AnonymousUser

Logout

तीन प्रतिशतसम्म घट्यो सार्वजनिक यातायातको भाडादर

नयाँ भाडादर लागू भए/नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन्।

बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितेर नेपाल फर्कियो महिला फुटबल टोली

प्रशिक्षक अनन्तराज थापाले साफको च्याम्पियन टोलीविरुद्ध आफ्नो टोलीले गरेको जुझारु प्रदर्शनले आगामी खेलमा नेपाली खेलाडीको आत्मबल बढाउने विश्वास व्यक्त गरे।

बैंककमा भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री साउदको वार्ता

बैंककमा भएको बिम्स्टेकका विदेशमन्त्रीहरूको दुई दिने बैठकका क्रममा भएको ‘साइडलाइन’ वार्ता उपलब्धिमूलक भएको दुवै पक्षले दाबी गरेका छन्।

निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा

नेपाल एयरलाइन्सको ग्राउन्डेड दुई न्यारोबडी जहाजमध्ये एउटा मर्मतपछि सोमबार साँझदेखि नियमित उडानमा आउने भएको छ।

सम्झौताअनुसार काम भइरहेको छ, फोहोर फ्याल्न रोक्नु राम्रो होइन : काठमाडौँ महानगर

काठमाडौँ महानगरले यस वर्ष फोहोर व्यवस्थापनमा समस्या हुँदैन भने पनि साउन लागेसँगै फोहोर रोकिन थालेको छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सोमबारदेखि ककनी र धुनीबेँसीका स्थानीयले अवरोध गरेका छन्।

प्रज्ञा प्रतिष्ठानमा पाँच दशक पुरानो शालिक अनावरण निवर्तमान कुलपतिबाट!

प्रज्ञा प्रतिष्ठानमा २०२७ सालमा राखिएको राजा महेन्द्रको शालिक दोस्रो जनआन्दोलनमा तोडफोड भएपछि ‘पुनर्निर्माण’का नाममा त्यसबेलाको ताम्रपत्र नै हटाइएको छ। नयाँमा शालिक मर्मतसम्बन्धी गलत सूचना राखिएको छ।

बिम्स्टेक : विदेशमन्त्रीहरूबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल

बिम्स्टेक सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरूबीच आपसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ।

सभापति चयन हुन नसक्दा संसदीय समितिका कामकारबाही प्रभावित

राजनीतिक दलहरूले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरिसकिएको नेताहरूले बताउँदै आए पनि हालसम्म संसदीय समितिले सभापति पाउन सकेको छैन।

सामाजिक सुरक्षा कोषको वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ प्रतिशत व्याज

सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताले लिने विशेष सापटीमा वार्षिक ८.६० प्रतिशत र  धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९.२५ प्रतिशत व्याज लाग्नेछ।

पारसको सन्यासपछि ‘सेट’ हुन नसकेको ब्याटिङ अर्डरः कसले धान्ला तेस्रो नम्बर?

पारस खड्काले १० ओडीआई खेल्दा आठ वटामा तेस्रो स्थानमा ब्याटिङ गरेका थिए। मन्टी देसाईले प्रशिक्षण सम्हाले यता पाँच ब्याटरलाई तेस्रो स्थानमा प्रयोग गरेका छन्। तर कोही पनि सफल भएका छैनन्।

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

जंगली च्याउ खाँदा लुंग्री गाउँपालिका–५ कालापोखराका आमा र दुई छोराको मृत्यु भएको छ। च्याउ खाएर बिरामी परेका लुंग्रीकै विभिन्न ठाउँका ११ जनाको अहिले पनि उपचार भइरहेको छ।

मेहेन्दी मौसम

चुरा, पोते र मेहेन्दीको मौसम

हिन्दु महिलाहरू साउन महिना शुरू भएपछि हातमा मेहेन्दी र गलामा हरियो पोते लगाउने गर्दछन्। भगवान् शिवको महिना मानेर शिवको आराधना गरिने साउन महिनाभर हातमा मेहेन्दी लगाउनुका साथै विवाहित महिलाहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँदछन् भने अविवाहितहरूले हरियो र पहेँलो चुरा लगाउने गर्दछन्। विवाहित महिलाले हरियो–पहेँलो पोते र मेहेन्दी लगायो भने श्रीमान‍्को दीर्घायु हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। यसैगरी अविवाहितहरूले भने शिवजस्तै पति पाऊँ भनेर साउनको सोमबार व्रत बस्ने गर्दछन्। महिलाहरूमा मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भन्ने जनविश्वास पनि रहिआएको छ। काठमाडौँ न्युरोडकाे विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेका पोते पसलमा महिलाहरूको भिड लाग्ने गर्दछ। सडक छेउछाउ मेहेन्दी लगाइदिनेहरू भेटिन्छन्। तस्वीर : फोटो लाइब्रेरी

नेपालको राष्ट्रिय टोली भारत 'ए'सँग डे नाइट क्रिकेट खेल्दै

इमर्जिङ कपमा भारत 'ए'विरुद्ध मैदान उत्रिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाँचौँपटक डे नाइट क्रिकेटको अनुभव लिँदैछ। तर यो खेललाई ओडीआई मान्यता छैन।

बञ्चरेडाँडामा फोहोर फ्याल्न स्थानीयको अवरोध

फोहोर र मान्छे एकै ठाउँ बस्न नसक्ने भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीयले फोहोर बोकेर बञ्चरेडाँडातर्फ गएका गाडीलाई अवरोध गरेका छन्।

कञ्चनपुरमा बिनाअनुमति मेडिकल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दायर

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनधिकृतरुपमा मेडिकल पसल हटाउने अभियान चलाएको छ। प्रहरीले एक महिनामा अवैध पसल चलाउने १५ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ।

रास्वपाको आगामी दस्ताबेज: लोककल्याणकारी राज्यमा जोड

विचार र सेवामा रोज्नुपर्दा हामी पहिला सेवा नै रोज्छौँ। तर त्यो सेवा चाहिँ हाम्रो स्वच्छ विचारधाराले नै 'ड्राइभ' गर्नेछ। विचार र सेवाबीचको सामञ्जस्य हुनु आवश्यक छ।

सोमबार अधिकांश स्थानमा पानी पर्ने, बागमती, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

सोमबार दिउँसो बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्छ।

केही नेपाल ऐन संशोधन विधेयक सर्वसम्मतिले पारित

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएसँगै मिटरब्याज पीडितले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ।

भुटानी शरणार्थी प्रकरण : अदालतबाट धरौटीमा छुटेका केशव तुलाधर पुनः पक्राउ

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।

एकै महिनामा सरकारले सक्यो २५० अर्ब, भुक्तानी रोक्नुपर्ने असार अन्तिम साता मात्र ५५ अर्ब खर्च

आर्थिक वर्ष सकिनुभन्दा कम्तीमा ७ दिन अगावै खर्चको भुक्तानी दिइसक्नुपर्छ। त्यसपछि निकासा बन्द गर्नुपर्ने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई अर्थ मन्त्रालयले नै मिच्दै आएको छ।