भारतमा लोप भएको सात दशकपछि नामिबियादेखि लामो यात्रा तय गर्दै भारतीय कार्गो विमानमार्फत् आठवटा चितुवा भित्राइएको छ।
क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सवको आयोजना गरिएको छ। सो अवसरमा सांसद चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयक ल्याउन माग गरेका छन्।
जर्मनीमा २१२ वर्षदेखि विश्वकै ठूलो बियर महोत्सव मनाइने गरिन्छ। अक्टोबरफेस्ट भनिने यो महोत्सव २६ पटक मात्र रोकिएको छ, त्यो पनि युद्ध र विभिन्न महामारीका कारण।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहका नयाँ तस्वीरहरू सार्वजनिक गरेको छ। नासाले जेम्स वेब टेलिस्कोपबाट ती तस्वीर खिचेको हो।