रंगभेदी घोषणापत्र बोकेका बन्दुकधारीले ‘जनरल डलर स्टोर’मा गोली प्रहार गरेका थिए। हत्या गरिएकामध्ये दुई पुरुष र एक महिला छन्।
सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक ८०० देखि एक हजार १०० लिटरसम्म दूध संकलन हुन्छ। त्यसबाट २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ।
यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो।
मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमध्ये धेरैको कारण टाउकोको गम्भीर चोट हो। त्यसो हुँदा मोटरसाइकल चलाउनले मात्र होइन, पछाडि बस्नेलाई अनिवार्य हेलमेट लगाउने व्यवस्था कार्यान्वयन गराउन आवश्यक छ।
शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
कोशी, मधेश र बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताएका छन्।
‘पढ्ने विषयको रोजाइमा अभिभावकको चाहना पछ्याउँदा बालबालिकाको आफ्नै क्षमता चाहिँ मर्न सक्छ। छोराछोरीलाई आफ्नो चाहनाअनुसारको बनाउनुभन्दा पनि उनीहरू आफैँ के बन्न चाहन्छन् पत्ता लगाउनु महत्वपूर्ण हो।’
सुनकाण्ड, ललितानिवास प्रकरणलगायतका भ्रष्टाचार तथा अपराधको अनुसन्धान प्रभावकारी नभएको र अनियमिततामा मुछिएका नेतालाई उन्मुक्ति दिन खोजिएको भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुनकाण्डबारेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यताप्राप्त गरेको छैन भन्ने आधारमा टेकेर एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सहभागी हुन नदिएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ।
बागमती
नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज नाराको संयोजनमा पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाले शनिबार कुपोन्डोलस्थित बागमती नदीबाट सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेका छन्। बागमती तथा यसका सहायक नदीहरूको बिग्रँदो अवस्थालाई सुधार गर्न जलयात्रा आयोजना गरिएको हो। बागमतीलाई माछा बाँच्न, पौडी खेल्न र पानी खान योग्य तथा मृतकका लागि शुद्ध जल तर्पणयोग्य बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए। तस्वीरहरू: रासस/फोटो लाइब्रेरी
एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले संविधानको रक्षा गर्ने भन्ने सत्तागठबन्धनले बारम्बार संविधान मिचिरहेको टिप्पणी गरेका छन्।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी गरिरहेको बताएका छन्।
रास्वपा सभापति रवि लामिछानेले सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुन आग्रह गरेका छन्।
शिक्षाको अवसरबाट वञ्चित भएका आमाहरूलाई साक्षर गराउने कार्यमा सहभागी हुन पाउनु आफ्ना लागि पनि योगदान गर्ने अवसर रहेको सुवेदीको भनाइ छ।
कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने कामको आरोप लगाएका छन्।
नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको थियो।
साउन २८ को काण्डसँगै अर्थ मन्त्रालयको टिम नै गभर्नरसँग चिढिएको छ। अर्थतन्त्रका सूचकहरूमा सुधारसँगै मन्दी छाएको बेला सकिनेजति पनि खुकुलो नभई गभर्नरले राजनीति गरिरहेको निष्कर्षमा उनीहरू पुगेका छन्।
प्रविधिको विकासले खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा पनि संकटमा परेको छ।