AnonymousUser

Logout

राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस होइन अनुरोध मात्रै गरिएको हो : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरणका लागि सिफारिस नगरी अनुरोध मात्रै गरेको बताएका छन्।

जिल्ला निर्वाचन कार्यालय खारेजीबारे आयोगले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

निर्वाचन आयोगले गृहमन्त्रीलाई कार्यालयमा बोलाएर सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको जिल्ला निर्वाचन कार्यालय खारेजीबारे ध्यानाकर्षण गराएको छ।

उडिशामा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालन

भारतको पूर्वी राज्य उडिशाको बालासोरनजिकै भएको दुर्घटनामा २७५ यात्रीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्।

सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैँसी चढेर आएको' भनेपछि प्रतिनिधिसभामा नोकझोक

प्रधानमन्त्रीलाई भारत भ्रमणबारे प्रश्न गर्ने क्रममा रास्वपा सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैँसी चढेर आएको' अभिव्यक्ति दिएपछि केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नोकझोक भएको छ।

सदनमा प्रधानमन्त्रीको जवाफ: कालापानी, लिपुलेक र लिम्पियाधुराको विकल्पमा बोलेको छैन

आफूले बोल्नुअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमाको बारेमा बोलेको र दुवै देशका प्रधानमन्त्रीले एकैपटक सीमाबारे बोलेको पहिलोपटक भएको दाहालले बताए।

अर्को हवाई प्रवेश विन्दुबारे भारतसँग छलफल भएको छ: प्रधानमन्त्री दाहाल

नेपालगन्जलगायत शहरबाट भारतमा हवाई उडान गर्ने गरी छलफल अगाडि बढाइएको प्रधानमन्त्री दाहालले जानकारी दिएका छन्। अहिले काठमाडौँबाट मात्र भारतीय शहरमा उडान हुन्छ।

नेपालका ट्राभल कम्पनीको बिक्री प्रणाली ह्याक गरेर बेचियो करोडौँ रूपैयाँको हवाई टिकट

देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिंक ट्राभललगायत प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेका छन्। अधिकांश टिकट मोरक्कोतर्फ जारी गरिएको छ।

चार सन्तान हत्या आरोपमा २० वर्ष जेल बसेकी महिला निर्दोष प्रमाणित

अष्ट्रेलियाकी काथ्लिन फोल्बिग चार सन्तानको हत्यामा २० वर्ष जेल बसेपछि निर्दोष प्रमाणित भएकी छन्। उनका १९ दिनदेखि १९ महिनासम्मका सन्तानको १० वर्षबीचमा मृत्यु भएको थियो।

गण्डकीमा पाँच वटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने घोषणा

तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने घोषणा भएको छ।

अन्तिम खेलमा ला लिगा च्याम्पियन बार्सिलोना पराजित

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना सिजनको अन्तिम खेलमा १३औँ स्थानको सेल्टा भिगोसँग पराजित भएको छ। तर, लिग समाप्तीमा बार्सा दोस्रो स्थानको रियल मड्रिडभन्दा १० अंकले अघि रह्यो।

'भ्रष्टाचार गर्नकै लागि ठूला–ठूला आयोजना बनाइँदा रहेछन्'

हामी आइसकेपछि वायुसेवा निगममा चार अर्ब नाफा भयो। हामीले ऋण तिर्‍यौँ र जहाज किन्ने अवस्था आयो। 'ई-टिकेटिङ' शुरू गर्‍यौँ। १५/२० दिनमा ५०/६० लाखको मात्र टिकट बिक्ने ठाउँमा करोडौँको टिकट बिक्न थाल्यो।

पाल्पामा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ जना घाइते

रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए।

थुनछेक बहसमा न्यायाधीशको प्रश्न– ‘फाइल हेरफेर तत्कालीन गृहमन्त्री र गृहसचिवले मात्रै गरे कि अरूले पनि सघाए?’

अदालतमा कसुर इन्कार गरेका अभियुक्तहरूको प्रतिरक्षामा पूर्व महान्याधिवक्ताहरू सहितका दर्जनौँ कानून व्यवसायीले बहस गर्ने छन्। अदालतले दुवै पक्षबाट ९ दिन लामो बहस सुनेर जेठ ३१ गते थुनछेकको आदेश गर्नेछ। 

‘क्रसबोर्डर डिजिटल पेमेन्ट’ सम्झौताले नेपाल–भारतबीच भुक्तानीमा सहजता आउँछ: गभर्नर

गभर्नर महाप्रसाद अधिकारीले ‘क्रसबोर्डर डिजिटल पेमेन्ट’ सम्झौताले नेपाल र भारतबीच हुने भुक्तानीलाई सहज बनाउने बताएका छन्।

ए डिभिजन लिग : फ्रेन्ड्सलाई रेलिगेसनको दबाब यथावत्

‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीसँग बराबरीमा रोकिएपछि फ्रेन्ड्सलाई रेलिगेसनको दबाब थपिएको छ।

खाद्य अभावको ‘हटस्पट’ बन्ने जोखिममा पाकिस्तान र अफगानिस्तान

आर्थिक एवं राजनीतिक संकट गहिरिँदै जाँदा पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको ‘हटस्पट’ बन्ने जोखिम बढेको एफएओ र डब्ल्यूएफपीको चेतावनी छ।

लुम्बिनी प्रदेशको कृषि अनुदानः स्मार्ट कृषि गाउँमा छैन उत्पादन, चल्दैनन् शीतभण्डार

कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन लुम्बिनी सरकारले वितरण गरेको अनुदान लिनेहरूले कृषि नै छाडेपछि अर्बौं लगानी उपलब्धि शून्य बनेको छ। अनुदानमै बनेर उपयोगविहीन बनेका शीतभण्डारमा कतै त च्याउखेती गरिएको छ।

लुम्बिनी प्रदेशको अनुदानः स्मार्ट कृषि गाउँमा छैन उत्पादन, चल्दैनन् शीतभण्डार

कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन लुम्बिनी सरकारले वितरण गरेको अनुदान लिनेहरूले कृषि नै छाडेपछि अर्बौं लगानी उपलब्धि शून्य बनेको छ। अनुदानमै बनेर उपयोगबिहीन बनेका शीतभण्डारमा कतै त च्याउखेती गरिएको छ।

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको सोमबार पेसी

गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

खुमलटारविरुद्ध जितपछि संकटाको रेलिगेसनबाट जोगिने सम्भावना बलियो

संकटा क्लबले ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ। दुई खेल बाँकी रहँदा संकटाले ३० अंक जोडेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।