा अर्थमन्त्रीको जवाफ खोज्दै संसदीय समिति बनाएर छानबिन प्रक्रिया अघि बढाउन माग गरेका थिए।
आगामी असार मसान्तसम्ममा एकीकृत कारोबार शुरू गरेमा तोकिएको क्षेत्रगत कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने राष्ट्र बैंकले जनाएको छ।
नवप्रवेशी क्लब चर्च ब्वाइजले थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ।
माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।
समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भिजनभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाइ थियो।
९० वर्ष पुरानो टर्कीको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीले यति ठूलो परिमाणमा नयाँ विमानहरु थप्न महत्वाकांक्षी योजना ल्याएको हो।
मंगलबार कारोबारमा भएका २६९ कम्पनीको ५५ लाख ४१ हजार कित्ता शेयर १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ।
अर्थमन्त्री डा. महतले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरूले निर्णय गरेर ‘इन्ट्री’ गर्दा श्रेष्ठलाई सहयोगीका रूपमा लिएको बताएका छन्।
खर्बौंको कारोबार गर्ने विदेशी एयरलाइन्सहरूबाट नेपाल सरकारलाई अहिलेसम्म एक रुपैयाँ पनि कर आउँदैन। यो लगायतका सबै वास्तविकताको अध्ययन गर्दा हवाई सेवामा भ्याट लगाउनु ठीक हुन्छ भन्ने ठान्यौँ।
जसपा प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्नेसमेत बताएका छन्।
एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणको विषयमा अर्थमन्त्रीले रोस्टमबाट स्पष्ट पार्नुपर्ने नभए संसदीय समिति बनाएर छानबिन गरिनुपर्ने माग गरेका छन्।
२५ किमी सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रियामा लागिएको पर्वतस्थित मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालयले जनाएको छ।
पञ्चायतकालदेखि चलिआएको बजेटको परम्परागत प्रणालीलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरू सुखी हुन नसक्ने उनको भनाइ छ।
मृत अवस्थामा भेटिएका राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सबै किसिमका आमविनाशका हतियारहरू निःशस्त्रीकरणको पक्षधर भएको बताएका छन्।
न्युजिल्यान्डमा रहँदा प्रधानमन्त्री रबुकाले अकल्यान्ड र वेलिङ्ग्टनमा द्विपक्षीय बैठक, राष्ट्रिय युद्ध स्मारक र ‘प्यासिफिक वार मेमोरियल’को भ्रमण गर्नेछन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची थियो।
छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।