प्रधानमन्त्री दाहाललाई सांसदहरूले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति, सीमा विवाद र नागरिकता विधेयक प्रमाणीकरणका विषयमा प्रश्न गर्दा प्रतिनिधिसभामा चर्काचर्कीको स्थिति सिर्जना भएको छ।
रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने बताएका छन्।
२०० वर्षअघि औद्योगीकरणको युग शुरू भएयता वनजंगल र प्राकृतिक स्रोतमाथि अधिक दोहन र ब्रम्हलुट हुन जाँदा कैयौँ महत्त्वपूर्ण वनस्पति, जीवजन्तु र तीनका वासस्थान समेत लोप हुन गएको देखिन्छ।
सोमबार २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता शेयर ३६ हजार ५६८ पटक खरिदबिक्री हुँदा एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ।
एमाले अध्यक्ष ओलीले बंगलादेशसम्म जानका लागि जमिन दिनुपर्छ भन्ने विषय अन्तर्राष्ट्रिय प्रचलनमा नरहेको, देशको संविधानभन्दा पनि परको विषय भएको बताएका छन्।
प्रधानमन्त्री दाहालले अघिल्लो सदनले विधिसम्मत ढंगले पारित गरेको विधेयकलाई अहिलेको संसद्ले मान्दिन भन्न नमिल्ने तर्क गरे।
फेवातालको सिमसार पुर्न तत्काल रोक लगाउने उच्च अदालतको अन्तरिम आदेशपछि पनि यो गतिविधि रोकिएको छैन। पोखरा महानगरको जिम्मेवारी तथा जिल्ला प्रहरी कार्यालयको निगरानीविरुद्ध स्थानीयवासी प्रतिकारमा छन्।
चार वर्षअघि पहिलोपटक भेटिँदा ह्वेल गोप्रो क्यामरासहितको माला लगाएको अवस्थामा थियो। मालामा ‘सेन्ट पिटर्सबर्गको उपकरण’ लेखिएका क्लिपहरू थिए।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरणका लागि सिफारिस नगरी अनुरोध मात्रै गरेको बताएका छन्।
निर्वाचन आयोगले गृहमन्त्रीलाई कार्यालयमा बोलाएर सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको जिल्ला निर्वाचन कार्यालय खारेजीबारे ध्यानाकर्षण गराएको छ।
भारतको पूर्वी राज्य उडिशाको बालासोरनजिकै भएको दुर्घटनामा २७५ यात्रीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्।
प्रधानमन्त्रीलाई भारत भ्रमणबारे प्रश्न गर्ने क्रममा रास्वपा सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैँसी चढेर आएको' अभिव्यक्ति दिएपछि केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नोकझोक भएको छ।
आफूले बोल्नुअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमाको बारेमा बोलेको र दुवै देशका प्रधानमन्त्रीले एकैपटक सीमाबारे बोलेको पहिलोपटक भएको दाहालले बताए।
नेपालगन्जलगायत शहरबाट भारतमा हवाई उडान गर्ने गरी छलफल अगाडि बढाइएको प्रधानमन्त्री दाहालले जानकारी दिएका छन्। अहिले काठमाडौँबाट मात्र भारतीय शहरमा उडान हुन्छ।
देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिंक ट्राभललगायत प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेका छन्। अधिकांश टिकट मोरक्कोतर्फ जारी गरिएको छ।
अष्ट्रेलियाकी काथ्लिन फोल्बिग चार सन्तानको हत्यामा २० वर्ष जेल बसेपछि निर्दोष प्रमाणित भएकी छन्। उनका १९ दिनदेखि १९ महिनासम्मका सन्तानको १० वर्षबीचमा मृत्यु भएको थियो।
तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने घोषणा भएको छ।
स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना सिजनको अन्तिम खेलमा १३औँ स्थानको सेल्टा भिगोसँग पराजित भएको छ। तर, लिग समाप्तीमा बार्सा दोस्रो स्थानको रियल मड्रिडभन्दा १० अंकले अघि रह्यो।
हामी आइसकेपछि वायुसेवा निगममा चार अर्ब नाफा भयो। हामीले ऋण तिर्यौँ र जहाज किन्ने अवस्था आयो। 'ई-टिकेटिङ' शुरू गर्यौँ। १५/२० दिनमा ५०/६० लाखको मात्र टिकट बिक्ने ठाउँमा करोडौँको टिकट बिक्न थाल्यो।
रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए।