श्रीलंकालाई अन्तिम २ बलमा जितको लागि ६ रन चाहिएको थियो। चरिथ असंलकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा २ रन बटुल्दै रोमाञ्चक जित दिलाए।
चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा भएका सडक अनुशासन उल्लंघनकाे तथ्यांक हाे याे।
बसकाे ब्रेक फेल हुँदा दुर्घटना भएकाे हाे।
घटनास्थलबाट नेपाली शान्तिसेनाको गार्ड युनिटको शिविर ११३ किलोमिटरको दूरीमा रहेकाले कुनै क्षति भएको छैन।
पुटिनले किमलाई अन्तरिक्षमा धेरैपटक भ्रमण गरेको अन्तरिक्ष सुटको पञ्जा पनि उपहार दिएका छन्।
डा. श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीको केन्द्रीय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाएका थिए।
पितृको सम्मान
दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगयामा भक्तजनको भीड लागेको छ। भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्छन् भन्ने धार्मिक विश्वास छ।
आर्थिक संकटका कारण एन्फाले 'बी' र 'सी' डिभिजन लिग गर्न सकेको छैन। 'ए' डिभिजन क्लबसमेतलाई लिग तयारीबापतको रकम अझै दिइएको छैन। तर कार्यसमिति सदस्यलाई भने अनेक बहानामा नियमविपरीत लाखौँ भत्ता बाँडिएको छ।
केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।
प्रधानमन्त्री दाहालले यसअघि घोषणा भएको पुरस्कार प्राविधिक र नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गरे।
नेपाल चिकित्सक संघकाे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले डाक्टरमाथि आक्रमण गर्नेलाई कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।
बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए।
दुवै बैठकमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। उनको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ।
दाल, सुपारी, मरिच, छोडा र पोस्तादानापछि अब तस्करीको पालोमा काजु परेको छ। काजु आयातमा तिर्नुपर्ने कर बढेपछि सरकारलाई राजस्वमा नोक्सानी र उपभोक्तालाई महँगो भइरहँदा तस्करलाई भने स्वादिलो बन्दै छ।
काठमाडाैँमा आयोजित 'विकसित नेपाल चीन सम्बन्ध चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्ताे सुझाव दिएका हुन्।
ग्रेट हिमालय ट्रेलअन्तर्गत नेपाली पदमार्ग भ्रमण पूरा गर्न करिब एक सय ५० दिन आवश्यक पर्ने विदेशी पर्यटकका पथप्रदर्शक सन्तोष तामाङ बताउँछन्।
डेर्नाका मेयर अब्दुलमेनम अल–घैथीले बताएअनुसार बाढीले क्षतिग्रस्त जिल्लाहरूको संख्याको आधारमा शहरमा मृत्यु हुनेको संख्या १८ हजार देखि २० हजारसम्म पुग्न सक्नेछ।
प्रारम्भिक उपचार गर्ने हेटौँडाको सञ्चो अस्पतालका दुई चिकित्सक कुटिएपछि पनि उजुरी नगर्न दबाब दिइएको थियो। तर नेपाल चिकित्सक संघले यस्ता घटनामा ‘मिलापत्र’ गर्न नहुने जनाएको छ।
पशुपति आर्यघाटमा नेम्वाङलाई छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन्। दागबत्ती दिएपछि नेपाली सेनाले शोक धुन बजाएको थियो ।
उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिएपछि सिमेन्टको क्लिंकरको उत्पादन अवरुद्ध भएको छ।