AnonymousUser

Logout

प्रधानमन्त्री दाहालको चीन भ्रमणः नेपालले चीनसमक्ष राख्न नसकेको सीमापार जलवायु मुद्दा 

चीनको तिब्बतमा रहेका हिमताल विस्फोटबाट नेपाल सधैँ उच्च जोखिममा रहे पनि क्षति न्यूनीकरणका लागि नेपालले द्विपक्षीय जलवायु सूचना आदानप्रदानका लागि पहल नै गरेको छैन।

क्यान अध्यक्ष चन्द भन्छन् – नेपाल टी–२० लिग गर्नु अपराध होइन

नेपाल टी–२० लिगलाई उत्कृष्ट बनाएको क्यान अध्यक्ष चतुरबहादुर चन्दको दाबी छ।

विद्यालय शिक्षा विधेयकमा मैले मात्रै हाल्ने संशोधन ७० भन्दा बढी छ: गगन थापा

कांग्रेस महामन्त्री थापाले सरकारले चाँडोभन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

साउदीमा दुई महिनामा ४७ नेपालीको मृत्यु, ७ जनाले गरे आत्महत्या

यस्तै, चार जना नेपाली श्रमिक साउदीका विभिन्न अस्पतालमा कोमामा रहेको पनि नेपाली दूतावासले जनाएकाे छ।

सुरक्षा परिषद्को सुधारमा ब्राजिल, जर्मनी र जापानको जोड, विश्वव्यापी चुनौती सामना गर्न नसकेको दाबी

विश्वले सामना गर्नुपरेका विविध चुनौतीको प्रभावकारी एवं समयमै सम्बोधन गर्न सुरक्षा परिषद् अक्षम भएकाले यसको व्यापक सुधार अपरिहार्य भएकामा उनीहरूको जोड छ।

४ डलरमा किनेको ‘पेन्टिङ’ १ लाख ९१ हजार डलरमा बिक्री

उक्त चित्रमा एक अनाथ केटीले आफूलाई पाल्ने आमासँग गरेको संघर्ष दर्साउँछ।  

नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँ: माधव नेपाल

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले दलहरूबीच आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने धारणा राखेका छन्।

‘फिफिया’ एप्समार्फत ११ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

काठमाडौँको टोखा बस्दै आएको २८ वर्षीय दादीकी शेर्पा राईले ‘फिफिया’ एप्समा फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।

एशियाली खेलकुद महाकुम्भ शनिबारदेखि: ४० खेलमा ४८१ प्रतिस्पर्धा हुने

४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालका २५३ जना खेलाडीले २९ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

चाडपर्व लक्षित बजारमा आर्थिक मन्दीको मारः व्यापार घट्ने अनुमानमा आधाले आयात कटौती

बहुसंख्यक नेपालीले मनाउने चाडपर्व तीजदेखि छठसम्मको व्यापारले वर्षभरि धानिने गरेका व्यापारीहरू यसवर्ष भने आर्थिक मन्दीको मार खेपिरहेका छन्। अघिल्लो वर्षको तुलनामा आधाजति आयात घटाएको उनीहरू बताउँछन्।

रहेनन् गणतन्त्रवादी नेता खेमराज भट्ट

२०४२ सालको बम काण्डपछि तत्कालीन सरकारले सम्पत्ति सर्वस्वहरण गरेपछि भट्टले १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए। 

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनु नेपालको मुख्य राजनीतिक मुद्दा: प्रधानमन्त्री

भूराजनीतिक प्रतिस्पर्धा, आर्थिक राष्ट्रवाद र शक्तिको उन्मादले गर्दा विश्वमा शान्ति सुरक्षा कायम गर्न चुनौती थपिएको बताउँदै दाहालले राष्ट्रसंघको वडापत्रमाथि नै समस्या उत्पन्न भएको टिप्पणी गरे।

बाँकेको बालसुधार गृहमा झडप: १ जनाको मृत्यु, ४ गम्भीर

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी छन्। झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको एसपी सन्तोष सिंह राठौरले जानकारी दिए। 

लोमान्थाङमा सामूहिक आलुखेती, बारीबाटै बिक्री हुन्छ आलु

लोमान्थाङमा उत्पादन भएको आलु जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौँसम्म पुग्ने हुने गरेको छ। व्यापारीले बरीमै आएर आलु खरिद गर्ने गरेका छन्। 

मूर्ति विसर्जनका क्रममा झडप भएपछि मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा

बिहीबार गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको थियो। झडपमा आधा दर्जन घाइते भएका छन्। 

शिक्षामा राजनीतिक हस्तक्षेप र व्यापारीकरण रोक्नुपर्छ भन्नुहुन्थ्यो बीपी

हरेक विश्वविद्यालयबाट आ–आफ्नो विषयको ज्ञान लिएर विद्यार्थीहरू निस्कँदा उनीहरूले आफ्नो पेटमा आगो लिएर आउनुपर्ने हो। विषयगत क्षेत्र परिवर्तन र विकास गर्ने हुटहुटी लिएर आउनुपर्ने हो।

१४.२ किलोभन्दा बढीका सिलिन्डरमा ग्यास भरे उद्योगको कारोबार ३ महिना निलम्बन

केही उद्योगले १४.२ किलोभन्दा बढी क्षमताका सिलिन्डरमा एलपी ग्यास भरी बिक्री गरेको पाइएपछि निगमले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ।

तराईमा हावाहुरी, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आन्दोलनरत शिक्षक र सरकारबीच शुक्रबार बिहान पुनः वार्ता हुने

आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच शुक्रबार बिहान पुन: वार्ता हुने भएको छ।

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।