चिकित्सकले बिरामीको अवस्थाबारे जानकारी नदिइ एकैपटक मृत्यु भएको घोषणा गरेको भन्दै आफन्त कुटपिटमा उत्रिएका छन्। अहिले अस्पतालमा प्रहरी तैनाथ गरिएको छ।
विराटनगरकी ३२ वर्षीया ललिताकुमारी रामको शव ६ वर्षअघि धादिङस्थित पृथ्वी राजमार्गमा भेटिएको थियो। उनको शव भेटिनुअघि नै प्रेमी ३५ वर्षीय अरुणकुमार मिझार बेपत्ता भएका थिए।
संविधानअनुसार प्रदेशमा अधिकार हस्तान्तरण गर्न अनिच्छुक संघीय सरकारले आफ्नो अधिकारमै हस्तक्षेप गरेको भन्दै प्रदेश सरकारहरू कानूनी लडाइँमा उत्रिएका छन्। मधेशदेखि बागमती हुँदै यो शृंखला कहाँसम्म पुग्ला?
मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफैसँग राखेका छन्।
साफ यू–१९ प्रतियोगितामा माल्दिभ्सले नेपाललाई अहिलेसम्म पराजित गर्न सकेको छैन। सन् २०१५ मा नेपालमा आयोजना भएको पहिलो संस्करणको साफको उपाधि नेपालले जित्दा माल्दिभ्स समूह चरणबाटै बाहिरिएको थियो।
फार्मासिस्ट दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले फार्मासिस्ट भनेर नाम झुन्ड्याउने नपढेको मानिसले फार्मेसी चलाउने समस्या रहेको पनि बताए।
सामाजिक सञ्जाल तर्कवितर्क गर्ने चौतारी भए पनि इतर विचार राख्नेलाई अस्वाभाविक गाली गर्ने जमात बढ्दैछ। गाली खानेहरू सर्वसाधारणदेखि नागरिक अगुवा र नेताहरू पनि छन्। किन असहिष्णु बन्दैछ समाज?
विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारेर गैँडा मारी खाग काटेको अभियोगमा उनीहरू फरार रहेका थिए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमै २–० गोलको अग्रता बनाएको हो।
सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि हालैका वर्षहरूमा यो दोस्रो आक्रमण हो।
उनीहरूले संसद्मा प्रस्तुत भएको शिक्षा विधेयक तथा नेपाल शिक्षक महासंघ र सरकारबीच सम्झौताको विरोध गर्दै आन्दाेलन जारी राखेका छन्।
विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।
जग्गाप्रसाद जैसवाल नाम गरेका ती व्यक्तिले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गरी बसेको परेको प्रहरीले जनाएको छ।
अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरेकी थिइन्।
राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको साेमबार दिउँसो उद्घाटन कार्यक्रम रहेको छ।
प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको याे भ्रमणले द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्नमा थप सहयोग पुगेको बताए।
यस भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ।
प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले साेमबार बिहान ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।
रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको तरकारी बाेकेकाे जीप दुर्घटना भएकाे हाे।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कंग्रेसका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ।