AnonymousUser

Logout

अमेरिकामा जाडोले काँप्ने र गर्मीमा पसिना आउने रोबोट

यो रोबोट मान्छेले जस्तै गर्मीमा पसिना बगाउँछ। यसलाई चिसोले काम छुट्छ र यसले सास पनि लिनसक्छ। यसलाई एएनडीआई अर्थात्, एड्भान्स्ड न्यूटन डायनामिक इन्स्ट्रुमेन्ट नाम दिइएको छ।

इन्डोनेसियाकाे सुलावेसीमा कुकुर–बिरालोको मासु बेच्न प्रतिबन्ध

विगतमा निर्दयी बनेका पशु बजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका पशु अधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेसनलले जारी गरेको वक्तव्यमा जनाइएको छ।

पासपोर्ट नभएका कुकुर सडकमा डुलाउन मनाही

कुकुरको दिसाका कारण सडक फोहोर हुने समस्याको समाधानका लागि फ्रान्सको बेजिये नगरले अनिवार्य रूपमा 'पेट पासपोर्ट' बनाउनुपर्ने नियम लगाएको छ। पासपोर्ट बनाउन तीन महिनाको समय दिइएको छ।

४० देखि ६० वर्षका अविवाहितलाई भत्ता दिने भारतको हरियाणा सरकारको घोषणा

हरियाणाको राज्य सरकारले वर्षको १ लाख ८० हजारभन्दा कम आय भएका त्यहाँका ४५ देखि ६० वर्षका अविवाहितलाई भत्ता दिने निर्णय गरेको छ। उनीहरूले मासिक २ हजार ७५० रुपैयाँ पाउनेछन्।

असार २१ गते वर्षकै लामो दिन: पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्दै, गर्मी अत्यधिक हुने

पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर छ। पृथ्वी सूर्यबाट सबभन्दा टाढाको बिन्दुमा पुगेको समय (असार/साउनमा) नै अत्यधिक बढी गर्मी हुन्छ।

काठमाडौँको दृश्यावलोकन अब कमलादीको स्काइवाकबाट

काठमाडौँको कमलादीमा निर्मित स्काइवाक टावर शुक्रबारदेखि सञ्चालनमा आउँदैछ। टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ। यहाँबाट ३६० डिग्रीमा  उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ।

बस्नका लागि सबैभन्दा योग्य शहर भियना

अष्ट्रियाको राजधानी भियना लगातार दोस्रो वर्ष बस्नका लागि सबैभन्दा शहर भएको छ। पाकिस्तानको कराँची र बंगलादेशको ढाका युद्धग्रस्त युक्रेनको राजधानी किभभन्दा पनि बस्न अयोग्यमा परेका छन्।

मुस्कुराउन बिर्सिएकालाई ‘स्माइल क्लास’

हाँस्न सिकाउने प्रशिक्षकको नाम केइको कावानो हो। उनी मुस्कुराउने कला सिकाउन चर्को शुल्क लिन्छिन्। यसका बाबजुद पनि विद्यार्थीको संख्या बढ्दै गएको उनको भनाइ छ।

टाइटानिक डुबेको ११२ वर्षसम्म पत्ता नलागेका चार रहस्य

टाइटानिक हिउँको विशाल ढिस्कोमा ठोक्किएर डुबेको थियो। इंग्ल्यान्डको साउथ ह्याम्पटनबाट अमेरिकाको न्यूयोर्कतर्फ गइरहेको यो पानीजहाज पहिलो यात्रामा नै डुब्दा एक हजार ५०० जनाको मृत्यु भएको थियो।

हार्वर्ड विश्वविद्यालयबाट मानव अंग चोरी, टाउकोको मूल्य १ हजार डलर

हार्वर्ड विश्वविद्यालयस्थित मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर एक दम्पतीले वर्षौंदेखि बिक्री गरिरहेको पाइएको छ। उनीहरूले फरक अंगको फरक मूल्य लिएर बेच्ने गरेका थिए।

जर्मनीमा भेटियो ३ हजार वर्ष पुरानो तरबार

दक्षिणी जर्मनीमा फेला परेको तरबार अझै चम्किलो रहेको अधिकारीहरूले बताएका छन्।

अस्पतालबाट मृत घोषित महिला पाँच घण्टापछि बौरिइन्

इक्वेडरमा चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि अन्त्येष्टिको ठीकअघि ७६ वर्षीया सेवानिवृत्त नर्स बेला मोन्टोयाले बायाँ हात हल्लाएर आफू जीवित भएको जनाउ दिएकी थिइन्।

टेक्सासको गल्फ कोस्ट क्षेत्रमा किन मरे हजारौँ माछा?

अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रको समुद्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातिका हजारौँ माछा मरेको बिचफ्रन्ट पार्कका अधिकारीहरूले बताएका छन्।

के रुसका लागि ह्वेलले जासुसी गर्छ?

चार वर्षअघि पहिलोपटक भेटिँदा ह्वेल गोप्रो क्यामरासहितको माला लगाएको अवस्थामा थियो। मालामा ‘सेन्ट पिटर्सबर्गको उपकरण’ लेखिएका क्लिपहरू थिए।

एआईले पढ्न सक्छ मानिसको मस्तिष्क!

युनिभर्सिटी अफ टेक्सासले कुनै पनि व्यक्तिको मस्तिष्कमा चलिरहेको कुरा पढ्न सक्ने एआई मोडल बनाएको दाबी गरेको छ। 

न्युयोर्कको सडकलाई ‘तेन्जिङ नोर्गे शेर्पा’ नामकरण

सिटी काउन्सिलले अनुमति दिएपछि क्विन्स बोरो ७५ स्ट्रिटको ब्रोड वे र उडसाइड सडकलाई ‘तेन्जिङ नोर्गे शेर्पा’ नामकरण गरिएको छ।

११ सय वर्ष पुरानो हिब्रु बाइबल ३ करोड ८० लाख डलरमा लिलामी

पुरानोमध्येको एक मानिएको हिब्रु बाइबलको पाण्डुलिपि एक जना बैंकर तथा कला संग्रहकर्ताले बेचेकी हुन्। खरिदकर्ता रोमानियाका लागि अमेरिकाका पूर्वराजदूतले यो बाइबल तेल अभिभको संग्रहालयलाई राख्न दिनेछन्।

अध्ययन भन्छ– ४ हजार ५०० वर्षअघि नै भएको थियो चुम्बनको शुरूआत

ईसापूर्व २५०० देखि नै मेसोपोटामिया र इजिप्टमा चुम्बनलाई रोमान्टिक आत्मीयताको एउटा सामान्य भाग मानिन्थ्यो भन्ने स्पष्ट उदाहरणहरू रहेको अध्ययनकर्ताले बताएका छन्।

सेनाको खिसी गर्ने कमेडी कम्पनीलाई चीनले तिरायो २१ लाख डलर जरिबाना

चिनियाँ सेनालाई कुकुरसँग तुलना गर्दै एक कमेडियनले 'स्टेन्डअप कमेडी' गरेपछि उनी सम्बद्ध कम्पनीलाई एक सरकारी निकायले २१ लाख डलर जरिबाना तिराएको छ।

बेलायतमा तीन व्यक्तिको डीएनए भएको शिशुको जन्म

माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट (एमडीआई) विधिबाट तीन व्यक्तिको डीएनए भएको शिशुको जन्म भएको हो।  यसरी जन्मेको शिशुमा अधिकांश डीएनए आमाबुबाबाट र ०.१ प्रतिशत तेस्रो व्यक्तिबाट आएको बताइएको छ।