प्रधानमन्त्री दाहालले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दालाई उच्च प्राथमिकता दिने बताएका छन्।
सञ्चारकर्मीका तहबाट भए गरेका अधिकांश स्वार्थ साबिक पत्रकार आचारसंहिता कडाइका साथ लागू गर्दा सम्बोधन गर्न सकिन्छ। तर मिडिया सञ्चालकका तहबाट हुने स्वार्थका द्वन्द्व नियन्त्रण गर्न नीति नै बनाउनुपर्छ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनु नै एमालेका लागि धक्काको शुरूआत भएको दाबी गरे।
चिकित्सकमाथि लाठी चार्जको विषयलाई लिएर वरिष्ठ प्रहरी हवल्दार गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
गोरखा बजारबाट शुरू हुने पदयात्रा सडक खुलेपछि आरुघाट बजारबाट शुरू भयो। त्यसपछि सोतीखोला र अचेल माछाखोला बनेका छन्, उही पदयात्राको प्रस्थानबिन्दु। फिलिमसम्म सडक छ। दोभानसम्म जिपको सुविधा छ।
रात्रिभोज
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसद्का सदस्यहरूका लागि रात्रिभोजको कार्यक्रम आयोजना गरेकी छिन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा शनिबार अपराह्न साढे ३ बजेदेखि कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको सहभागिता थियो।
हाल प्रचलनमा रहेका भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा सुधार गरी नयाँ ऐन संसद्बाट पारित गराउन सरकारले प्रयास गर्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएका छन्।
जनकपुरधाममा रामजानकी मन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गंगा आरती, शिव, संकटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमान गढीलगायत मन्दिर अवस्थित छन्।
डग शो
काठमाडौँ– ललितपुरको जावलाखेल मैदानमा \'१३औँ ग्रान्ड डग शो\' आयोजना गरिएको छ। काठमाडौँ उपत्यकामा रहेका कुकुर मालिकहरूलाई एकै ठाउँमा भेला गराउन हरेक वर्ष यो सो आयोजना गर्ने गरिन्छ। शोमा यस वर्ष करिब ३ दर्जन कुकुर सहभागी भएको आयोजकले जनाएको छ।\r\n
सन् २०२१ अगस्ट ८ देखि २०२२ डिसेम्बर १८ सम्मको प्रदर्शनका आधारमा उत्कृष्ट तीन जना छनोट गरिएको हो।
चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै सडक किनारमा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहज रूपमा पार्किङको सुविधासमेत उपलब्ध हुने छ।
ठाडोभाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो। पछिल्लो समय यो भाका हराउँदै जान थालेको छ।
मान्छे जतिसुकै राजनीतिक भए पनि फरक पर्दैन, तर संस्थाप्रतिको दायित्व बुझ्नेचाहिँ हुनुपर्छ। राष्ट्रपति पदमा कानुन र विधि विधान बुझ्ने व्यक्ति हुनुपर्छ।
दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना छ।
१२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक आठ, एपीएफले तीन र आर्मीले एउटा स्वर्ण पदक जितेका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति भण्डारीको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताएका छन्।
महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पारस चौधरीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।
विश्व स्वास्थ्य संगठनले टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जान सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।
संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका बताइएको छ।
४६ उद्योगले सिर्सिया नदी प्रदूषण गरेको सरकारी छानबिन समितिकै ठहर थियो। तर १२ वर्षसम्म ती उद्योगलाई कारबाही नहुँदा प्रदूषण बढेर वीरगन्जसहित दुई दर्जन गाउँका स्थानीयको जनजीवन नै कष्टकर बनेको छ।