एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्वमहासचिव इन्द्रमान तुलाधारसहित लिग खेल्ने क्लब, जिल्ला र केन्द्रीय सदस्यहरूले अविश्वासको प्रस्ताव पेश गरेका हुन्। प्रस्तावमा ४८ जनाको हस्ताक्षर छ।
डब्लूएचओ दक्षिणपूर्वी एशिया निर्देशकका लागि हुने निर्वाचनमा नेपालका डा. शम्भु आचार्यसँगै बंगलादेशकी सायमा वाजिद प्रतिस्पर्धामा छन्। को हुन् डब्लूएचओ दक्षिणपूर्वको उच्च पदमा पुग्न चाहिरहेका डा. आचार्य?
मुगु राष्ट्रिय प्रसारण लाइनमा जोडीएसँगै ७७ वटा मध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ।अब हुम्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ।
सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी जिल्ला आउजाउ गर्न सडक सजिलो भयो। गाईघाटबाट खोटाङ पनि जोडिएपछि कटारी बिस्तारै टोले बजारमा परिणत भयो।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा सोमबार बिहान नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका हुन्।
काठमाडौँका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
विश्वकप विजेतासहित ८१ खेलाडीले रुबियालेस आफ्नो स्थानमा रहेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने बताएका थिए।
राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने गाडी रोकिएका छन्। पहिरोसँगै ठूलो ढंगा खसेका कारण पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।
स्थानीयको श्रमदानबाट खोला वारपार गर्न काठको अस्थायी पुल बनाइएको छ। भवनमा बाढी पसेपछि बन्द भएको जनशान्ति माविको पठनपाठन १० दिनपछि सुचारु भएको छ।
विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ।
६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरोकप २०२४ का लागि छनोट हुनेछन्।
अहिले त कूटनीतिक अराजकता पनि देखिन थाल्यो। चुच्चे नक्साको चर्चित विवादमा वर्तमान र पूर्वपरराष्ट्रमन्त्री परस्पर विरोधी 'स्टेटमेन्ट' दिइराखेका छन्।
लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भूभागको मौसम सामान्यतया बदली रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
हालसम्म निर्माणाधीन तीन वटा सुरुङमार्गहरूको जम्मा लम्बाई ६.४१५ किलोमिटरमध्ये २.६६७ किलोमिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको आयाेजनाले जनाएकाे छ।
स्थानीय तहले सवारीसाधनमा जथाभावी लिँदै आएको पटके कर तत्काल खारेज गनुपर्ने लगायत महासंघले विभिन्न माग राखेकाे छ।
कांग्रेस सभापति देउवाले बीपीका साहित्यिक कृतिको पनि चर्चा गर्दै श्वेतभैरवी कथासंग्रह पढेर त्यसको पात्रमाथि बीपीसँग भएको संवाद पनि सम्झिए।
प्रदेशसभा सदस्य हाङगामले जिल्लाका डीएसपी राजन लिम्बूलाई सार्वजनिक कार्यक्रममै ज्यान मार्ने धम्की दिएका हुन्। घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ।
उनले कम्युनिस्टहरू विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिस्टहरू आवश्यक पर्दा एकजुट हुने पनि बताए।
सबैभन्दा पहिला स्थानीय निकायमा घरेलु महिला श्रमिकहरूलाई सूचीकृत गर्नुपर्ने उनीहरूकाे भनाइ छ।
स्थानीय तह निर्वाचन भएको करिब १५ महिनामा प्रमुख, उपप्रमुख र वडाध्यक्षसहित २० पद रिक्त भए पनि उपनिर्वाचन गराउन सरकारले चासो दिएको छैन।