AnonymousUser

Logout

अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो अरबी महिला बनिन् रायना बर्नावी

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा १० दिन बताउँदा स्टेम सेल र स्तन क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने योजना बायोमेडिकल वैज्ञानिकसमेत रहेकी रायना बर्नावीको छ।

कोशी र मधेश प्रदेशका केही भूभागमा हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले कोशीका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

काठमाडौँ उपत्यकाका सम्पदा घुम्न बस सञ्चालन गर्दै पर्यटन बोर्ड

ललितपुर महानगरपालिकाबाट शुरू हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन गर्ने छ। 

दुई महिना लामो अनुसन्धानपछि ३० जनालाई ५ कसुरमा मुद्दा चलाउनुपर्ने दाबीसहित प्रहरीले प्रतिवेदन बुझायो

प्रतिवादीहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो असुल गर्नुपर्ने राय प्रहरीको प्रतिवेदनमा उल्लेख छ। ११३ जनाले दिएको २२ वटा जाहेरीमा उल्लेख भएअनुसार प्रहरीले बिगो दाबीको हिसाब निकालेको हो।

आफ्नो भूमिमा घुसपैठ गरेको रुसको आरोप युक्रेनद्वारा अस्वीकार 

युक्रेनले यसअघि पनि रुसको भूभागमा भएको कैयौँ तोडफोड तथा आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।

अनावश्यक सरकारी निकाय खारेजीः पाँच वर्षदेखि निर्णय र घोषणा जारी, प्रगति शून्य

२०७५ सालमै सार्वजनिक खर्च पुनरावलोकन आयोगले खारेजीको सिफारिस गरेयता एक दर्जन निकायहरूमा सरकारले ४५ अर्ब भन्दा बढी बजेट खर्च गरेको आयोगका अध्यक्ष खनाल बताउँछन् ।

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीह‍रूले लिए शपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले सोमबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

फ्रेन्ड्स आर्मीसँग पराजित, चर्च ब्वाइज र हिमालयन शेर्पाले अंक बाँडे

‘ए’ डिभिजन लिगमा आर्मीले फ्रेन्ड्स क्लबलाई पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पासँग बराबरी खेलेको छ।

व्यापारिक भवन बनाउन बिर्तामोडमा डोजर लगाएर खाली गराइयो हटिया

बिर्तामोड–५ स्थित बुधबारे हटियाका टहरालगायतका पुराना संरचना हटाएर नगरपालिकाले बहुतले बहुउद्देश्यीय व्यापारिक भवन बनाउने योजना अघि सारेको छ।

काभा भलिबल : नेपाल र भारतको विजयी शुरूआत

काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल र भारतले विजयी शुरूआत गरेका छन्।

सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : ओली

एमाले अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिमा विविधतायुक्त नेपालले सामाजिक सद्भावसहितको राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

दबंग मञ्जुको मनमौजी

२०७४ सालको चुनावअघि समानुपातिक सूचीमा आफ्नो नाम पुछारतिर परेपछि मञ्जुले बालुवाटारमै बबण्डर मच्चाएकी थिइन्। त्यसको पाँच वर्षपछि संसद् छिरेरै छाडेकी उनी नक्कली शरणार्थी प्रकरणले 'चर्चा'मा आइन्।

नेप्से ८.१० अंकले बढ्यो, १ अर्ब २७ करोडको कारोबार

सोमबार कारोबारमा आएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ।

नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ सांसद नै छैनन् विश्वस्त

राष्ट्रियसभाको बैठकमा सत्तारुढ दलका सांसदहरूले नै सरकारले जारी गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकिने अभिव्यक्ति दिएका छन्।

रातारात डोजर लगाएर पुरिँदैछ फेवातालको सिमसार

साँझ पर्नासाथ दर्जनौँ टिपरमा माटो ओसारेर ताल छेउको होँचो जमिन उकास्ने र सम्याउने काम भइरहेको छ। हुँदै नभएको कित्ता नम्बर राखिएको जग्गा सम्याउन महानगरले दिएको अनुमतिपत्रको वैधतामाथि नै प्रश्न उठेको छ।

क्यानले गर्‍यो आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

जिम्बाबेमा आगामी महिना हुने आईसीसी वर्ल्ड कप छनोट खेलका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ।

सम्पत्ति शुद्धीकरण ऐनसम्बन्धी संशोधन विधेयक चालु अधिवेशनबाटै टुंग्याउन सांसदहरूको जोड

सांसदहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐनलाई संशोधन गर्ने बनेको विधेयकलाई संघीय संसद्को चालु अधिवेशनबाटै टुंग्याउन जोड दिएका छन्।

नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द उल्लेख भएकोप्रति योगेश भट्टराईको आपत्ति

सांसद भट्टराईले हालसम्म सरकारी दस्ताबेजमा उल्लेख नभएको ‘जनयुद्ध’ शब्द यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको भन्दै असन्तुष्टि जनाए।

नक्कली शरणार्थी प्रकरण : प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझायो अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।