कांग्रेस कार्यकर्ताले शुक्रबार बिहानैदेखि सदरमुकाममा प्रदर्शन शुरू गरेका थिए। दिउँसो प्रदर्शन अराजक बनेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले जानकारी दिए।
बिहीबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँ कायम भएको थियो।
कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुने गरेका छन्।
‘फेरि, क्रिकेटमा कालो बादल मडार्ने प्रयास भइरहेको छ। हामीले त्यो देखेका छौँ, तर किमार्थ हुन दिँदैनौँ। हामी मजबुत भएपछि चतुरजी क्यानको अध्यक्ष पुन: निर्वाचित हुनेमा ढुक्क भएर हिँड्नुभएको छ।’
चेपाङ जातिलाई प्रकृति पूजकका रूपमा पनि चिनिन्छ। उनीहरू सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन्।
लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक बिहीबारको मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको थियो।
मलेसियाको बांगीमा जितका लागि १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भयो।
साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।
यस खेलको विजेता टोली आगामी वर्ष हुने आईसीसी महिला ग्लोबल टी–२० छनोट खेल्न पाउनेछ।
कावासोती नगरपालिका–३ र ४ जोड्ने पुल २०७७ असारमा निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दासमेत पूरा भएको छैन।
२०१३ भदौ २२ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउने चलन छ।
घरेलु मैदान पार्क डेस प्रिन्समा केलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्सलाई जित दिलाउन औरेलियन टिचौमेनी र मार्कोस थुरामले गोल गरे।
वडाध्यक्ष मुकुन्द रिजाललाई शरीरमा अक्सिजन कम भएको शुरूमा महसुस भएन, सायद। भर्ना भइसकेपछि अक्सिजनको आवश्यकता बढ्न थाल्यो। अनि, एक्स-रे गर्दा निमोनिया भएको देखियो। त्यो भाइरल निमोनिया थियो।
नेपाल चेपाङ संघको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ।
वर्षा जारी रहेका कारण मेची, विरिङ, निन्दालगायत अन्य साना खोलामा आकस्मिक बाढी आउनसक्ने र होचा भूभागमा डुबानसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
‘समिट अपार्टमेन्ट’ प्रकरणबाट ललितपुरको बखुण्डोलबासी चार महिनायता बेचैन छन्। काठमाडौँको लाजिम्पाट भित्रका बासिन्दा अर्को त्यस्तै प्रकरण दोहोरिने त्रासमा छन्।
सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले विवरण पेश गर्नका लागि विभागले दिएको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको बताए।
मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत प्रक्रिया नै असंवैधानिक रहेको ठहर गर्दै उनलाई पदमुक्त गरेको छ।
फरार अभियुक्त वा अदालतबाटै दोषी ठहर भएर फरार रहेकाहरूबारे राज्य संयन्त्रले अभिलेख नराख्दा वा राखिएको अभिलेख जाँच नगर्दा त्यस्ता व्यक्ति उम्मेदवार बन्ने र 'माननीय'समेत हुने गरेका छन्।