AnonymousUser

Logout

थुनछेक बहसमा न्यायाधीशको प्रश्न– ‘फाइल हेरफेर तत्कालीन गृहमन्त्री र गृहसचिवले मात्रै गरे कि अरूले पनि सघाए?’

अदालतमा कसुर इन्कार गरेका अभियुक्तहरूको प्रतिरक्षामा पूर्व महान्याधिवक्ताहरू सहितका दर्जनौँ कानून व्यवसायीले बहस गर्ने छन्। अदालतले दुवै पक्षबाट ९ दिन लामो बहस सुनेर जेठ ३१ गते थुनछेकको आदेश गर्नेछ। 

‘क्रसबोर्डर डिजिटल पेमेन्ट’ सम्झौताले नेपाल–भारतबीच भुक्तानीमा सहजता आउँछ: गभर्नर

गभर्नर महाप्रसाद अधिकारीले ‘क्रसबोर्डर डिजिटल पेमेन्ट’ सम्झौताले नेपाल र भारतबीच हुने भुक्तानीलाई सहज बनाउने बताएका छन्।

ए डिभिजन लिग : फ्रेन्ड्सलाई रेलिगेसनको दबाब यथावत्

‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीसँग बराबरीमा रोकिएपछि फ्रेन्ड्सलाई रेलिगेसनको दबाब थपिएको छ।

खाद्य अभावको ‘हटस्पट’ बन्ने जोखिममा पाकिस्तान र अफगानिस्तान

आर्थिक एवं राजनीतिक संकट गहिरिँदै जाँदा पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको ‘हटस्पट’ बन्ने जोखिम बढेको एफएओ र डब्ल्यूएफपीको चेतावनी छ।

लुम्बिनी प्रदेशको कृषि अनुदानः स्मार्ट कृषि गाउँमा छैन उत्पादन, चल्दैनन् शीतभण्डार

कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन लुम्बिनी सरकारले वितरण गरेको अनुदान लिनेहरूले कृषि नै छाडेपछि अर्बौं लगानी उपलब्धि शून्य बनेको छ। अनुदानमै बनेर उपयोगविहीन बनेका शीतभण्डारमा कतै त च्याउखेती गरिएको छ।

लुम्बिनी प्रदेशको अनुदानः स्मार्ट कृषि गाउँमा छैन उत्पादन, चल्दैनन् शीतभण्डार

कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन लुम्बिनी सरकारले वितरण गरेको अनुदान लिनेहरूले कृषि नै छाडेपछि अर्बौं लगानी उपलब्धि शून्य बनेको छ। अनुदानमै बनेर उपयोगबिहीन बनेका शीतभण्डारमा कतै त च्याउखेती गरिएको छ।

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको सोमबार पेसी

गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

खुमलटारविरुद्ध जितपछि संकटाको रेलिगेसनबाट जोगिने सम्भावना बलियो

संकटा क्लबले ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ। दुई खेल बाँकी रहँदा संकटाले ३० अंक जोडेको छ।

दलित आयोगः दलको छानो, दलितलाई बिरानो

दलित समुदायको मानवअधिकार संरक्षण र सशक्तीकरणका लागि गठन भएको ‘राष्ट्रिय दलित आयोग’ २२ वर्षदेखि दलीय कार्यकर्ता भर्तीकेन्द्रमै सीमित हुँदा दलित समुदायमा निराशा छाएको छ।

सांसद भन्छन् : नागरिकता विधेयक प्रमाणीकरणमा त्रुटि भयो, खारेज गरी पुनः संसद्मा दर्ता गर्नुपर्छ

सांसदहरूले नागरिकता विधेयक प्रमाणीकरण प्रक्रियामा त्रुटि भएकाले त्यसलाई खारेज गरेर पुनः संसद्मा दर्ता गर्नुपर्ने बताएका छन्।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

मुर्रा राँगाबारे कृषि मन्त्रालयको स्पष्टोक्ति : भैँसीको नस्ल सुधारमार्फत दूध उत्पादनमा वृद्धि गराउने लक्ष्य

कृषि मन्त्रालयले कृत्रिम गर्भाधानमार्फत भैँसीको नस्ल सुधार गरी दूध उत्पादनमा वृद्धि गराउने लक्ष्यअनुरूप भारतबाट राँगा ल्याउन लागिएको जनाएको छ।

रियलबाट बाहिरिए बेन्जेमा

करिम बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन्।

प्रतिनिधिसभाको बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर आइतबार १ घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएको जनाएका छन्।

रास्वपा सांसद श्रेष्ठले दर्ता गरे डेंगु नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रतिनिधिसभामा डेंगु नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका छन्।

देशको समग्र हितरक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितरक्षापछि मात्रै संसद्मा भएको अवरोध हट्ने बताएका छन्।

नागरिकता ऐन स्वार्थले ल्याइएको हो, हामी यसको घोर विरोध गर्छौं : सन्तोष परियार

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन्।

घरेलु प्रतियोगिता शून्य, लक्ष्य विश्वकपको

एन्फाले आगामी चार वर्षभित्र महिला फुटबलको विश्वकप खेल्ने लक्ष्य राखेको छ, तर त्यसअनुसार कार्ययोजना छैन। महिला फुटबल घरेलु प्रतियोगिताबिहीन छ भने, दुई वर्षदेखि राष्ट्रिय लिग हुन सकेको छैन।

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले लिइन् शपथ

नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको सपथ लिएकी छन्।

पुँजीगत लाभकर नै अन्तिम कर हुने सहमति

शेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले दाखिला गरेको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने राजस्व व्यवस्थापन महाशाखाले जनाएको छ।