जुममार्फत आयोजना गरिएको साधारणसभामा ८० जनाको उपस्थिति थियो। तर, त्यसमध्ये ३४ सदस्य मात्रै आधिकारिक रहेको एन्फाका एक पदाधिकारीले बताए।
च्याम्पियनसिपमा भारत, बंगलादेश र नेपाल गरी तीन राष्ट्रका खेलाडीले खेल्नेछन्।
थुनछेक बहस सकिएपछि न्यायाधीश भोलानाथ ढकालको इजलासले यस्ताे आदेश दिएको हो।
आइतबार नेप्से १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा पुगेकाे छ।
भिक्षुका सम्पूर्ण कृति कथालयकै विभाग 'वी रिड' प्रकाशनबाट छाप्ने गरी उनका परिवारसँग सम्झौता भइसकेको कथालयका सह-संस्थापक तथा निर्देशक राजीवधर जोशीले बताए।
श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो।
दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्री दाहालले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने उनकाे भनाइ छ।
सरकारले आफूहरूलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गर्नुपर्ने सशस्त्र द्वन्द्वका घाइतेहरूको माग छ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आइतबार एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलबाट जवाफी बहस हुनेछ।
कोशी प्रदेशमा सत्तापक्षले प्रदेशसभाको ठूलो पार्टीलाई निषेध गरी संविधान मिचेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्।
सिंहदरबारमा भएको छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने तथा विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरुरी रहेको बताएका थिए।
गोरखपुरबाट ६ हजार लिटर पेट्रोल ल्याएर पोखरामा पेट्रोल पम्प शुरू भएको थियो। त्यसबेला पेट्रोलको मूल्य दुई रुपैयाँ प्रतिलिटर थियो। मट्टीतेल त २३५ रुपैयाँमा एक ड्रम नै आउँथ्यो।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङलले आइतबार कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरेका हुन्।
मृत्यु हुनेमा धेरैजसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा छन्। सडकसमेत क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ।
आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाको भनाइ छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार प्रतिकिलो ३०० रहेको डल्ले च्याउ आइतबार ३५० रुपैयाँ पुगेको छ। यस्तै, प्रतिकिलो ४०० रुपैयाँ रहेको कुरिलो आइतबार ४५० रुपैयाँ तोकिएको छ।
गत वर्ष विश्वकपको समूह चरणमा जापानसँग नै हारेर बाहिरिएको चार पटकको विश्व च्याम्पियनले पछिल्ला १७ अन्तर्राष्ट्रिय खेलमध्ये चार खेल मात्र जितेको छ।
तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुनेछ।
मूल्य बढे पनि यस वर्ष फूल लाग्ने समयमा खडेरी लागेको, असिना परेको र कतिपय ठाउँमा अज्ञात रोगले अलैँची मरेका कारण उत्पादनमा भने ह्रास आउने कृषकको भनाइ छ।
अत्यधिक जीवाश्म इन्धन प्रयोग गर्ने, जमिनलाई प्लास्टिकमय बनाउने, बढीभन्दा बढी नदीको पानीमा रसायन र विषादी पठाउने, जमिनलाई कंक्रिटमय बनाउने कृत्यमा पुँजीपतिहरूकै कहालीलाग्दो 'नाफा'को भोक जिम्मेवार छ।