अझै विस्तृत विवरण आउने क्रम जारी रहेको गृह मन्त्रालय अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।
सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन गरेको छ।
हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना विद्यार्थीमध्ये अहिलेसम्म नौ जनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
पार्टीको ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म आयोजना गर्न लागिएका पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो साढे तीन बजेसम्म जाजरकोट र रूकुमपश्चिममा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४३ पुगेको हो भने १६६ जना घाइते रहेको छन्।
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गम्भीर घाइते भएका ७ जनालाई नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडाैँ ल्याइएको हो।
गृहमन्त्री श्रेष्ठले भूकम्पमा परी घाइते भएकाहरूको सम्बन्धित स्थानमै उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्दै खोजी, उद्धार र उपचारलाई प्रमुख नीति बनाएको बताए।
मानवअधिकार आयोगले भूकम्प प्रभावितलाई राहत एवं उद्धारमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ।
पछिल्लो एक वर्षयता पश्चिम नेपालका पहाडी जिल्लामा पटक–पटक भूकम्प गइरहे पनि विनाशकारी भूकम्प, त्यसमा पनि महाभूकम्पकै खतरा यथावत् छ।
बाँकेका अस्पतालमा उपचाररत घाइतेको उपचारका क्रममा आवश्यक पर्ने रगत अभाव हुनसक्ने आकलन गर्दै नेपालगन्जका युवाले स्वतःस्फूर्त रक्तदान अभियान चलाएका छन्।
भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगन्ज ल्याउने क्रममा मृत्यु भएको छ भने भेरी अस्पतालमा उपचाररत दुईको अवस्था गम्भीर रहेको छ।
जाजरकोट र रूकुम पश्चिमका धेरै भौतिक संरचना क्षति भएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो।
प्रभावित क्षेत्रमा पाँच दिनका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिमसमेत उपलब्ध गराउने टेलिकमले जनाएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षमा बसेको बैठकले उक्त रकम पठाउने निर्णय गरेको हो।
सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारमा दक्ष जनशक्ति परिचालन गरेको छ भने अन्य युनिटहरूबाट समेत फौज परिचालनका लागि तयारी हालतमा राखिएको जनाएको छ।
पहिरोका कारण रुकुम पश्चिमको कालेखोलास्थित सडकमा अवरोध भएको छ। यद्यपि, यसले घाइतेको उद्धारमा भने समस्या नभएको प्रहरीले जनाएको छ।
भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ। घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ।
भूकम्प गएको बेला हामी भर्खर निदाएका थियौँ। एक्कासि घर हल्लाउन थाल्यो। सबै जना उठेर कराउन थाले। करिब पाँच सेकेन्डको धक्काले सबै ध्वस्त बनायो।