AnonymousUser

Logout

राष्ट्रसंघले भन्यो– विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ 

स्वास्थ्य अधिकारीहरूले जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन्। 

मलमास/अधिक मास : दैवी रहस्यको विषय होइन

अधिक मास मानव पात्रो र मौसमी पात्रोबीचको समायोजन मात्र हो। अरू कुनै दैवी रहस्य यसमा जोडिएको छैन। यस याममा यसो गर्नुहुन्छ, उसो गर्नुहुन्न भन्नुमा कुनै तुक छैन।

लागुऔषध कारोबारमा बालिकाको प्रयोग

बालिकालाई गाँजा तस्करीमा प्रयोग गरेका पर्सा धोबीनी गाउँपालिका–५ का फैज उल्लाह शाहलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले बताए।

पहाडी भूभागमा वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ।

फोहोरमैलाका गाडीबाट शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

फोहोर बोक्ने गाडी प्रवेशमा शुल्क लिने निर्णय संविधानको धारा २२८ (२) र धारा २३६, फोहोरमैला व्यवस्थापन ऐन तथा स्थानीय सरकार सञ्चालन ऐनमा रहेका प्रावधानअनुकूल नदेखिएको अन्तरिम आदेशमा उल्लेख छ।

‘घाटाको बजेट बनाउने गरेकाले भुक्तानी सन्तुलन बिग्रियो’

भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले राजस्व र वैदेशिक ऋण प्रक्षेपणअनुसार आउन नसकेका कारण विकास आयोजनाको भुक्तानीमा झनै समस्या बढेर जाने अवस्था रहेको बताएका छन्।

देशभर २ हजार ९३० जनामा डेंगी संक्रमण, ८२ प्रतिशत संक्रमित १० जिल्लामा

महाशाखाका अनुसार असार २७ गते एक हजार ३३७ संक्रमण भएकोमा साउन १ गतेसम्म आइपुग्दा संख्या बढेर दुई हजार ९३० जनामा डेंगीको संक्रमण देखिएको छ।

ललिता निवास प्रकरणको बुधबार पनि सुनुवाइ हुने

सर्वोच्च अदालतले ललिता निवास प्रकरणसम्बन्धी ६ थान रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।

दुई दशक पुराना गाडी पत्रु गराउन व्यवसायीको अटेरी, विज्ञ भन्छन्– दुर्घटनाको जोखिम बढ्यो

२० वर्ष पुराना सवारीसाधन पत्रु गराउनुपर्ने बागमती सरकारको सूचनाविरुद्ध यातायात व्यवसायीहरू अदालत गएका छन्। वैज्ञानिक मापदण्ड तोकेर त्यसमा नपर्ने गाडी मात्र पत्रु गराउनुपर्ने उनीहरूको माग छ।

तस्करीको सुन बिक्रीमा संलग्न ५ जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तारेखमा छोड्ने आदेश दिएको छ।

लेखा परीक्षण नबुझाउने दललाई पत्राचार गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले लेखा परीक्षण गराई प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई जरिबानाको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ।

राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थियौँ : पूर्णबहादुर खड्का

उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताएका छन्।

लथालिंग प्रदेशः कार्यक्षमता नै कमजोर कि संघको वक्रदृष्टिको शिकार?

प्रदेशलाई आफ्नै प्रशासनिक इकाईका रूपमा हेर्ने काठमाडौँको सोच र मानसिकता नफेरिँदा संविधानप्रदत्त अधिकारसमेत प्रयोग गर्न नपाएका प्रदेश सरकारहरू क्रमशः कान्तिविहीन बन्दै गएका छन्।

कांग्रेस रूपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन

प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीमा देखिएको यथास्थितिले आगामी दिनमा आउन सक्ने चुनौतीको सामना गर्न नसक्ने बताए।

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

प्याकेज विक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन्।

कांग्रेसले एक वर्षमा ७ लाख सदस्य बनाउन ‘घर–घर जाऊँ पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरी पूर्णता दिइसक्ने कार्ययोजना पेस गर्दै एक वर्षभित्र ७ लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाइने बताए।

उडान ‘डिले’ भएपछि निगमले गठन गर्‍यो छानबिन समिति

जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो।

भौतिक पूर्वाधारमन्त्री भन्छन्– नागढुंगा–सिस्नेखोला सुरुङमार्ग एक वर्षभित्र सञ्चालनमा ल्याउँछौँ

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा भएका अवरोध हटाउन सहयोग गर्न आग्रह गरे।

कांग्रेस केन्द्रीय समितिको बैठक जारी [तस्वीरहरू]

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ। बैठकमा समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित लगायत १० वटा अजेन्डामा छलफल हुँदै छ।

१० हजार डलरसहित विदेशी नागरिक पक्राउ

नेपाल एयरलाइन्सको उडानमार्फत यूएई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई प्रहरीले पक्राउ गरेको हो।