चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आइतबारदेखि सशस्त्र प्रहरी परिचालित भएका छन्।
इजरायली सेनाको निरन्तरको आक्रमणमा पानीका प्लान्ट तथा पाइपहरूमा क्षति पुग्दा प्यालेस्टायनको गाजा क्षेत्रमा खानेपानीको हाहाकार भइरहेको छ।
छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन एवं सुशासनमा जनआस्था अभिवृद्धिलाई केन्द्रबिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर रहेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भनाइ छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रमा हमलाकाे तयारी गरिरहेका आफ्ना सेनाहरूलाई भेटेका छन्। उनले आगामी दिनका लागि सेनाकाे तयारीबारे बुझेकाे बताइएकाे छ।
बढी उत्पादन पाउने उद्देश्यले रासायनिक मलको अत्यधिक प्रयोग गरिनु, प्राङ्गारिक मलको प्रयोग न्यून मात्रामा हुनु जस्ता कारणले माटोको उर्वराशक्ति घटिरहेको विज्ञहरूले बताएका छन्।
नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयास गरे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको उनीहरूको गुनासो छ।
घटस्थापना
काठमाडौँको हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ। वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११ः२९ बजे जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्यान्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो। घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार काकीले आफ्नो नेतृत्वमा सरकार गठनपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी गरे।
परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगलाई अनुरोध गरेका छन्।
इजरायलले पनि जवाफी कारबाहीअन्तर्गत लेबनानमा हवाई आक्रमण शुरू गरेको छ।
व्यापारीसँगको मिलेमतोमा विद्यालयका पदाधिकारीले नै जुद्धोदय स्कुल तहसनहस पारेको तथ्य उजागर भएपछि काठमाडौँका मेयर बालेन साहले तत्काल छानबिन समिति बनाए। तर समितिले प्रतिवेदन दिएपछि उनी ‘चुपचाप’ छन्।
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि मनसुन औसत मितिभन्दा दुई साता ढिलो बाहिरिँदै छ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोशिश भइरहेको टिप्पणी गरेका छन्।
अफगानिस्तानमा एक हप्ताबीचमा तीन शक्तिशाली भूकम्प भएका छन्। जसमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
उखु बेचेको सात महिना हुँदासमेत सरकारले अनुदान उपलब्ध गराएको छैन। दशैँको मुखमा पनि अनुदान नपाउँदा किसान निराश भएका छन्।
अन्तर्राष्ट्रिय बाइक राइडर्सलाई पनि बोलाएर सम्मेलन गर्दै थप बाइक टुरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्ड प्रतिबद्ध भएको बोर्डका सीईयो रेग्मीले बताए।
बहराइनले दिएको ७८ रनको विजयी लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
‘अमेरिकन हिमालयन फाउन्डेसन’ स्थापना गरेका फाइन्सटाइनका श्रीमान् ब्लम नेपालको हिमाली समुदायसँग काम गर्न बर्सेनिजसो नेपाल आउँथे। फाइन्सटाइन पनि एकपटक नेपाल आएकी थिइन्। उनी नेपालको असल मित्र थिइन्।
इन्धनको मूल्य बढेका कारण भाडादर बढेको र सम्भावित कालोबजारी रोक्न सम्बन्धित निकायसँग छलफल गर्ने पर्यटनमन्त्री किराँतीको भनाइ छ।