AnonymousUser

Logout

जी–२० सम्मेलन : विश्वले के पायो, नेपाललाई के फाइदा?

सेनाका लडाकु विमानदेखि ४० हजार सुरक्षाकर्मीले दिल्लीमा पहरा दिइरहेका छन्। पाहुनालाई खाना खुवाउन सुनचाँदीका भाँडा प्रयोग गरिने बताइएको छ। यति तामझामका साथ सम्मेलन हुन गइरहेको जी-२० के हो त?

भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग, कानुन परिमार्जन गर्ने तयारी

निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी गर्न सकिएमा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने जनाउँदै आयोगले बैंक खाताको विवरण, खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।

विश्वकप छनोट: ब्राजिल र उरुग्वेको विजयी शुरूआत

ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २/२ तथा राफिन्हाले १ गोल गरे।

बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिग क्षेत्र

निसीखोला गाउँपालिका–६ मा रहेको रिग क्षेत्र आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ। तालमा फोटो, भिडियो खिच्ने र त्यस वरपरको दृश्यावलोकन गर्नेको भीड लाग्ने गरेको छ।

कृषि पर्यटन: जाग्ने र लाग्ने हो भने गजब हुन्छ

कृषि पर्यटनलाई हामीले प्रवर्द्धन र प्रचार गर्ने हो भने हाम्रा पुराना परिकार र सत्कार पनि ब्युँतिनेछन्। खेतीपातीलाई बेकाम ठानेर विदेश जानेहरू पनि बिस्तारै देश फर्किनेछन्।

दाङबाट फर्किँदै गरेको बस बाँकेमा दुर्घटना: बर्दियाका ७ जनाको मृत्यु, २९ घाइते

सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि  मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान सरकार एक महिना नभई चार वर्ष सञ्चालन हुने दाबी गरेका छन्।

सम्पत्ति शुद्धीकरणबारे एपीजीको निष्कर्ष : नेपालमा भ्रष्टाचार र राजस्व छली प्रमुख चुनौती

एपीजीले नेपालमा हुने वित्तीय अपराधको अवस्था र तिनलाई नियन्त्रण गर्ने पद्धति, संयन्त्र र कामको आधारमा तयार पारेको मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। जसमा नेपालको अवस्था सन्तोषजनक देखिँदैन। 

उकालो साप्ताहिक ब्रिफिङ: ‘मेगा प्रोजेक्ट’तन्त्र, अदालतको कागज मोह

यो हप्ता अदालतले सन्दीप लामिछानेविरुद्धको मुद्दामा वादीको जन्ममितिसम्बन्धी अभिलेख झिकाउन दिएको आदेश, कृषि समिति सभापति आरजु देउवा राणाको बाँदरको संख्या घटाउने उपायसहित यी खबरले बनाए हेडलाइन।

साउनमै किन उठायो सरकारले आन्तरिक ऋण? विज्ञ भन्छन्– वित्तिय संकटको संकेत

अघिल्ला वर्षहरूमा आन्तरिक ऋण यसपालि साउनबाटै उठाउनुलाई सरकारले सस्तो ब्याजदरको मौका र नगद प्रवाहमा समस्या आउन नदिने उपाय भने पनि अर्थ विश्लेषकहरूले यसलाई वित्तीय संकटको संकेत मानेका छन्।

कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा शुक्रबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ।

बजेट अभावले महाकाली पुल निर्माणको अवधि लम्बिँदै

महाकाली पुल योजना कार्यालयका प्रमुख महेन्द्रबहादुर गुरुङले पुल निर्माण कम्पनीलाई बजेट अभावका कारण गरिसकेको कामको समेत रकम भुक्तानी दिन नसकिएको बताए।

प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय होः सञ्चारमन्त्री

प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय भएको र यसमा धेरै चर्चा गर्न आवश्यक नभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भनाइ छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र साढे ४ अर्बको खानेपानी आयोजना संकटमा पार्ने यो हद्‍को लापरबाही

पोखराको कोलपाटनमा बनिरहेको खानेपानी ट्यांकी नभत्काए नवनिर्मित विमानस्थल नै धरापमा पर्ने, भत्काए पौने अर्ब राज्यकोषबाट पुर्ताल गर्नुपर्ने अवस्था कसरी आयो? सरकारी निकायहरूको लापरबाही र अराजकताको चिरफार:

शिक्षा समितिले चिकित्सा शिक्षा क्षेत्रका समस्या अध्ययन गर्न कार्यदल बनाउने

समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याको अध्ययन गर्दै सरोकारवालासँग छलफल गर्न र समाधानका उपायहरू खोज्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको जानकारी गराए।

निजामती कर्मचारीले सोच, शैली र तौरतरिकामा सुधार गर्नुपर्नेछ : मुख्यसचिव अर्याल 

संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको पनि उनले बताए।

आरती साह प्रकरण : सरकारलाई मृत घोषित गर्दै ११ जनाले गरे कपाल मुण्डन (तस्वीरसहित)

धर्ना बसेको ८५ दिन पुग्दा पनि घटनाकाे छानबिन गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले विराेधस्वरूप कपाल मुण्डन गरेका हुन्।

आईटी क्षेत्रमा लगानी भित्र्याउन शिखर सम्मेलन गर्ने अर्थमन्त्री महतको घोषणा

अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानी नेपालमा भित्र्याउने गरी ‘लगानी समिट’ आयोजना गर्ने लागिएको बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।