AnonymousUser

Logout

तस्वीर कथा: नाटकमा बुद्ध र भिखारी

'बुद्ध र भिखारी' नैतिक कथामा आधारित कला स्याडो पपेट्री नाटक हो। एउटा भिखारी केही प्रश्नहरु बोकेर बुद्धलाई भेट्न हिँडेको यात्राको कथा यसमा छ।

काठमाडौँ महानगरले निकाल्यो छात्रवृत्ति नदिने विद्यालयको सूची, जेठ २८ भित्र नदिए अनुमति रद्द गर्ने चेतावनी

महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी छात्रवृत्ति वितरण पेस नगर्ने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको छ।

बुंगमति खोइँचामा भेटिएको अभिलेख लिच्छविकालीन हुनसक्ने

अभिलेखमा रहेको धर्मचक्र र अक्षर लिच्छविकालीन अभिलेखसँग मिल्ने लिपिविज्ञ श्यामसुन्दर राजवंशी बताउँछन्। तर, केही अक्षर थप अध्ययन नभएसम्म पुष्टि हुन नसक्ने उनको भनाइ छ।

गर्मी बढेपछि देवघाट गाउँपालिकाका विद्यालय ५ दिन बन्द

सुख्खा मौसमका कारण अत्यधिक गर्मी तथा खानेपानीको अभावसँगै पठनपाठनमा असजिलो भएकाले बिदा दिनुपरेकाे विद्यालयहरूले बताएका छन्। 

सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान, प्रशिक्षक मोन्टीको भिसा अझै आएन

बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौँमा परेको मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका गएका हुन्। नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई भने भिसा नआएका कारण जान पाएका छैनन्।

लुम्बिनीमा ५ महिनामा ४ लाख ७० हजार पर्यटक भित्रिए, १ लाख ११ हजार भारतीय

पछिल्लो पाँच महिनामा ६७ देशका करिब पाँच लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। सन् २०२२ को सोही अवधिमा तीन लाख ६२ हजार पर्यटक आएका थिए। 

जलवायु परिवर्तन: छैटौँ वृहत् जैविक विनाशको भय

२०० वर्षअघि औद्योगीकरण युग शुरू भएयता वनजंगल र प्राकृतिक स्रोतमाथि अधिक दोहन र ब्रम्हलुट हुन जाँदा कैयौँ महत्त्वपूर्ण वनस्पति, जीवजन्तु  र तीनका वासस्थानसमेत लोप हुन गएको देखिन्छ। 

भारी वर्षा र बाढीले जापानमा ३ जनाको मृत्यु, ९९० घरमा क्षति

मध्य जापानको आइची र शिजुओका प्रान्तमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना कार्य जारी रहेको एजेन्सी क्योडोले जनाएको छ।

तराईमा अत्यधिक गर्मी, देशभर केहीदिन तापक्रम नघट्ने 

अत्यधिक गर्मी, चट्याङ तथा हावाहुरीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

फष्टाइरहेका चुनढुंगा खानी: स्थानीय वासिन्दा र सरकारलाई हानि

देशभर १५९ वटा खानी स्वीकृत दिएको सरकार तिनका सञ्चालकले स्वघोषणा गरेर बुझाएको राजश्वमै चित्त बुझाइरहेको छ। खानीबाट के कति खनिज निकालिन्छ त्यसको लेखाजोखा गर्ने संयन्त्र नै सरकारसँग छैन। 

अर्थमन्त्री भन्छन्– कसैको फाइदा, बेफाइदाका लागि करका दर हेरफेर गरेको छैन

अर्थमन्त्री प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने हिसाबले करका दर परिवर्तन गर्ने काम नगरेको स्पष्ट पारेका छन्।

बजेटले लिएका लक्ष्य परिपूर्ति गर्ने गरी मौद्रिक नीति आउँछ: गभर्नर

गभर्नर अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले बजेटमार्फत लिएको ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्ने गरी आउने बताउँछन्।

प्रतिनिधिसभामा प्रधानमन्त्री–सांसद सवालजवाफ

प्रधानमन्त्री दाहाललाई सांसदहरूले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति, सीमा विवाद र नागरिकता विधेयक प्रमाणीकरणका विषयमा प्रश्न गर्दा प्रतिनिधिसभामा चर्काचर्कीको स्थिति सिर्जना भएको छ।

सवारीसाधनको क्षमताका आधारमा करका दर कायम गर्नु नीतिगत भ्रष्टाचार : स्वर्णिम वाग्ले

रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने बताएका छन्।

जलवायु परिवर्तन: छैटौं वृहत् जैविक विनाशको भय 

२०० वर्षअघि औद्योगीकरणको युग शुरू भएयता वनजंगल र प्राकृतिक स्रोतमाथि अधिक दोहन र ब्रम्हलुट हुन जाँदा कैयौँ महत्त्वपूर्ण वनस्पति, जीवजन्तु  र तीनका वासस्थान समेत लोप हुन गएको देखिन्छ। 

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ९७ करोडको कारोबार

सोमबार २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता शेयर ३६ हजार ५६८ पटक खरिदबिक्री हुँदा एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रधानमन्त्रीलाई ओलीको प्रश्न– छिमेकीले सीमावारि फौज राख्दा हामी बोल्न नहुने, यस्तो पनि हुन्छ र?

एमाले अध्यक्ष ओलीले बंगलादेशसम्म जानका लागि जमिन दिनुपर्छ भन्ने विषय अन्तर्राष्ट्रिय प्रचलनमा नरहेको, देशको संविधानभन्दा पनि परको विषय भएको बताएका छन्।

दुई पटक पारित नागरिकता विधेयक सदनमै फिर्ता ल्याउनु संसद्को अपमान हो : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले अघिल्लो सदनले विधिसम्मत ढंगले पारित गरेको विधेयकलाई अहिलेको संसद्ले मान्दिन भन्न नमिल्ने तर्क गरे।

अदालतको आदेशपछि पनि फेवातालको सिमसार पुर्न रोकिएन, राजनीतिक संरक्षणको आशंका

फेवातालको सिमसार पुर्न तत्काल रोक लगाउने उच्च अदालतको अन्तरिम आदेशपछि पनि यो गतिविधि रोकिएको छैन। पोखरा महानगरको जिम्मेवारी तथा जिल्ला प्रहरी कार्यालयको निगरानीविरुद्ध स्थानीयवासी प्रतिकारमा छन्।

के रुसका लागि ह्वेलले जासुसी गर्छ?

चार वर्षअघि पहिलोपटक भेटिँदा ह्वेल गोप्रो क्यामरासहितको माला लगाएको अवस्थामा थियो। मालामा ‘सेन्ट पिटर्सबर्गको उपकरण’ लेखिएका क्लिपहरू थिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।