राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको छ।
ट्रलीबस
काठमाडौँ र भक्तपुरलाई जोड्ने सडकमा कुनै समय ट्रलीबस गुड्थ्यो। चीनको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वरदेखि सूर्य विनायकसम्म १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो। २०६५ सालयता भने पूर्ण रूपमा बन्द छ। ती ट्रलीबस मीनभवनस्थित यातायात व्यवस्था कार्यालय परिसरमा थन्किएका छन्। यहाँ ३२ वटा ट्रलीबस राखिएको छ। बसमा लेखिएका ‘म नै भविष्य हुँ, मलाई बचाउनुहोस्’ वाक्यांशले विभागलाई नै गिज्याइरहेको छ। बस प्रतिदिन जीर्ण बन्दै छन्। बसका सबै पार्टपुर्जामा खिया लागिसकेको छ। विद्युतीय ट्रलीबस साँच्चै नै अब इतिहास बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० ले पराजित गरेको छ।
उदयपुरमा पिकनिक खाएर फर्किँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकहरूलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताए।
बाकुनिनका कुरा पहिलो पटक सुन्दा आवेगपूर्ण र आक्रोशयुक्त लाग्छन्, तर समाज, राज्य र काल्पनिक ईश्वरका नाममा हुने गरेका तमाम कर्म देख्दा भने उनको तर्क युक्तिसंगत लाग्छन्।
नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियान र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाको तारा दल गणका ३५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका ३५४ जना सहभागी छन्।
चिनियाँ अधिकारीले भनेका छन्, “नयाँ रोगको लक्षण फेला परेको छैन। यो सामान्य फ्लु हो, जुन हरेक वर्ष यस मौसममा हुन्छ।”
अहिले पनि ओलाङचुङगोला हुकरले १७५ वर्षअघि देखेजस्तै छ। छेवैबाट तमोर बग्छ। नदीको पूर्वपट्टि बस्ती छ। कतिपय ठाउँमा फट्केर नै नदी तर्न सकिन्छ। वरिपरि तालीसपत्र र धुपीसल्लाका रूख छन्।
शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको छ।
पोखराको सहारा क्लबले तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार ५५५ रुपैयाँ जाजरकोट भूकम्पका पीडितलाई प्रदान गरेको छ।
शुक्रबार राति भएको खेलमा अल–नासरले अल–ओखदुदलाई ३–० ले पराजित गरेको छ।
मृत्यु हुनेमा ३२ वर्षीया राधा बुढा, नौ वर्षीय मानसिं बुढा तथा १८ महिनाका कार्तिक चन्द र सात वर्षीय कृष चन्द छन्।
साहित्य पढ्दा जन्मने आँसु, क्रोध र घृणाबाट पनि सौन्दर्यानुभूति हुन्छ। ओस्त्रोभ्स्कीको 'आग्नीदीक्षा' होस् वा मदनमणि दीक्षितको 'माधवी' वा भीष्म साहनीको 'तमस' पढ्दा होस् हाम्रा आँखा रसाउँछन्।
पर्वतको कुस्मा–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
हमासले इजरायल, थाइल्यान्ड र फिलिपिन्सका गरी २४ बन्धकलाई रिहा गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा विभिन्न जिल्लाबाट काठमाडौँ आएकाहरूले आफूहरू गणतन्त्र फाल्नुपर्ने पक्षमा नरहेको, गणतन्त्र हाँक्ने नेताहरूलाई भने सुध्रिनका लागि सचेत बनाउन आएको बताएका छन्।
प्रशासनले निषेधित क्षेत्र तोकेको तीनकुनेमा दुर्गा प्रसाईं समूहका अराजक गतिविधि नियन्त्रण गर्ने आदेश पाएको प्रहरी त्यतिमा सीमित थिएन। त्यहीकारण त्यो क्षेत्रमा सर्वसाधारणले शुक्रबार नसोचेको जगजगी भोगे।