समूह 'ए'को अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएसँगै नेपाल जितविहीन हुन पुगेको हो।
प्रहरीले ललितपुरको झम्सीखेलमा गोली प्रहार गरेर उदयपुरका ४५ वर्षीय अविनाश राईलाई नियन्त्रणमा लिएको छ।
आबुखैरेनी गाउँपालिकाले वडा नं ३ मा हाट सञ्चालनमा ल्याएपछि कृषकलाई कृषि उपज बजारीकरणका लागि सजिलो भएको छ।
दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको छ।
यो नाटकले मनोरञ्जनसँगै मानसिक स्वास्थ्यका समस्या र यसबारे समाजमा गुम्सिएको मौनता तोड्ने कलात्मक अभिव्यक्ति पनि दिन्छ।
स्थानीय तहले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेका छन्। शैक्षिक संस्था बन्द भएका छन्।
मंसिर २६ देखि पुस १३ गतेसम्म मञ्चन हुने नाटकको परिकल्पना तथा निर्देशन रविन दोङ र विशाल महर्जनले गरेका छन्।
नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।
स्त्रीद्वेषी मानिएका निर्देशक वांगाले एक अन्तर्वार्तामा भनेका थिए– ‘मानिसहरू कबिर सिंहलाई हिंसात्मक सिनेमा भन्दैछन्। योभन्दा हिंसात्मक सिनेमा कस्तो हुन्छ म देखाउँछु।’ उनले एनिमल बनाएर देखाइदिएका छन्।
चीनमा रगत बेच्ने व्यवसायीले एचआईभी एड्स फैलाएको खुलासा गरेकी डा. याओजी सन् २००९ यता न्युयोर्क बस्दै आएकी थिइन्।
हेङ्माखोला र कावाखोलाको बीचबाट बस्तीमा पानी ल्याउन आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण थालिएको थियो।
वीरगन्जस्थित श्रीराम अस्पतालमा मिन्कुदेवीले शल्यक्रियामार्फत दुई छोरा र एक छोरीलाई जन्म दिएकी छन्।
केही लाभग्राहीको खातामा रकम गइसके पनि केहीको बैंक खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ। आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडितको गुनासो छ।
युवाको ठूलो संख्या मलेसिया र खाडीतिर पोखिइरहेका बेला बाँकी युवा पनि सरकारसिर्जित् अनेक चक्कर काट्दै बेफुर्सदी हुनु सरकारसँगै दलका नेताहरूका लागि समेत हाइसञ्चोको अवस्था हो।
मंगलबार बिहान नौ बजेदेखि १२ बजेसम्म पश्चिम ढोकाअघि बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख प्रदर्शनमा राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना छ।
जंगली हात्ती ध्रुवेले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अब पार्टीले महत्त्वपूर्ण विधेयकहरू संसद्मा अगाडि बढाउन दबाब दिने बताए।
काठमाडाैँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ।
विश्वकप खेल्नुअघि नेपाली यू१९ टोलीले वेस्ट इन्डिज र स्कटल्यान्डसँग ‘वार्मअप’ म्याच खेल्ने भएको छ।