AnonymousUser

Logout

नेपालका नर्सिङ कलेज बन्द हुँदा नेपाली पाठ्यक्रमसहित खुलेका भारतीय कलेजले तान्दैछन् विद्यार्थी 

नेपालमा राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको मापदण्ड बाहिर परेका झण्डै १०० नर्सिङ कलेजसहित २२८ शिक्षण संस्था बन्द हुँदा भारतमा नेपाली विषयसहित सीटीईभीटीको पाठ्यक्रम पढाउने १५७ नर्सिङ कलेज खुलेका छन्।

सदनको अवरोध खुलाउन सभामुख र राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिसँग मागे सहयोग

शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सदन सुचारु गर्न सभामुख र अध्यक्षले गरेका प्रयासबारे जानकारी लिएका थिए।

वैदेशिक रोजगारीका समस्या समाधानका लागि प्रस्ताव पेस गर्न प्रधानमन्त्रीको निर्देशन 

वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकको सम्मान र हित रक्षा गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।

सुन तस्करी प्रकरण: थप २ चिनियाँ नागरिक पक्राउ

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि सीआईबीको जिम्मा लगाएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ डाक्टर पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ। सीआईबीले बिहीबार सांसद डा. सुनिलकुमार शर्मासहित पाँच जनालाई पक्राउ गरेको थियो।

स्पेन पहिलोपटक महिला विश्वकपको सेमिफाइनलमा

न्युजिल्यान्डको वेलिंटन स्टेडियममा भएको पहिलो क्वार्टरफाइनल खेलमा नेदरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको छ।

डेंगीबाट चितवनमा १ पुरुषको मृत्यु, ५३ जनामा संक्रमण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का डेंगी संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै, साहित्यिक पर्यटक बढ्ने विश्वास 

करिब दुई करोड ६० लाख रुपैयाँमा दुई वर्ष पहिले निर्मित रामायण भवनको उचित संरक्षण हुनसकेको छैन। शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खालसमेत भत्किएको छ। 

भजनी र टीकापुरमा डुबान: खोइ दीर्घकालीन समाधान? 

कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकामा बाढी र डुबानको जोखिम उच्च छ। भजनीमा मात्रै एक हजार ८२२ परिवार विस्थापित भएका छन्। 

रुसी सेना फिर्ता भएपछि मात्र वार्तामा बस्ने युक्रेनको अडान

गत हप्ता युक्रेन संकट समाधानका लागि पहल गर्न साउदी अरबको जेद्दाहमा ४० देशका सुरक्षा सल्लाहकार र प्रतिनिधि भेला भएका थिए।

जात व्यवस्था: समस्या जरामै छ, उखेल्नुपर्छ

संरचनागत लाभ पाएका समुदायले यो सामाजिक रोग हटाउन सबैभन्दा बढी भूमिका खेल्नुपर्छ। बेल् हुक्सले भनेका छन्– सबै जातीय हमलाहरूप्रति मौनता साँध्नु अपराधप्रति हाम्रो समर्थनजत्तिकै गम्भीर विषय हो।

कांग्रेस संसदीय दलको बैठक बस्दै, सदन खुलाउने विषयमा छलफल हुने

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्नेलगायत विषयमा छलफल हुनेछ। 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

सुनील शर्माको त्यो विवादित पृष्ठभूमि, हिरासत पुगेपछि पनि पछ्याइरह्यो

७ वर्षअघिको प्रहरी अनुसन्धानबाटै शर्माको आइएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको थियो। बिहीबार पक्राउ परेपछि उनले सुनकाण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेर अनशन बस्ने चेतावनी दिएका छन्।

महिला टी–२० विश्वकप छनोट : नेपाली टोली घोषणा, नेरी र कृतिका परेनन्

क्यानले मलेसियामा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ।

‘अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा राष्ट्रिय सुरक्षा गम्भीर बन्यो’

प्राडा. खड्ग केसीले अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा गम्भीर बनेको बताएका छन्।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार चिकित्सक पक्राउ

सीआईबीले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनील शर्मासहित विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत पाँच जना चिकित्सकलाई पक्राउ गरेको छ।

सुनील शर्माको पक्राउबारे आधिकारिक जानकारी लिएपछि कांग्रेसले धारणा बनाउँछ: रमेश लेखक

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसद सुनील शर्मालाई किन र के कारणले पक्राउ गरिएको भन्नेबारे आधिकारिक जानकारी लिइसकेपछि पार्टीले धारणा बनाउने बताए।

हाम्रो अर्थतन्त्रको संरचना नै ‘आउटडेटेड’ भइसकेको छः डा. युरेन्द्र बस्नेत

'कोही व्यक्ति जहाँ सुलभ सुविधा छ, त्यहीँ बसाइँ सर्छ। व्यवस्था ठीक नभएको ठाउँबाट एउटा मान्छे अन्त जान्छ भने यस विषयमा संघर्ष गर्ने एक व्यक्ति घट्छ र त्यो ठाउँको गुणस्तर अझै खस्किने अवस्था हुन्छ।'

सुनील शर्मासँगै १५ डाक्टर पक्रने तयारीमा थियो सीआईबी, नक्कली सर्टिफिकेटबाट पढेका थिए एमबीबीएस

सीआईबीले बिहीबार अपराह्न पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मासँगै थप १४ जना डाक्टरलाई पनि पक्राउ गर्ने तयारी गरेको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।