भोजपुरको टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएपछि शवलाई अखुवा खोलाको बगरमा पुरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा ६ जना पक्राउ परेका छन्।
इमर्जिङ टिम्स एशिया कप खेल्ने राष्ट्रिय टोलीबाट बाहिरिने आरिफ शेख पाँचौँ सिनियर खेलाडी हुन्। उनको स्थानमा राखिएका पवन सर्राफले विगतमा राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्न सकेका छैनन्।
रसुवाको उत्तरतर्फ पर्ने हिमाली क्षेत्रमा डेंगीका एक बिरामी फेला परेका छन्। अहिले जिल्ला अस्पताल धुन्चेमा उनको उपचार भइरहेको छ।
सोमबार दिउँसो र राति देशका अधिकांश भागमा वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
यो या त्यो बहानामा अन्तरजातीय विवाहलाई किर्ते बालविवाह बनाएर दलित युवाहरूलाई फसाउँदै जाने हो भने समाजमा बालविवाह यथावत् रहनेछ र जातीय विभेद थप मौलाउँदै जानेछ।
हरियाणाको राज्य सरकारले वर्षको १ लाख ८० हजारभन्दा कम आय भएका त्यहाँका ४५ देखि ६० वर्षका अविवाहितलाई भत्ता दिने निर्णय गरेको छ। उनीहरूले मासिक २ हजार ७५० रुपैयाँ पाउनेछन्।
एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौँ पाउन्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ।
दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल चाल्न माग गर्दै ‘संयुक्त राजनीतिक दलित संघर्ष समिति’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाइएको छ।
काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको आकाश फुड्सलाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ।
प्रदेशलाई हेर्ने दल, नेता र समग्रमा काठमाडौँको सत्ताको दृष्टि हिजोदेखि नै तिनलाई खुट्टा टेक्न दिने खालको रहेन। अहिले त्यो संघीयताको अभ्यासलाई नै विकृत बनाउने तहमा देखा परेको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अध्यादेश आउनुभन्दा अगाडि आयोग बनाए काम गरिरहेकाले समस्या समाधान हुनेमा ढुक्क हुन मिटरब्जाज पीडितहरूलाई आश्वासन दिएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले प्रमुख तीन राजनीतिक दलहरूले संसद्मा सिन्डिकेट चलाउन खोजेको आरोप लगाएका छन्।
नदीमा आधारित जलविद्युत् आयोजनामा मात्र भरपर्दा बाढी–पहिरो र सुख्खाका कारण ऊर्जा संकट बढ्न सक्ने औँल्याउँदै सरकारले सौर्य ऊर्जा उत्पादनलाई प्राथमिकतामा राखेको जनाएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकले पनि ऋण प्रवाहमा चासो देखाइरहेको परिवेशमा मौद्रिक नीति खुकुलो हुनेबित्तिकै अर्थतन्त्र सहज रूपमा अगाडि बढ्ने दाबी गरे।
रविन तामाङ
काठमाडौँ– गायक रविन तामाङको आइतबार अन्त्येष्टि गरिँदै छ। उनको पार्थीव शरीरलाई बिहान ८ देखि ११ बजेसम्म नक्सालस्थित संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिएको थियो। सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमनत्री सुदन किँराती, कांग्रेस महामन्त्री गगन थापा तथा कलाकारहरूले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए। उनको शव शोभाभगवती लगेर दाहसंस्कार गरिनेछ। तामाङ गत मंगलबार बुढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई विमानस्थलबाट पक्राउ गरिएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताएका छन्।
सांसद केसीले समिति सचिवालयलाई आगामी बैठक बस्नुअघि चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको विस्तृत विवरण लेखा समितिका सदस्यहरूलाई दिन निर्देशन दिए।
नेपाली कांग्रेस सांसद आरजु राणा देउवालाई रकम बुझाएको भन्ने अडियोको स्वर दाङका सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ।
दुई वर्ष पूरा भइसक्दा पनि यहाँको बस्ती अझै जोखिममा नै रहेको छ। अझ वर्षायाम शुरूआत भएपछि पानी पर्दा यहाँको बस्ती अझै जोखिममा पुग्ने स्थानीयको गुनासो छ।