कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ।
पोखराले अन्तिम समयमा दुई गोल बेहोरेपछि शीर्ष स्थानमा पुग्ने अवसर गुमायो। पोखराले पाँच खेलबाट समान दुई जित र बराबरीका साथै एक हार सामना गरेको छ।
साढे आठ मेगावाट जडित क्षमताको अपर हेवाखोला हाइड्रोपावरबाट हिउँदमा ६९ लाख ५६ हजार ३७७ किलोवाट प्रतिघण्टा विद्युत उत्पादन हुनुपर्नेमा यस वर्ष झन्डै १० लाख किलोवाट कम निस्कियो।
कतारका प्रधानमन्त्रीसँगको भेटका क्रममा परराष्ट्रमन्त्री साउदले हमासले बन्दी बनाएका विपिन जोशीको शीघ्र रिहाइका लागि सशक्त पहल गरिदिन आग्रह गरेको मन्त्री साउदको सचिवालयले जनाएको छ।
रेमिट्यान्स, राजस्व, विदेशी मुद्राको सञ्चिति वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रूपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ छ।
अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रूख काट्न अनुमति दिइएको छ।
सोमबार बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार नीति र कानूनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए।
बागलुङका १०० भन्दा बढी किसान किवी खेतीमा लागेका छन्। काठेखोला गाउँपालिका–५ बिहुँका खिमानन्द कँडेलले यहाँ उत्पादित किवी बागलुङ बजार हुँदै चितवन पुग्ने बताउँछन्।
'कोपमा जलवायु परिवर्तनका कारण मानिसहरूको बसाइँसराइमा के असर परिरहेको छ र यसलाई कसरी रोक्ने भन्ने विषयमा छलफल छ। समग्रमा विश्वव्यापी रूपमै बसाइँसराइ धेरै भइरहेको छ।'
प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २०० रहेको औपचारिक जानकारी प्राप्त भएको र उनीहरूको खोजी तथा अध्ययन भइरहेको बताएका छन्।
पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंगा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृंखला देख्न सकिन्छ।
उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै डिजिटल प्रविधिमा महिलाको पहुँच पुर्याउन सबैको साथ चाहिने पनि बताइन्।
जलवायु परिवर्तनको असर कम गर्न र मासिँदै गएको जंगल पुनः प्राप्त गर्ने उद्देश्य साथ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले ड्रोनबाट बीउ छर्ने प्रविधिमा विगत ३ वर्षदेखि नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।
वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन युवाले सामूहिक माछापालन गरेका छन्।
म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाउने र लक्ष्य पूरा नगरे यातना दिने गरेको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पगेनीले बताए।
उपभोग्य खाद्यवस्तु किनेर सीमावर्ती भारतीय बजार जोगबनीबाट फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको ती युवकले बताएका छन्।
शान्ति स्तूपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि पुम्दीकोट डाँडाको परिचय नै फेरिएको छ।
मूत्र प्रणाली र पित्तथैलीमा हुने पत्थरीको समस्या लिएर अस्पताल जाने बढेका छन्। पित्तथैलीमा पत्थरी भए शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। यद्यपि, खानपानमा ध्यान दिए जोखिम कम हुने चिकित्सकहरू बताउँछन्।
५३ वर्षीय जेभियर मिलेई एक अर्थशास्त्री पनि हुन्। उनले आफ्नो चुनाव प्रचारका क्रममा अर्जेन्टिनाको अर्थव्यवस्था सुधार्ने वाचा गरेका थिए।