AnonymousUser

Logout

ओपन एआई तरंगित बनाउने पाँच दिनः अल्टम्यानको बर्खास्ती र पुनर्बहालीले सम्झायो स्टीभ जब्स

च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेको पाँच दिनमै पुनर्बहाली गरेको छ। यी पाँच दिनमा कम्पनीलाई क्षति पुग्ने गरी भएका गतिविधिले पुनर्बहाली बाध्यता बन्यो।

बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईं समूहबीच झडप

प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ। बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ।

गंगाजमुनामा ऐतिहासिक मेला, कुकुर धारामा नुहाउनेको घुइँचो

धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुनामा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन लाग्छ। गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो।

उत्कृष्ट १६ करदाता सम्मानित

बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनी, निर्यात कारोबारमार्फत कर दाखिला गर्नेमा डाबर नेपाल र विशेष उद्योगमा एशियन पेन्ट्सलाई सरकारले सम्मान गरेको छ।

काठमाडौँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्वीरहरू)

बिहानैदेखि काठमाडौँका चोक–चोकमा हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ। सादा पोशाकसहितका प्रहरी पनि खटिएका छन्।

मोटरसाइकल आपसमा ठोक्किँदा सिरहामा ३ जनाको मृत्यु

दुर्घटनामा मृत्यु हुनेमा अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन्।

काठमाडौँमा युवा संघ र दुर्गा प्रसाईं समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दै, सुरक्षा व्यवस्था कडा

प्रसाईंको समूहले भक्तपुरको सानोठिमी, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुर र चाबहिलबाट र्‍याली निकाल्ने जनाएको छ। युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट शुरू हुनेछ।

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

स्थानीय मिलेर थालेको श्रमदान अभियानमा प्रवासीले पनि सहयोग गरेका छन्। पदमार्ग निर्माणका लागि १३ लाख रुपैयाँभन्दा बढी नगद सहयोग जुटिसकेको छ।

हरिबोधिनी एकादशी: विष्णु मन्दिरहरूमा तीर्थालुको घुइँचो

हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रूपमा लिइन्छ। त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ।

बजेट कार्यान्वयनमा किन सधैँ चुनौती?

वार्षिक बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा लगानी भएको छ, तर त्यसले हासिल गरेको प्रगतिमा ध्यान दिइएको छैन। यसमा ध्यान दिन धेरै ढिला भइसकेको छ। बढ्दो बसाइँसराइले पहाडी बस्ती रित्तिन थालिसकेका छन्।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशभर तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

मकवानपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।

भारतबाट नेपाल आइपुगे उच्च प्रजनन क्षमताका मुर्रा राँगा

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भएको थियो।

प्रदर्शनीको विषयलाई लिएर अफवाह फैलाउने मिडियालाई प्रेस काउन्सिलको स्पष्टीकरण

विभिन्न प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषाशैलीमा हिंसा, आतंकलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिम कारबाही गरेको काउन्सिलले जनाएको

निषेधाज्ञाका नाममा ‘सीडीओ शासन’को झल्को

प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको निषेधको आदेश संविधान र कानूनसँग अमिल्दो मात्र होइन, डरलाग्दोसमेत रहेको टिप्पणी भइरहेको छ। 

कटक मल्लको किताब ‘न्याय–अन्याय’ सार्वजनिक

अन्तर्राष्ट्रिय तथा वातावरण कानूनका विज्ञ डा. मल्ल स्विडेनको स्टकहोम, काल्सटा र उमियो विश्वविद्यालयमा अध्यापनमा सक्रिय छन्।

इजरायल र हमासबीच भएको सम्झौता ‘महत्त्वपूर्ण कदम’ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको स्वागत गरेको छ। 

ओपन एआईमा अल्टम्यानको पुनर्बहाली

दुई पक्षबीच समझदारीपछि साम अल्टम्यान पुनः आफ्नो पुरानै पदमा फर्किएका ओपन एआईले जनाएको छ। ओपन एआईले सञ्चालक समिति पनि हेरफेर गरेको छ।

आफैँ एक ठाउँ नअडिने दुर्गा प्रसाईंले शक्ति ठानेको ऋण मिनाहा ‘कार्ड’

राजसंस्था फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले वित्तीय संस्थाहरूविरुद्ध प्रचार गर्ने र २० लाखसम्म ऋण मिनाहा हुनुपर्ने बताउने गरेका छन्। आफैँले पनि विभिन्न बैंकबाट करिब साढे ५ अर्ब ऋण लिएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नयाँ मतभार

राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचन मतदाताका लागि नयाँ मतभार कायम भएको छ।