AnonymousUser

Logout

१ लाख रुपैयाँ घुससहित लेखा अधिकृत पक्राउ

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।

अर्थतन्त्रलाई सही दिशामा ल्याउने हो भने...

बैंकमा पैसा छ, तर ऋण लिनेको अभाव छ। सरकारले लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेको छैन। मजदुरहरू रोजगारीका निमित्त भौँतारिरहेका छन्। निर्माण कार्य ठप्प छन्। 

पेट्रोलियम पाइपलाइन: दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न

 २०७६ भदौ २५ देखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ। २०२४ जनवरीदेखि पेट्रोल पनि पाइपलाइनबाट नै ल्याउने निगमको लक्ष्य छ। 

देशभर वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। 

‘समानुपातिक प्रणाली खारेज गरौँ, महिला–महिलाबीच प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्र निर्धारण गरौँ’

सांसदहरूले महिला, दलित, जनजाति, खस–आर्य सबैलाई जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र निर्धारणका लागि कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

भारतमा पहिरोमा परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन

बाढीपहिरोमा परी हिमाञ्चल प्रदेशमा रोजगारीका लागि गएका पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

बालमन्दिरको जग्गामा १० तले कम्प्लेक्स बनाउने विशाल ग्रुपको योजनामा ‘अंकुश’

तत्कालीन पदाधिकारीसँगको मिलेमतोमा बाल संगठनको जग्गा ६० वर्षलाई ‘लिज’मा हात पारेको व्यापारिक घराना विशाल ग्रुपले त्यहाँ १० तलाको भवन बनाउन अघि बढाएको प्रक्रिया जनप्रतिनिधिले रोकिदिएका छन्।

विकराल वायु प्रदूषणः सरकार कर बुझ्छ, कष्ट बुझ्दैन

वायु प्रदूषण नियन्त्रणका लागि करबापत सरकारले १५ वर्षमा साढे १६ अर्ब जम्मा गरिसकेको छ। तर रकम खर्च गर्न कार्यक्रम छैन। जबकि, सरकारकै तथ्यांकमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजारभन्दा बढीको मृत्यु हुन्छ।

मिटरब्याज पीडित समस्या समाधान आयोगको म्याद ३ महिना थपियो

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन गरेको आयोगको म्याद तीन महिना थप गरेको छ।

सरकारले बनायो मनाङ एयरको हेलिकप्टर दुर्घटना छानबिन गर्न समिति

मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको छ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौँ ल्याइयो

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौँ ल्याइएको छ।

बालेनलाई वारेश राख्ने अनुमति दिएन सर्वाेच्चले 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूविरुद्धको मुद्दामा वारेश राख्न अनुमति माग्दै अदालतमा निवेदन दिएका थिए। 

रेडियो फ्रिक्वेन्सीबाट उठेको रोयल्टी पहिलो पटक तीनै तहमा बाँडफाट हुँदै

अघिल्ला वर्षहरूमा रेडियो फ्रिक्वेन्सीबाट वार्षिक तीनदेखि साढे तीन अर्बका दरले रोयल्टी उठेको थियो। चालु वर्ष संकलित यस्तो रोयल्टी रकम आगामी आर्थिक वर्षदेखि संघ, प्रदेश र स्थानीय तहलाई बाँडिने छ। 

काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन गुरु योजना तयार पार्दै सरकार

मन्त्री गुरुङले‍ शहर व्यवस्थित बनाउने भनेर घरहरूलाई भत्काउन सक्ने अवस्था नभए पनि सरकारले बनाएको गुरु योजनाले व्यवस्थित बनाउन र बेथिति हटाउन सहयोग गर्ने बताइन्।

ललिता निवास प्रकरणमा थप दुई पूर्वकर्मचारी पक्राउ

पक्राउ परेका दुवै जनामाथि मन्त्रिपरिषद्को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ।

सरकारले हेलिकप्टर दुर्घटना छानबिनका लागि समिति बनाउने

पर्यटनमन्त्री सुदन किरातीले छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए।

एमालेले तत्काल सरकारमा जाने मनसाय राखेको छैनः ओली

कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रस्ट्याएका छन्।

जलविद्युत् आयोजनालाई ‘अलार्म’ : पर्याप्त अध्ययन र सम्भावित जोखिम मूल्यांकन नगरे डुब्नसक्छ अर्बौंको लगानी 

पर्याप्त अध्ययन र सम्भावित जोखिमको मूल्यांकन नगरी हतारमा जलविद्युत् आयोजना निर्माण गर्दा जलवायुजन्य प्रकोपका कारण बर्सेनि अर्बौं रुपैयाँको लगानी जोखिममा पर्दै गएको छ।

हेलिकप्टर दुर्घटना: चालकसहित सबै यात्रुको मृत्यु, शव काठमाडौँ ल्याउने तयारी

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित सबै यात्रुको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।

सांसद जयन्तीदेवी राईको प्रश्‍न– प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लाको बजेट सच्चिएर आयो कि आएन?

राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले अहिलेको बजेट आशावादी नरहेको र आवश्यकताअनुसार नआएको दाबी गरिन्।