कोशी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सभामुख घिमिरेले संसद्मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न आफूले सत्तापक्ष र प्रतिपक्षबीच मध्यस्थता गरिरहेको बताएका छन्।
बागलुङ बजारमा नगरखानेपानीले वितरण गर्दै आएको रेशखोला र भुदीखोलाको मुहान र धारो दुवैमा कोलिफर्म फेला परेको छ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर एमालेले गलत काम गरेको बताए।
चार दलसम्मिलित समाजवादी मोर्चाले मोर्चाका सन्देश जनतासमक्ष पुर्याउन सातै प्रदेश राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ।
'अहिलेको क्रिकेटको अध्यक्ष (चतुरबहादुर चन्द)इन्टरनेस्नल फोरममा बसेर फेस टू फेस कुरा गर्नै सक्नुहुन्न। पहिला जयकुमार नाथ शाह, विनयराज पाण्डे कड्किएर बोल्नुहुन्थ्यो, भिडेर आउनुहुन्थ्यो।'
दुइटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम शुरू गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए।
स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले नाटोको निरन्तर अस्तित्वको अर्थ युरोपमा दिगो शान्ति बहालीका निम्ति बाधक भएको बताए।
रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको भनाइ छ।
अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा उल्लेख गरिएको दाबी गरे।
कांग्रेस महामन्त्री गगन थापाले अहिले देशका लागि आफू या आफ्नो पुस्ताको प्रधानमन्त्री आवश्यक रहेको बताउँदै पुनः कांग्रेस संसदीय दलको नेता बदल्न लाग्ने बताएका छन्।
प्रख्यात नायिका इन्ग्रिड बर्गमान् भन्छिन्, ‘वृद्ध हुनु पहाड चढ्नुजस्तै हो। तपाईंलाई अलिकति सास फेर्न गाह्रो होला, तर त्यसपछि देखिने दृश्य झनै स्पष्ट र सुन्दर हुनेछन्।’
कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको एमाले महासचिव शंकर पोखरेलको तर्क छ।
बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ।
दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालासीको मृत्यु भएको हो।
वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु गाउँ बस्तीमा पस्ने गरेका छन्। यसबाट संरक्षित क्षेत्र तथा यसको वरिपरि बसोबास स्थानीयले मानवीय तथा आर्थिक क्षति बेहोरिरहेका छन्
‘ट्युबवेल’ नाटक मात्र होइन, सरकारले किसानमाथि गरेको अन्यायको वास्तविक कथा पनि हो। २०५६ सालदेखि तराईका जिल्लामा सिँचाइ गर्न ट्युबवेल गाड्ने २० वर्षे परियोजना चलाइएको थियो, तर ती किसानको अवस्था उस्तै छ।
गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमुना स्वीकृत भएपछि ककनीस्थित वेभ नेपाल प्रालिले जेठदेखि निर्यात गर्न थालेकाे कम्पनीले जनाएकाे छ।
शुक्रबार साँझ हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको थियो। लगत्तै अस्पतालले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ।
मृत्यु हुनेमा ट्रक चालक चितवन राप्ति– ८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी–२ गोर्दीटारका सुमन चेपाङ र मनहरी– ३ का अमृत प्रजा छन्।