AnonymousUser

Logout

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महासमितिबारे छलफल

नेपाली कांग्रेसले मंसिर १३, १४, १५ गते गर्ने भनिएको महासमिति बैठकको तयारी गर्न पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भएको छ।

गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकका प्रतिनिधि र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी छ।

साफ यू–१९ : पाकिस्तानसँग रोकियो नेपाल

पाकिस्तानसँग घरेलु टोली नेपाल साफ यू–१९ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ। नेपालले अब सोमबार दोस्रो खेल मालदिभ्ससँग खेल्ने छ।

काठमाडौँकेन्द्रित शिक्षक आन्दोलनको अन्तर्यमा के छ? 

शिक्षक आन्दोलन संसद‍्मा दर्ता भएको विधेयकको तीन वटा दफाको विरोधमा केन्द्रित देखिएको छ जसमा विद्यालयको सञ्चालन, व्यवस्थापन तथा शिक्षक सरुवा–बढुवा र पदपूर्तिको अधिकार स्थानीय तहलाई दिने प्रस्ताव छ।

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको प्राधिकरणको भनाइ छ।

विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

आफ्ना मागहरू सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रूपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षाप्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको भनाइ छ।

‘स्थानीय तहले शिक्षकको जिम्मेवारी बहन गर्न सक्दैन’

सरकारले ल्याएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन थालेपछि त्यसमा सहभागी हुन आएका शिक्षकलाई उकालोकर्मीको प्रश्न– यो आन्दोलनको औचित्य के हो?

आर्थिक बोझ र संविधानको प्रतिकूल हुनेबाहेक शिक्षकका माग समाधान हुन्छन्: कावा प्रधानमन्त्री

शिक्षकहरूले उठाएका कतिपय माग शिक्षा नियमावलीमार्फत सम्बोधन गर्न सकिने, त्यसलाई छलफल र वार्ताका माध्यमबाट टुंग्याइने कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको भनाइ।

कर्जा सुरक्षा कोषले अर्थतन्त्रको कुचक्रलाई बदल्न भूमिका खेल्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री महतले पर्यटक आगमन बढिरहेको, विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको बताउँदै अर्थतन्त्रमा ‘रिर्सोस’ आइरहेको बताए।

आन्दोलनरत शिक्षकका जायज माग अविलम्ब सम्बोधन गर्न एमालेको माग

एमाले सचेतक बर्तौलाले सरकारले छिटोभन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्ता गरी समस्याको निकास खोज्नुपर्ने बताए।

वैदेशिक रोजगारीमा पठाउने भन्दै झन्डै ४ करोड रुपैयाँ ठगी गर्ने 'विस एचआर' म्यानपावरकाे इजाजत रद्द

युरोपेली देशलगायत अमेरिका, जापानकाे प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने 'विस एचआर सोलुसन प्राली'को इजाजतपत्र रद्द गर्दै कम्पनीका सञ्चालकविरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दर्ता गरेकाे हाे।

विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न शिक्षकहरूलाई रास्वपाको आग्रह

रास्वपाले शिक्षकहरूलाई आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकार कुण्ठित नगर्न आग्रह गरेको छ।

व्यक्तिहत्यामा सर्वस्वसहित जन्मकैद तोकिएका गुण्डानाइकेः सरकारको माफी मिनाहा, छुटेपछि अबिर जात्रा 

हत्या अभियोगमा अदालतले ढकाललाई सर्वस्वसहित जन्मकैद सजाय तोकेको थियो। सरकारले सजाय माफी मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिले सदर गरेसँगै उनी अबिर जात्रासहित कारागारबाट निस्किए।

शिक्षकहरूको आन्दोलनका कारण स्थगित भयो संसदीय समितिको बैठक

अर्थ समितिको बिहीबारको बैठकमा समितिको कार्यविधि मस्यौदा र विविध विषयमाथिको छलफल गर्ने कार्यसूची थियो।

साफ यू–१९ : भारतको विजयी शुरूआत, बंगलादेश ३–० गोल अन्तरले पराजित

समूह ‘बी’को पहिलो खेलमा भारतले साबिक उपविजेता बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको छ।

नेप्से ४४.३४ अंकले बढ्यो, जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण

बिहीबार चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

अर्थसचिव भन्छन्– अर्थतन्त्रका चुनौती सामना गर्न सकिन्छ

वित्त नीति र मौद्रिक नीतिको समन्वयात्मक कार्यान्वयनबाट अर्थतन्त्रमा सकारात्मक नतिजा प्राप्त गर्न सकिने अर्थसचिव डा. कृष्णहरि पुष्करको भनाइ छ।

पहुँचवालाले मात्र अवसर पाउने कारण प्रहरीको मनोबल बढ्न सकेन : महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले गर्ने काम कारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुने गरी काम गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीलाई हाङजाओमा भेट्ने, ल्हासाबाट स्वदेश फर्किने

प्रधानमन्त्री दाहालको चीन भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालगायत रहनेछन्।

उमेर समूहमै ओरालोतिर नेपाली फुटबल, साफ यू–१९ बाट ‘यू टर्न’ गर्ने लक्ष्य

सन् २०१८ मा भएको एशियन गेम्समा उमेर समूहको विश्वकप खेलिसकेको जापानलाई १-० मा रोक्न सक्ने स्तरमा पुगेको नेपाल पछिल्लो समय भारत र बंगलादेशको चुनौती पनि पन्छाउन नसक्ने स्तरमा खस्केको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।