सुतिरहेको समयमा भूकम्प गएपछि स्थानीय मध्यरातमा घर छाडेर भागेका थिए। अधिकांश पीडितहरू घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।
बागमती, गण्डकी र कर्णालीका केहीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिमको एक–दुई स्थान भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकता, सद्भाव र सहिष्णुताको मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै पनि खेल नेपालमा फस्टाउन, बढ्न दिन नहुने बताए।
महिला उद्यमीहरूले कोभिड र आर्थिक मन्दीका कारण साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूले बजार पाउन नसकिरहेको भन्दै सरकारले विदेश निर्यात गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताएका छन्।
हामी जति नै रोइकराइ गरौं, नेपालको ‘ब्रेन–ड्रेन’ रोकिनेवाला छैन। जुन दिन तपाईंहामी सबै मिलेर यो देशलाई भौतिक रूपमा नभए पनि अध्यात्मिक रूपमा समृद्ध पार्न सक्छौँ, त्यही दिन समाजको पुनर्जागरण शुरू हुनेछ।
कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक भइसकेको आरोप लगाउँदै अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन्।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समय आफ्नो देश बनेन भनेर अरूको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
पाटनको पतक्व टोलस्थित हरिशंकर मन्दिरसँगैको सत्तलमा ६ पुस्तादेखि कपाली परिवार बसिरहेको थियो। सत्तल जीर्ण बनेपछि उनीहरू डेरामा सरेर त्यहाँ घरायसी सामग्री मात्र राखिएको थियो।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सारा विरोधीहरू एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए।
सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीको टोलीले विमानस्थल भन्सारका अधिकृतसहित तीन जनालाई पक्राउ गरेको छ।
सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
खसी काटेर भाग लगाएको मासु बेच्दै हुनुहुन्थ्यो कुमार नगरकोटी। बोलाएँ। नगरकोटीले सुन्नु भएन। मासु लिने लाइनमा थिए लेखक सुविन भट्टराई, बुद्धिसागर, अमर न्यौपाने, घिमिरे युवराज।
कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनै छलफल नभएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।
सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो।
कोशीमा पुनः निर्वाचन भए अहिलेभन्दा दोब्बर बढी सिट ल्याउने अध्यक्ष नेपालको दाबी छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार जी–२० शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी संघका अध्यक्ष अजाली असुमानीलाई नयाँ सदस्यका रूपमा स्वागत गरे।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट साँझ ७ बजे नै हात्तीको बथान धानखेतमा छिर्ने बिहान मात्रै फर्कने गरेका छन्।
भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन्। उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायत गतिविधिमा सामेल भएका थिए।
पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनीको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेश प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको छ।