पतञ्जलीले आफूले बनाएको कोभिड १९ को औषधिलाई लिएर भ्रामक विज्ञापन गरेको इन्डियन मेडिकल एसोसियसन (आईएमए)को आरोप छ।
भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र शव फेला परेको हो।
बुधबार नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ अंकमा कायम भएको छ।
ओलीले अप्ठ्यारो परिस्थितिमा प्रतिगामी तत्त्वहरू सल्बलाएकाले देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरे।
विभिन्न समूहले बिहीबारको लागि आह्वान गरेका प्रदर्शनका कारण काठमाडाैँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकाले अत्यावश्यक कामका लागि मात्र गाडी लिएर निस्किन आग्रह गरेको हो।
निर्मल निवासमा बस्ने ज्ञानेन्द्र शाह र सडकमा जुत्ता सिलाउने भाग्यप्रसाद नेपालीको संवैधानिक हैसियत बराबर छ। तर पाखण्डी समाज ज्ञानेन्द्रलाई आफ्नो शिरमा हात राख्ने हक दिन्छ, भाग्यलाई खुट्टा पुछाउँछ।
आयोगका अध्यक्ष तपबहादुर मगरले जनप्रदर्शनको निरीक्षण गर्न मानव अधिकार आयोगले विभिन्न स्थानमा टोली खटाउने बताए।
'मलाई पहिलेको ठाउँमा गुम्म परेको, त्यति फ्रेस नहुने जस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, स्पेस पनि ठूलो भएका कारण अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु।'
वामपन्थी एकता जति गर्यो त्यति फुट्ने भएकाले त्यो सम्भव नरहेको ओलीको भनाइ छ।
भारतबाट दूध तथा पाउडर आएका कारण नेपालको दूध खपत हुन नसकेको किसानले बताएका छन्। प्रतिलिटर ७९ रुपैयाँमा बिक्री भइरहेको दूध हाल ७० रुपैयाँमा पनि बिक्री हुन छाडेको उनीहरूको गुनासो छ।
बुधबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री दाहालको ध्यानाकर्षणसमेत गराएका छन्।
इन्धनसहित ठूलो संख्यामा मानवीय समूह र राहत सहयोग गर्ने विषय पनि सम्झौतामा उल्लेख गरिएको कतारले जनाएको छ।
विदेशी च्यानलबाट विज्ञापन नबजे पनि प्रचार सामग्री हेर्नुपर्ने बाध्यताबाट नेपाली दर्शकले छुटकारा पाएका छैनन्। उनीहरूले च्यानलको पैसा तिरेर विज्ञापनरहित कार्यक्रम हेर्न नपाउनु ‘क्लिन फिड’ नीति विपरीत छ।
सुन तस्करको गिरोहले चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
निर्वाचन आयोगले संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचन, उक्त निर्वाचनको अन्तिम परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्न प्रस्ताव गरेको छ।
बुधबार बिहान ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको हो।
भीपीएन र डीएनएस प्रयोगबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डेटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको छ।
सडक बत्तीको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र मिटर जडान नगरेको स्थानमा जडान गर्न प्राधिकरणले स्थानीय तहहरूलाई निर्देशन दिएको छ।
दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङ मंगलबार साँझ जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
सन् २०५० भित्र विश्व अर्थतन्त्रलाई पूर्ण 'डिकार्बनाइज' गरी 'नेटजिरो'मा जान नसके अर्को सदीभित्र छैटौँ आम विलोपनजस्तो अत्यन्त दु:खदायी परिणाम भोग्नु पर्नेतर्फ वैज्ञानिकहरूले सचेत गराएका छन्।