विश्वविख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले सन् १९९८ मा एबीए फाइनलमा लगाएको जुत्ता २२ लाख डलर बिक्री भएको छ। अमेरिकी फाइनआर्टस् कम्पनी सथबीजले याे जुत्ता लिलामीमा राखेकाे थियाे।
राष्ट्रिय मुद्रालाई पुनर्स्थापित गर्दै मुद्रा नीतिलाई नियन्त्रण गर्ने सोमालियाको केन्द्रीय बैंकको तयारी गरेको ब्लुमबर्गले जनाएको छ।
घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले आयोजना गरेको डोको बुन्ने प्रतियोगितामा ३८ जना प्रतियोगी सहभागी भए। चोया, खुकुरी र कर्द साथमा लिएर डोको बुनिरहेको दृश्य साँच्चिकै रोचक थियो।
भोग फिलिपिन्सको अप्रिल अंकमा वाङ अड नाम गरेकी आदिवासी कालिंगा समुदायकी १०६ वर्षीया महिलालाई नयाँ मोडलका रूपमा प्रस्तुत गरिएको छ।
अहिलेसम्म सबैभन्दा बढी बाँचेको कीर्तिमान फ्रान्सकी जिना काल्मेन्टको नाममा छ। उनी १२२ वर्ष बाँचेकी थिइन्। सन् १८७५ मा उनी जन्मिँदा मान्छेको औसत आयु ४० वर्ष मात्र थियो।
कोलोराडोमा र्याफ्टिङ गर्ने क्रममा १३ वर्षअघि हराएको क्यामरा भेटिँदा त्यसमा रहेका सबै तस्वीर र भिडियो सुरक्षित रहेको पाइएको छ।
स्नेलफिसका ३०० भन्दा बढी प्रजाति हुने भएकाले हालै भेटिएका माछा ठ्याक्कै कुन हुन् भन्ने यकिन नभएको वैज्ञानिकको भनाइ छ।
अमेरिकाको भर्जिनियास्थित न्युपोर्ट न्युज जेलका दुई जना कैदी दाँत माझ्ने ब्रस र फलामका छडको प्रयोगले पर्खालमा प्वाल पारेर भागेका थिए।
जापानी नागरिक सिएची सानोले गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा पाको उमेरमा सर्फिङ गर्ने पुरुषको कीर्तिमान राखेका छन्।
अस्ट्रेलिया विश्वमै बढी सुनखानी भएको देश हो जहाँ यसरी धेरै पटक ठूलो परिमाणमा सुन भेटिने गरेकाे छ।
जापानको क्योतो सिटी युनिभर्सिटी अफ आर्टस्को दीक्षान्त समारोहमा विद्यार्थीहरू फरक संस्कृति झल्किने र सन्देश दिने पहिरनमा सहभागी हुने गरेका छन्।
जर्मनीको म्युनिखस्थित मोनास्ट्री ब्रुअरीले पानीमा घोलेर बियर बनाएर खान सकिने पाउडर तयार गरेको छ।
बेलायतको योर्क शहरस्थित एक घरको भान्साकोठामा भेटिएको सो पेन्टिङलाई हिस्टोरिक इंल्यान्ड (ऐतिहासिक वस्तु संरक्षण गर्ने संस्था)ले संरक्षण गर्ने तयारी गरेको छ।
सन् १८८२ मा निर्मित घर १ लाख ६९ हजार पाउन्डमा बिक्री भएको छ।
विधेयकमा क्यालिफोर्निया प्रहरीले अश्वेत वा अन्य देशका नागरिकलाई नियन्त्रणमा लिन कुकुरको सहयोग लिन नपाउने व्यवस्था गरिएको छ।
क्रोएसियास्थित ‘बोट्स एन्ड पोट्स साई फुड बिस्ट्रो’ रेस्टुरेन्टमा रोबोटले पकाएको खाना खान पाइन्छ। मानिसको सहायता बिना रोबोटले खाना तयार गर्ने यो विश्वकै पहिलो रेस्टुरेन्ट भएको दाबी गरिएको छ।
बाढी र अत्यधिक गर्मीका कारण नदीमा अक्सिजनको मात्रा घटेकाले ठूलो संख्यामा माछा मरेको अस्ट्रेलियाका अधिकारी र वैज्ञानिकहरूको भनाइ छ।
भारतमा विमानको ककपिटभित्र खाना र पेय पदार्थ लैजान छुट भए पनि कडा मापदण्डको पालना गर्नुपर्ने नियम छ।
योरुबा संस्कृतिमा जुम्ल्याहालाई टाइवो, केहिन्डे जस्ता परम्परागत नामले बोलाइन्छ।
युरोपेली अन्तरिक्ष एजेन्सीले २०२३ को फेब्रुअरी २६ मा पत्ता लगाएको यस क्षुद्रग्रहलाई २०२३ डीडब्लू नामकरण गरिएको छ।