AnonymousUser

Logout

बचत फिर्ताको माग गर्दै सहकारी पीडितको काठमाडौँमा विरोध प्रदर्शन

सरकारले सहकारीमा राखेको बचत फिर्ता गरिदिनुपर्ने माग राख्दै बचतकर्ताहरूले शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्।

एक ‘अराजक’ कलाकारको भित्ताप्रेम

सर्वसाधारणले कला बुझ्दैनन् वा बुझ्न सक्तैन भन्ने मानसिकता चिर्न भित्तेचित्र अभियान चलाइरहेका कलाकार लक्ष्मण श्रेष्ठ भन्छन्– घरका भित्ता तथा पर्खाल सार्वजनिक हुन्, चित्र कोर्न पाउनुपर्छ।

अनियमितता गरेको भेटिए माओवादीकै नेता भए पनि छुट दिइने छैन : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धानलाई खेर जान नदिने बताएका छन्।

देहातमा आउनुस्, जहाँ आँपका रुख छन्

तराई/मधेशको पर्यावरणीय सन्तुलनका लागि आँपको वृक्षारोपणले योगदान गर्न सक्छ। सँगै, एउटा पुस्ताले लगाएको आँपबाट त्यसपछिका पुस्ताले व्यावसायिक लाभ पनि लिन सक्नेछन्।

अब म पार्टी सभापति हुने होइन, युवाहरू मिलेर कांग्रेसलाई बलियो बनाउनुहोस् : देउवा

नेपाली कांग्रेसका सभापति देउवाले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। अब युवा पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।

भारत भ्रमण दूरगामी प्रभावको र पहिलेकाे तुलनामा बढी फलदायी रह्यो: प्रधानमन्त्री दाहाल (अन्तर्वार्ता)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो। त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो।

गुडिरहेको गाडीबाट खस्दा महिलाको मृत्यु

गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु हो। उनको परिचय खुल्न सकेको छैन।

चौथो खेलमा नेपाल मलेसियासँग पराजित, सिरिज बराबरी

शनिबार भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको छ। योसँगै पाँच खेलको सिरिज २/२ को अवस्थामा पुगेको छ। 

नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

मध्यप्रदेशको इन्दौरमा टाटा कम्पनीको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा पनि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेको बताएका छन्।

उपनिवेशले फैलाएका भ्रम चिर्ने पुस्तक र लेखक

पश्चिमाहरू पूर्वीयलाई अल्छी, सुस्त, शंकालु, सीधा–सादा, रहस्यमय, कुटिल, अशिष्ट र असभ्य, रूढिवादी भन्ने ठान्थे। 'लकिरको फकिर' भनेर हेप्थे अनि आफूलाई सभ्य र अभिजात ठान्थे।

काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस

लुकीछिपी ठूलो मात्रामा भारु नोट नेपाल भित्रिएको र नेपाली बजार आर्थिकमन्दीको मारमा रहेका कारण सटहीमा समस्या उत्पन्न भएको हो। 

'रक क्लाइम्बिङ' गर्न जाने होइन दोलखा?

दोलखाको सोक्ला गाउँमा जेठ १८ र १९ गते 'रक क्लाइम्बिङ' महोत्सव आयोजना गरिएको छ। उक्त स्थानलाई साहसिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ।

सतौँकोटमा प्याराग्लाइडिङको परीक्षण उडान

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यलगायत कारणले यहाँ प्याराग्लाइडिङ गर्नेको संख्या बढ्ने बताइएको छ। 

अन्नपूर्ण आरोहण दिवस: पदयात्रा र म्याराथन आयोजना गरिँदै 

सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोगले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो। जुन ३ लाई ‘अन्नपूर्ण आरोहण दिवस’का रूपमा मनाउने गरिन्छ।

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु, ९०० भन्दा बढी घाइते

हावडा सुपरफास्ट एक्सप्रेस, शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस र मालगाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

कोभिड–१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने जारी रहने मन्त्रालयले जनाएको छ। 

उनीहरूलाई सम्झनुको अर्थ

जेठ पहिलो साता तीन कविको सम्झना गरियो। गोकुल जोशी र सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती तथा कृष्ण सेन 'इच्छुक'को स्मृति दिवस मनाइरहँदा उनीहरूले प्रतिरोधी चेतना फैलाउन गरेको योगदान पनि सम्झनुपर्छ।

जंगली च्याउ सेवनबाट आमाछोराको मृत्यु

धनकुटाको शहिदभूमि गाउँपालिका–३ का २८ वर्षीया मुना राई र उनका छोरा सचिनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपालको टोली घोषणा

काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ। लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने छ।

रुसमाथि आणविक हतियारको सीमा तोक्न अमेरिकाको आग्रह

सुलिभानले अमेरिका र रुसबीच भएको पछिल्लो हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ सन् २०२६ मा सकिँदै गर्दा अमेरिका नयाँ सन्धि गर्न इच्छुक रहेको बताए।