मनहरी गाउँपालिका–६ खयरघारीस्थित राप्ति र लोथर खोलाको दोभानमा खर काट्न गएका ४३ वर्षीय हरि पौडेललाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।
बिहीबार दुई पक्षबिच पटक–पटक झडप भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानीमा राखिएको सीडीओ श्रेष्ठको भनाइ छ।
तीनवटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्दत पुर्याउनेछ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएपछि प्रहरीले कडाइ गरेको छ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठन गरिएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको सुझाव’ अनुसार सरकारले यस्तो निर्णय गरेको हो।
नेपालमा विश्वविद्यालय खोल्नेको संख्या बढ्दै जाँदा पर्याप्त विद्यार्थीको अभावले संकट निम्त्याउँदै लगेको प्रधानमन्त्री दाहालको भनाइ छ।
विद्यार्थीले टमाटर, काउली, ब्रोकाउली, च्याउलगायतको व्यावसायिक खेती गर्दै आएका छन्। तरकारी बिक्रीबाट आएको रकम प्रोत्साहनका रूपमा विद्यालयले विद्यार्थीलाई दिने गरेको छ।
प्रहरीमाथि ढुंगामुढा गरेको, गुलेली हानेको र अराजकता फैलाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुई वर्षअघि केपी शर्मा ओलीलाई हजुरबा साइनो लगाएर एमाले प्रवेश गरी आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन लागिपरेका दुर्गा प्रसाईंको अभिष्ट पूरा त भएन नै, अहिले ओलीसँगै मुडभेडको अवस्थामा पुगेका छन्।
बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईंले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको प्रशासनको निष्कर्ष छ।
बेनी–जोमसोम सडकमार्गका अलावा पोखरा–जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए। मुक्तिनाथको रानीपौवाका होटेल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिए।
प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले चार महिनादेखि तलब र भत्तालगायत सुविधाबापतको रकम नपाएको बताएका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि महेन्द्रनगरमा मात्रै केन्द्र राखेको छ। ग्रामीण भेगका किसानलाई खाद्यसम्म धान पुर्याउनै सकस छ।
देशले स्थिरता र विकासको लय समाउनु त कता हो कता, अस्थिरता र असन्तुष्टिका बाछिटा देखिँदै छन्, कुनै राजनीतिक व्यवस्था विशेषलाई दोषी देखाएर जनता उद्वेलित पार्ने दुष्प्रयास हुँदैछ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जितका लागि पाएको २०९ रनको लक्ष्य भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
बल्खुबाट कालीमाटीतिर जान रोकिएपछि भिडबाट प्रहरीतर्फ ढुंगा प्रहार हुन थाल्यो। जवाफमा प्रहरीले पनि दर्जनौँ टियर ग्यास प्रहार गर्यो। एकैछिनमा भागाभाग शुरू भयो।
नेपाल सरकारले इजरायल र हमासबीच भएको युद्धविराम गर्ने सहमतिको स्वागत गर्दै विपिन जोशीको शीघ्र रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ।
प्रहरीले काठमाडौँ, उदयपुरसहितका जिल्लाका विभिन्न स्थानमा सात जना मृत फेला परेको जनाएको छ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावाँ या ब्याज मात्र भए पनि मिनाहा हुने आशामा सयौँ महिला प्रसाईं नेतृत्वको ‘आन्दोलन’मा सहभागी हुन काठमाडौँ आएका छन्।