कमल बजारबाट दैलेखतर्फ जाँदै गरेको ट्याम्पो बुधबार राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो।
बेनीबाट पैदल दुई दिन र सवारीसाधन प्रयोग गर्दा एकैदिनमा मालिका पुगिन्छ। ठाडाखानी, टोड्के, हिदी, दुखु, बिम र बाइन्दफाँट भएर मालिका जान सकिन्छ।
नेपालमा धेरैजसो सुनाखरी या त खतरामा परेका छन् या त लोप हुने क्रममा छन्। यस्तो हुनुका मुख्य कारणहरू व्यापार, वासस्थानको नास, आगलागी, भौतिक संरचनाको निर्माण आदि हुन्।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलिया र दछिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल आइतबार हुनेछ।
बाँकेको नेपालगन्जमा बुधबार मुस्लिम समुदायका अगुवाले आफूले मानेका दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन्।
बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएको घोषणा गरेका छन्।
सरकारले सिँचाइको सुविधा र आवश्यकताअनुसार रासायनिक मलखाद बेलैमा अनुदानमा उपलब्ध गराइदिए नेपाली युवा रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उनीहरूको भनाइ छ।
दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको अञ्जली दिदी (मास्के)को भनाइ छ।
भारत नियन्त्रित जम्मु–कश्मीरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा ३७ यात्रुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
नेपालले सन् १९८६ देखि विश्वकप फुटबल छनोट खेल्न थाले पनि पहिलो चरण पार गर्नै करिब २८ वर्ष कुर्नुपर्यो। तेस्रोपटक दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाल तेस्रो चरण पुगेर इतिहास बनाउने लक्ष्यमा छ।
यस वर्ष मंसिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिइने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक शुरू हुने गर्छ।
गोवर्द्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार पूजा गर्ने गरिन्छ।
सी चिनफिङको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेनसँग मुख्यगरी इजरायल–हमास र रुस–युक्रेन युद्धबारे छलफल हुने अनुमान गरिएको छ। तर वार्ता उपलब्धिपूर्ण हुनेमा शंका गरिएको छ।
श्रीलंकाको सर्वोच्च अदालतले देशको अर्थतन्त्र संकटको स्थितिमा पुग्नुमा पूर्वराष्ट्रपति गोटबाया र उनका भाइ महिन्दासहित १३ पूर्वनेता तथा उच्च पदस्थ पूर्वअधिकारीहरू जिम्मेवार रहेको ठहर गरेको छ।
भूकम्प प्रभावितलाई तिहारको भन्दा पनि अहिले रातको समयमा पर्ने शीत र बढ्दै गरेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको छ।
हमासको कमान्ड सेन्टर रहेको भन्दै हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण आश्रित गाजाकै सबैभन्दा ठूलो अस्पतालमा इजरायली सेना प्रवेश गरेको छ।
नेपाल बाल संगठनन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन्। बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन्।
वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूले यहाँ टीका लगाउने गर्छन्। मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकासँग टीका थाप्ने गरिन्छ।
दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन छ।