उच्च अदालत पाटनले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। तर काठमाडौँ महानगरले बुधबार दिउँसो नै भवनमा डोजर चलाएको थियो।
विभिन्न अभियोगमा जेलमा रहेका नेतादेखि राजनीतिको आवरणमा हिंसात्मक गतिविधि गरेकाहरूलाई उन्मुक्ति दिन यस्तो विधेयक ल्याइएको, यसले विधिको शासन नै भताभुंग पार्ने सरोकारवालाहरू बताउँछन्।
कुकुरको दिसाका कारण सडक फोहोर हुने समस्याको समाधानका लागि फ्रान्सको बेजिये नगरले अनिवार्य रूपमा 'पेट पासपोर्ट' बनाउनुपर्ने नियम लगाएको छ। पासपोर्ट बनाउन तीन महिनाको समय दिइएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्ने सोलुखुम्बुको कोङ्दे हिमालको आधार शिविर सगरमाथालगायत हिमाल हेर्ने सबभन्दा नजिकको ठाउँ हो। यही ठाउँको सरकारी जग्गा कसरी व्यक्तिको नाममा दर्ता गरेर रिसोर्ट खोलियो?
बूढीगण्डकीलाई धादिङको मलेखुस्थित पृथ्वीराजमार्गबाट २ किमि पश्चिममा २६३ मिटर अग्लो बाँध निर्माण गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। त्यसबाट फेवातालभन्दा १६ गुणा ठूलो ताल बन्नेछ।
जारी प्रतियोगिता नेपालको यो पहिलो जित हो। नेपाल यसअघि पाकिस्तान ए सँग ४ र भारतसँग ९ विकेटले पराजित भएको थियो। यूएई भने प्रतियोगितामा जितविहीन भएको छ।
हरेक संसदीय क्षेत्रमा ५ करोड रुपैयाँ दिने पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगराउन माग गर्दै पेश भएको रिट सर्वोच्चमा बुधबार दर्ता भएको छ। रिटको पेसी बिहीबार छ।
अहिले तपाईं जुनसुकै सामाजिक सञ्जालमा हेर्नुस्, बार्बी र ओप्पेन्हाइमरको विषयमा बनाइएका मिम ‘इन्टरनेट कल्चर’को केन्द्रमा छन्, यसरी बार्बेनहाइमर ‘इन्टरनेट्भर्स’को बहुप्रतिक्षित इभेन्ट हुन पुगेकोछ।
गत वर्ष गरेको सहमति कार्यान्वयनको माग गर्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न साउन १ गतेदेखि अवरोध गरिरहेका छन्।
यूएस फोर्सेस कोरियाले घटनाको अनुसन्धान गरिरहेको छ। सिमाना पार गरेपछि ती सैनिकसँग कुनै सम्पर्क नभएको बताइएको छ।
नेपालका लेग स्पिनर कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४० रन खर्चिए।
बालेनको लोकप्रियताले रकेटको गति लिइरहँदा उपचुनावताका देखिएको रविको लोकप्रियता थिग्रिँदै गएको सुनिन्छ। कथित सामाजिक सञ्जालले लिफ्टमा माथि उकाल्छ, झार्दा लिफ्ट/भर्याङ देख्दैन, खुर्मुर्याइदिन्छ।
सिनामंगल पुल नजिक खोटाङ हलेसी ज्वलेर्स अगाडि भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।
सावित्राले इजरायलको क्लब हापोएल रानानाबाट खेल्ने पक्का भएको छ। हापोएलले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको हो।
कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्ति विकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रसलगायत स्वास्थ्यसँग सम्बन्धित संस्थाको भूमिकाबारे स्पष्ट पारिएको छ।
मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ।
लगातार दुई खेलमा हार बेहोरेका कारण दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ।
मतदाता नामावली संकलन र अद्यावधिक, मतदान स्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान तथा निर्वाचन सामग्री व्यवस्थापनका लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने आयोगको तयारी छ।
नेपालमा बाह्रै महिना सस्तो दरमा जलविद्युत् उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको मन्त्री महतको भनाइ छ।
पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएर ओली कम्बोडिया गएका हुन्।